अर्जुन
अर्जुन माहाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डु पुत्र अर्थात पाँच पाण्डवका एक भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनिलाई सर्वश्रेष्ठ धनुर्धर तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ । उनले प्रयोग गर्ने धनुषलाई गाण्डीव भनिन्छ ।
अन्य नाम
[सम्पादन गर्नुहोस्]अर्जुन शब्दका तीनवटा अर्थ हुन्छन्– वर्ण अर्थात् दीप्ति, ऋजुता अर्थात् समता र धवल अर्थात् शुद्ध । यो नामले उनको चरित्र निष्कपट र मिलनसार थियो भन्ने संकेत गर्छ । यो नामसहित अर्जुनका जम्मा दशवटा नाम थिए । विराटपर्वमा अर्जुन स्वयंले मत्स्यदेशका राजकुमार उत्तरसमक्ष आफ्ना दशवटा नामको विवरण दिएका छन् ।
अर्जुनका नामहरू यसप्रकार हुन्छन्– धनञ्जय, विजय, श्वेतवाहन, फाल्गुन, किरिटी, बीभत्सु, सव्यसाची, अर्जुन, जिष्णु र कृष्ण [१] [२]
- राजसूय यज्ञमा धेरै देश जितेर कुतबापत प्रशस्त धनआर्जन गरेकाले उनलाई धनञ्जय भनियो ।
- रणमैदानमा शत्रुलाई पराजित नगरी नफर्किने भएकाले विजय भनियो ।
- उनको रथमा श्वेत अश्व नारिएका हुनाले श्वेतवाहन भनियो ।
- उत्तराफाल्गुनी नक्षत्रमा दिउँसो जन्मिएकाले फाल्गुन भनियो ।
- इन्द्रले उनको शिरमा किरिट (मुकुट) धारण गराइदिएकाले किरिटी भनियो ।
- युद्धमा पनि बीभत्स कर्म नगर्ने भएकाले बीभत्सु भनियो ।
- दुवै हातले गाण्डिव धनुषको डोरी तान्न सक्षम भएकाले सव्यासाची भनियो ।
- सबैप्रति समभाव राख्ने र शुद्ध कर्म गर्ने भएकाले अर्जुन भनियो ।
- शत्रुदमन गर्ने भएकाले जिष्णु भनियो ।
- श्याम वर्णको भएकाले कृष्ण भनियो (विराटपर्व, १३–२२) ।
यसका अलावा कुन्ती अथवा पृथा (कुन्तीको अर्को नाम) को पुत्र भएकाले उनलाई कौन्तेय र पार्थ पनि भनिन्थ्यो । यद्यपि यी नामले युधिष्ठिर र भीमलाई पनि सम्बोधन गरिन्थ्यो ।
जन्म तथा वाल्यकाल
[सम्पादन गर्नुहोस्]द्रोणको साथ दीक्षा
[सम्पादन गर्नुहोस्]गुरुदक्षिना
[सम्पादन गर्नुहोस्]द्रौपदीसँग विवाह
[सम्पादन गर्नुहोस्]श्री कृष्ण
[सम्पादन गर्नुहोस्]खाण्डव वनमा आगलागी
[सम्पादन गर्नुहोस्]मायासुरको रक्षा
[सम्पादन गर्नुहोस्]अर्जुनको तिर्थयात्रा र ईन्द्रप्रस्था
[सम्पादन गर्नुहोस्]उलुपी
[सम्पादन गर्नुहोस्]चित्राङ्गादा
[सम्पादन गर्नुहोस्]मणिपुरको राजाकी कन्या चित्रांगदासंग विवाह गरी उनीबाट बभ्रुवाहनको जन्म भयो।
हनुमान सँगको भेट
[सम्पादन गर्नुहोस्]द्वारका र सुभद्रा
[सम्पादन गर्नुहोस्]राजसुय यज्ञ
[सम्पादन गर्नुहोस्]बनवास
