परीक्षित
स्वरूप
परीक्षित | |
---|---|
कुरू राजा | |
पूर्वाधिकारी | युधिष्ठिर |
उत्तराधिकारी | छोरा जन्मेजय |
जीवनसाथी | इरावती / मद्रवती |
सन्तान | जनमेजय,भीमसेन, स्रुतासेन , उग्रसेन |
बाबु | अभिमन्यु |
आमा | उत्तरा |
परीक्षित अर्जुनका नाति तथा अभिमन्युका र उत्तराका छोरा हुन् । उनी जन्मने बित्तिकै जीवन मरणको परीक्षा दिएकाले व्यास ऋषिद्वारा उनको नाम परिक्षित रह्यो । पाण्डव उत्तराखण्ड जानुअघि युधिष्ठिरका उत्तराधिकारीका रूपमा हस्तिनापुरको राजगद्दीमा बस्ने यिनै हुन् । सात दिनमा मर्नु पर्ने ऋषि-श्रापका कारण तक्षक नाम गरेको सर्पले डसेर यिनको मृत्यु भएको थियो । त्यही सात दिनको अवधिमा शुकदेवबाट यिनले श्रीमद्भागवत पुराण सुनेका थिए । भनिन्छ यिनकै राज्यकालदेखि कलियुग प्रारम्भ भएको हो । [१]
उनका छोरा जन्मेजयले सारा सर्पहरूलाई मार्न सर्पेष्टी यज्ञ गरेका थिए ।
मृत्यु
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ आप्टे, वामन शिवराम (सन् १९६६), संस्कृत-हिन्दी कोष, दिल्ली मोतीलाल बनारसीदास पब्लिसर्स