शिलु महादेव मन्दिर
शिलु महादेव मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | भक्तपुर दरबार क्षेत्र |
निर्देशाङ्क | २७°४०′२०.३६″उ॰ ८५°२५′४४.१४″पू॰ / २७.६७२३२२२°N ८५.४२८९२७८°Eनिर्देशाङ्कहरू: २७°४०′२०.३६″उ॰ ८५°२५′४४.१४″पू॰ / २७.६७२३२२२°N ८५.४२८९२७८°E |
सम्बन्धन | हिन्दुत्व |
देवता | शिलु महादेव (गोसाइँकुण्ड) |
जिल्ला | भक्तपुर |
प्रदेश | बागमती प्रदेश |
देश | नेपाल |
वास्तुकला विवरण | |
निर्माता | जगतप्रकाश मल्ल |
स्थापित मिति | १७०७ |
शिलु महादेव मन्दिर बागमती प्रदेशको भक्तपुर दरबार क्षेत्रमा अवस्थित एक मल्लकालीन हिन्दु मन्दिर हो। यस मन्दिर गोसाइँकुण्डमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि बनाइएको थियो। ७२ सालको महाभूकम्प पछि यो मन्दिरको पुनर्निर्माण भइरहेको छ।
नामहरू
[सम्पादन गर्नुहोस्]शिलु महादेव मन्दिरलाई फरक–फरक नामले चिनिन्छ।[१][२] नेपाली भाषामा यस मन्दिरलाई शिलु महादेव मन्दिर भनेर चिनिन्छ जुन चाहिँँ गोसाइँकुण्डको नेवारी नामबाट आएको हो।[३][४] अर्को नाम फसी देग मन्दिर वा सरल रूपमा "फसी देग" अथवा "फसी:देग" (फर्सी मन्दिर; किनभने यो मन्दिर फर्सी जस्तो देखिन्थ्यो) पनि व्यापक रूपमा प्रयोग गरिन्छ।[३][५] अर्को नाम नीलकण्ठेश्वर महादेव मन्दिर पनि हो।[३]
किंवदन्ती अनुसार जब भक्तपुरको पाँचतले मन्दिर निर्माण गरिँदै थियो, तेसबेला कान्तिपुरका राजाले भक्तपुरका राजालाई एउटा मन्दिर आफैँ निर्माण गर्दिने भनेका थिए।[१] भक्तपुरका राजाले प्रस्ताव स्वीकार गरे अनि तब उनले मन्दिर निर्माण गर्नकोलागि एक वर्षको लागि म्याद तोके।[१] तर, एक वर्षभित्र पनि मन्दिरको निर्माण पूरा भएन र मन्दिर निर्माणको काम बीचैमा रोकियो जसका कारण मन्दिरको नाम "मजा: देग’ (अधुरो मन्दिर) बाट चिनिन थाल्यो।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]शिलु महादेव मन्दिर भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा वि.सं १७०७ सालमा निर्माण भएको थियो भनिन्छ र केही विवरणका अनुसार यो मन्दिर जितामित्र मल्लको शासनकालमा बनेको भनिन्छ।[१][६] गोसाइँकुण्डमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर बनाइएको थियो।[१] यो मन्दिर सुरुमा शिखर शैलीमा बनेको थियो।[१] विसं १९१० सालमा बेलायती चित्रकार हेनरी एम्ब्रोस ओल्डफिल्डले लेखेका थिएकी शिलु महादेव नेपालकै सबैभन्दा ठुलो ग्रन्थकुट वा शिखर शैलीको मन्दिर हो भनेर।[१][७] शिलु महादेव मन्दिरको चारै दिशामा उडान सिंहहरू स्थापित छन् जुन चाहिँँ भक्तपुरको नृत्यवत्सला मन्दिर र ललितपुरको कृष्ण मन्दिरमा पनि देख्न सकिन्छ।[१]