[सम्पादन गर्नुहोस्]चित्रसेन सँग लडाइँ
[सम्पादन गर्नुहोस्]पाशुपतास्त्र हासिल
[सम्पादन गर्नुहोस्]स्वर्ग यात्रा
[सम्पादन गर्नुहोस्]अस्त्र प्रप्तिको लागि अर्जुन स्वर्ग पुगे स्वर्गमा उनले गन्धर्व राज सँग नृत्य पनि सिक्न थाले उक्त क्रम मा उर्वशीको नजर अर्जुन मा पर्यो। अर्जुनलाई देखेर उनको मनका काम भाव उत्पन्न भएर अर्जुन सँग सम्भोग को इच्छा भयो। एकान्तमा अर्जुनलाई भेटेर उर्वशी ले आफु सँग सम्भोग गर्न प्रस्ताव राखिन्। उनको प्रस्ताव सुनेर अर्जुन ले अस्वीकार गरे। किनकी अर्जुन पुरूरवा का वंशज थिए र उर्वशी पुरूरवा सँग समागम गरेकी थिइन्। त्यसकारण उर्वशी अर्जुनको माता समान भइन्। अर्जुन ले उर्वशी लाई हजुर त मेरो माता हो अनि हजुर सँग म कसरी सम्भोग गर्न सक्छु । यो वचन सुनेपछि उर्वशी क्रोधित भइन् र भनिन् "तिमी पुरुष भएर पनि मेरो यौन प्यास मेटाउन सकेनौ तिमि त नपुंसक जस्तै रहेछौ अत: तिमी नपुंसक बन" भनेर अर्जुनलाई श्राप दिन्। पछि इन्द्र को आदेश बाट उर्वशी ले उक्त श्राप लाई एक बर्षको लागि मात्र भनेर छोट्याइदिइन् र पछि यो श्राप विराट राजाको राज्यमा "वृहन्नला" को रुपमा भोग्छन् ।
विराट राज्यमा
[सम्पादन गर्नुहोस्]अभिमन्यु विवाह
[सम्पादन गर्नुहोस्]कुरुक्षेत्र युद्ध
[सम्पादन गर्नुहोस्]भगवत गीता
[सम्पादन गर्नुहोस्]कुरुक्षेत्रको लडाइँ
[सम्पादन गर्नुहोस्]- भिष्मको पतन
- भगदत्त बध :कुरुक्षेत्र युद्ध बाह्रौँ दिन अर्जुन संशप्तकहरूसँग अर्जुन लडिरहेका थिए । श्रीकृष्णले भगदत्तको हात्ती र भीमको युद्ध भइरहेको ठाउँमा रथ चलाए।अर्जुन त्यहाँ पुग्नासाथ पाण्डव सेनामा नयाँ उत्साह आयो। सबै जहाँको तहाँ नै रोकिए । कसैले भाग्ने प्रयास गरेनन्। सेना सम्हालियो र तुरुन्त नै हमल गर्न तयार भयो । त्यहाँ मोर्चामा पुग्नासाथ नै कौरव सेनामा जोरसाथ हमला गरेर अर्जुन भगदत्ततर्फ बढे । भगदत्तले सोही क्षण आफ्नो हात्तीलाई अर्जुन तर्फ बढाए । भगदत्तको हात्तीले अर्जुनको रथलाई काल जस्तै गरेर झाम्टियो, तर श्रीकृष्णले बडो कुशलतापूर्वक रथलाई हात्तीको बाटाबाट हटाएर बचाए । पछि त्यही दिन सुप्रतिक अर्जुन बाणबाट मारिए थियो, पछि यसमा सवार भगदत्त पनि मारिए ।
- जयद्रथ बध
- सुदक्षिण बध
- सुशर्मा बध
- कर्ण बध
अश्वमेघ यज्ञ
[सम्पादन गर्नुहोस्]मृत्यु
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]
- ↑ (विराटपर्व, ४४।९)
- ↑ मैनाली, सुजित (२०७६ असार १४), "अर्जुनदृष्टिमा सन्देहको लेपन", Naya Parkashan Pvt. Ltd.।