काभ्रेपलाञ्चोक जिल्ला
काभ्रेपलाञ्चोक जिल्ला | |
|---|---|
बागमती प्रदेशको नक्सामा काभ्रेपलाञ्चोक जिल्लाको अवस्थिति | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | धुलिखेल |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस, काभ्रेपलाञ्चोक |
| क्षेत्रफल | |
| • जम्मा | १,३९६ किमी२ (५३९ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३६४,०३९ |
| • घनत्व | २६०/किमी२ (६८०/वर्ग माइल) |
| • धरधुरीहरू | ९१४२८ |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| हुलाक कोड | ४५२०० |
| टेलिफोन कोड | ०११ |
| मुख्य भाषा(हरू) | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
काभ्रेपलाञ्चोक जिल्ला (काभ्रे भनेर पनि चिनिने) नेपालको ७७ जिल्लाहरू मध्ये एक हो। यो बागमती प्रदेशमा पर्दछ। धुलिखेल जिल्लाको सदरमुकाम हो। जिल्लाले १,३९६ किमी २ (५३९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार जिल्लाको जनसङ्ख्या ३,६४,०३९ रहेको थियो।[१]
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]विक्रम संम्वत् २०१९मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुभन्दा अगाडि हालको काभ्रेपलाञ्चाेक जिल्ला पूर्व १ नं. क्षेत्र अन्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौताराबाट प्रशासित थियो। "काभ्रे" वर्तमान काभ्रेपलान्चोक जिल्लाभित्र पर्ने एक गा.वि.स. हो भने "पलाञ्चोक" साठीघर भगवती गाविसमा पर्ने एक डाँडा हो जहाँ प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर छ।
विसं २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो। पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो। कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरू मध्ये वर्तमान प्रसिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे नित्यचण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ।[२]
भौगोलिक स्थिति
[सम्पादन गर्नुहोस्]देशको राजधानी काठमाडौँबाट काभ्रेपलान्चोक जिल्ला प्रवेशद्वार साँगा २१ किलोमिटर पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ किलोमिटरको दुरिमा छ। यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१' देखि २७०८५' उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि. क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप जिल्ला र दोलखा जिल्ला, पश्चिममा काठमाडौँ, ललितपुर जिल्ला र भक्तपुर जिल्ला, उत्तरमा सिन्धुपाल्चोक जिल्ला, दक्षिणमा सिन्धुली जिल्ला र मकवानपुर जिल्ला पर्दछन। पूर्वमा सुनकोशी, पश्चिममा नगरकोट डाडा एंव साँगा भन्ज्याङ्ग, उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ। समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला) देखि ३०१८ मीटर (वेथान्चोक नारायण डाँडा) सम्मको उचाइ रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ।[२]
प्रमुख व्यापारिक स्थलहरू
[सम्पादन गर्नुहोस्]यस जिल्लाका महत्त्वपूर्ण व्यापारिक स्थलहरूमा बनेपा, धुलिखेल (सदरमुकाम), पनौती, दोलालघाट, भकुण्डे वेंसी,तेमाल, पाँचखाल, ढांडखोला (सिपाघाट), लामीडाँडा, कुन्तावेसी, दाप्चा, मङ्गलटार, खोपासी, कात्तिके देउराली र नगरकोट आदि हुन्।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]काभ्रेपलाञ्चोक जिल्लामा १३ स्थानीय तहहरू छन्, जसमध्ये ६ नगरपालिका र ७ गाउँपालिका छन्।।[३]

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०७८ नतिजा", राष्ट्रिय तथ्याङ्क कार्यालय (नेपालीमा)।
- ↑ २.० २.१ "जिल्ला झलक", ddckavre.gov.np।
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२।