९० सालको महाभूकम्पले मन्दिर भत्कियो तर मन्दिर भित्रका मूर्तिहरू लाई खासै केही भएन।[१] यद्यपि, शिलु महादेव मन्दिरलाई यसको मौलिक रूपमा पुनर्निर्माण गरिएको थिएन बरु गुम्बज शैलीमा र मन्दिरलाई सेतो रंग रंगिएको थियो।[१][८] तेसपछि यसलाई 'फसि: देग' (फर्सी मन्दिर; किनभने यो मन्दिर फर्सी जस्तो देखिन्थ्यो) भनेर चिनियो।[१] पुनर्निर्माणको क्रममा उड्ने सिंहहरू सबै हराएका थिए।[१] मन्दिरको देब्रेपट्टि एक पटक अर्को हरिशंकर मन्दिर थियो जुन पनि भूकम्पले ध्वस्त भएको थियो तर त्यो मन्दिर पुनर्निर्माण भएन र अहिले हरिशंकर मन्दिरको अस्तित्व लगभग हराएको छ।[१] ७२ सालको महाभूकम्पले मन्दिर फेरि ध्वस्त भएको थियो।[९][१०] असोज २०७८ सालमा येस मन्दिरको मौलिक रूप मा पुनर्निर्माण गरियो।[९]
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
७२ सालको महाभूकम्पअघि शिलु महादेव मन्दिर
-
७२ सालको महाभूकम्पअघि माथिल्लो संरचना
-
७२ सालको भूकम्पमा भत्किएको मन्दिर
-
मौलिक रूप मा पुनर्निर्माण हुँदै शिलु महादेव मन्दिर
-
भूकम्प पछि मन्दिर बाहिरका जनावरहरूको मूर्तिहरू
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ गौतम, गोकर्ण (२६ मङ्सिर २०७३), "शिखर शैलीकै प्रतीक्षामा शिलु", नेपाल, अन्तिम पहुँच २४ जेठ २०७९।
- ↑ किसी, कृष्ण (५ असार २०७९), "नब्बे साल पहिलाको शैलीमा बन्यो भक्तपुर दरबार स्क्वायरको फसीदेग मन्दिर", नागरिक, अन्तिम पहुँच १७ असार २०७९।
- ↑ ३.० ३.१ ३.२ कार्की, गौरीबहादुर (७ भदौ २०७६), "शिलु महादेव बेहालमा", कान्तिपुर, अन्तिम पहुँच २४ जेठ २०७९।
- ↑ कार्की, गौरीबहादुर (३० साउन २०७८), "शिलु महादेव मन्दिरमा हुनुपर्ने 'उड्ने सिंह' यसरी पानीमा डुबे", नेपाल लाइभ, अन्तिम पहुँच २४ जेठ २०७९।
- ↑ खाइजू, ईश्वरकाजी (१६ साउन २०७७), "फसी देगमा कमसल ढुङ्गाको थाम प्रयोग", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २४ जेठ २०७९।
- ↑ कार्की, गौरीबहादुर (२३ जेठ २०७९), "मूर्ति: अमेरिकाबाट फर्काउन सकिने‚ छिमेकी टोलबाट नसकिने!", हिमालखबर, अन्तिम पहुँच २३ जेठ २०७९।
- ↑ त्वानाबासु, रेणु (८ फागुन २०७८), "उड्ने सिंह विवादले लम्बियो फसीं देग निर्माण कार्य", हिमालखबर, अन्तिम पहुँच १७ असार २०७९।
- ↑ कार्की, गौरीबहादुर (१४-२० चैत २०७२), "शिलु महादेव मन्दिर: सच्चिने अवसर", हिमाल खबरपत्रिका, अन्तिम पहुँच २४ जेठ २०७९।
- ↑ ९.० ९.१ श्रेष्ठ, लिला (१४ असोज २०७८), "मौलिक शैलीमा ठडियो शिलु महादेव", कान्तिपुर, अन्तिम पहुँच २४ जेठ २०७९।
- ↑ "शिलु महादेव मन्दिर पुनर्निर्माण अलपत्र", नयाँ पत्रिका, ९ असोज २०७६, अन्तिम पहुँच २४ जेठ २०७९।