धादिङ जिल्ला
धादिङ जिल्ला | |
|---|---|
बागमती प्रदेशको नक्सामा धादिङ जिल्ला अवस्थिति | |
| देश | |
| प्रदेश | बागमती |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | धादिङवेशी |
| सरकार | |
| • प्रकार | समन्वय समिति |
| • अङ्ग | जिसस, धादिङ |
| क्षेत्रफल | |
| • जम्मा | १,९२६ किमी२ (७४४ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३२५,७१० |
| • घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०१० |
| मुख्य भाषा(हरू) | नेपाली तामाङ |
| वेबसाइट | www |
धादिङ जिल्ला नेपालको बागमती प्रदेश मा अवस्थित एक हिमाली जिल्ला हो। उत्तर हिमालय देखि दक्षिणको महाभारत पर्वत शृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने यो प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]स्थानीय आदिबासी चेपाङ (प्रजा)को भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ। चेपाङहरू पहिलेदेखि नै यहाँ बसोवास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामूखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाटै नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रूतीले यहा जनसमर्थन पाएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसङ्ग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]- अक्षांस: २७ डिग्री ४०' उत्तरदेखि २८ डिग्री १७'
- देशान्तर: ८४ डिग्री ३५' पूर्वदेखि ८० डिग्री १७'
- क्षेत्रफल: १९२६ वर्ग किलोमिटर (१९२४८४ हेक्टर)
- सिमाना: पूर्व-काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला; पश्चिम-गोरखा जिल्ला; उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण-मकवानपुर र चितवन जिल्ला
- सबभन्दा अग्लोस्थान: पाविल हिमाल (७,११० मिटर)
- सबभन्दा होचोस्थान: जोगीमारा (३०० मिटर)
- सदरमुकाम: धादिङबेंसी (६४० मिटर)
पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ। त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, बाहुनटार, विशालटार, रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन।
त्रिशुली नदी, आँखु खोला, थोप्पल खोला, आँसी खोला, कोशी खोला, महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ।
धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ। होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ।
यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढुङ्गा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरू रहेका छन्।
यस जिल्लाको धेरैजसो बेंसी फाँट तथा टारहरूमा बजारको विकास भएको छ। यहाँ रहेका बजारहरूमा धादिङबेंसी आरुघाट विशालनगर किन्तान्गफेदी गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने बैरेनी नौबिसे धौखोला आदि रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]- अक्षांस: २७ डिग्री ४०' उत्तरदेखि २८ डिग्री १७'
- देशान्तर: ८४ डिग्री ३५' पूर्वदेखि ८० डिग्री १७'
- क्षेत्रफल: 1926वर्ग किलोमिटर (१९२४८४ हेक्टर)
- सिमाना: पूर्व-काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला; पश्चिम-गोरखा जिल्ला; उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण-मकवानपुर र चितवन जिल्ला
- सबभन्दा अग्लोस्थान: पाविल हिमाल (७,११० मिटर)
- सबभन्दा होचोस्थान: जोगीमारा (३०० मिटर)
- सदरमुकाम: धादिङबेंसी (६४० मिटर)
पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ। त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, बाहुनटार, विशालटार, रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन।
त्रिशुली नदी, आँखु खोला, थोप्पल खोला, आँसी खोला, कोशी खोला, महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ।
धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ। होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ।
यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढुङ्गा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरू रहेका छन्।
यस जिल्लाको धेरैजसो बेंसी फाँट तथा टारहरूमा बजारको विकास भएको छ। यहाँ रहेका बजारहरूमा धादिङबेंसी आरुघाट विशालनगर किन्तान्गफेदी गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने बैरेनी नौबिसे धौखोला आदि रहेका छन्।[३]
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]धादिङ जिल्लामा १३ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ११ गाउँपालिका छन्।[४]

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनसङ्ख्या तथा आवास जनगणना २०७८ (राष्ट्रिय प्रतिवेदन)", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ धादिङ आवाज
- ↑ धादिङ आवाज
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२।