शिलु महादेव मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिलु महादेव मन्दिर
महाभूकम्पपछि पुनर्निर्माण गर्दै शिलु महादेव मन्दिर
शिलु महादेव मन्दिर is located in बागमती प्रदेश
शिलु महादेव मन्दिर
बागमती प्रदेशको नक्साभित्र स्थान
शिलु महादेव मन्दिर is located in नेपाल
शिलु महादेव मन्दिर
शिलु महादेव मन्दिर (नेपाल)
प्राथमिक विवरण
स्थान:भक्तपुर दरबार क्षेत्र
निर्देशाङ्क२७°४०′२०.३६″उ॰ ८५°२५′४४.१४″पू॰ / २७.६७२३२२२°N ८५.४२८९२७८°E / 27.6723222; 85.4289278निर्देशाङ्कहरू: २७°४०′२०.३६″उ॰ ८५°२५′४४.१४″पू॰ / २७.६७२३२२२°N ८५.४२८९२७८°E / 27.6723222; 85.4289278
सम्बन्धनहिन्दुत्व
देवताशिलु महादेव (गोसाइँकुण्ड)
जिल्लाभक्तपुर
प्रदेशबागमती प्रदेश
देशनेपाल
वास्तुकला विवरण
निर्माताजगतप्रकाश मल्ल
स्थापित मिति१७०७

शिलु महादेव मन्दिर बागमती प्रदेशको भक्तपुर दरबार क्षेत्रमा अवस्थित एक मल्लकालीन हिन्दु मन्दिर हो। यस मन्दिर गोसाइँकुण्डमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि बनाइएको थियो। ७२ सालको महाभूकम्प पछि यो मन्दिरको पुनर्निर्माण भइरहेको छ।

नामहरू[सम्पादन गर्नुहोस्]

शिलु महादेव मन्दिरलाई फरक–फरक नामले चिनिन्छ।[१][२] नेपाली भाषामा यस मन्दिरलाई शिलु महादेव मन्दिर भनेर चिनिन्छ जुन चाहिँँ गोसाइँकुण्डको नेवारी नामबाट आएको हो।[३][४] अर्को नाम फसी देग मन्दिर वा सरल रूपमा "फसी देग" अथवा "फसी:देग" (फर्सी मन्दिर; किनभने यो मन्दिर फर्सी जस्तो देखिन्थ्यो) पनि व्यापक रूपमा प्रयोग गरिन्छ।[३][५] अर्को नाम नीलकण्ठेश्वर महादेव मन्दिर पनि हो।[३]

किंवदन्ती अनुसार जब भक्तपुरको पाँचतले मन्दिर निर्माण गरिँदै थियो, तेसबेला कान्तिपुरका राजाले भक्तपुरका राजालाई एउटा मन्दिर आफैँ निर्माण गर्दिने भनेका थिए।[१] भक्तपुरका राजाले प्रस्ताव स्वीकार गरे अनि तब उनले मन्दिर निर्माण गर्नकोलागि एक वर्षको लागि म्याद तोके।[१] तर, एक वर्षभित्र पनि मन्दिरको निर्माण पूरा भएन र मन्दिर निर्माणको काम बीचैमा रोकियो जसका कारण मन्दिरको नाम "मजा: देग’ (अधुरो मन्दिर) बाट चिनिन थाल्यो।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

शिलु महादेव मन्दिर भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा वि.सं १७०७ सालमा निर्माण भएको थियो भनिन्छ र केही विवरणका अनुसार यो मन्दिर जितामित्र मल्लको शासनकालमा बनेको भनिन्छ।[१][६] गोसाइँकुण्डमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर बनाइएको थियो।[१] यो मन्दिर सुरुमा शिखर शैलीमा बनेको थियो।[१] विसं १९१० सालमा बेलायती चित्रकार हेनरी एम्ब्रोस ओल्डफिल्डले लेखेका थिएकी शिलु महादेव नेपालकै सबैभन्दा ठुलो ग्रन्थकुट वा शिखर शैलीको मन्दिर हो भनेर।[१][७] शिलु महादेव मन्दिरको चारै दिशामा उडान सिंहहरू स्थापित छन् जुन चाहिँँ भक्तपुरको नृत्यवत्सला मन्दिरललितपुरको कृष्ण मन्दिरमा पनि देख्न सकिन्छ।[१]

९० सालको महाभूकम्पले मन्दिर भत्कियो तर मन्दिर भित्रका मूर्तिहरू लाई खासै केही भएन।[१] यद्यपि, शिलु महादेव मन्दिरलाई यसको मौलिक रूपमा पुनर्निर्माण गरिएको थिएन बरु गुम्बज शैलीमा र मन्दिरलाई सेतो रंग रंगिएको थियो।[१][८] तेसपछि यसलाई 'फसि: देग' (फर्सी मन्दिर; किनभने यो मन्दिर फर्सी जस्तो देखिन्थ्यो) भनेर चिनियो।[१] पुनर्निर्माणको क्रममा उड्ने सिंहहरू सबै हराएका थिए।[१] मन्दिरको देब्रेपट्टि एक पटक अर्को हरिशंकर मन्दिर थियो जुन पनि भूकम्पले ध्वस्त भएको थियो तर त्यो मन्दिर पुनर्निर्माण भएन र अहिले हरिशंकर मन्दिरको अस्तित्व लगभग हराएको छ।[१] ७२ सालको महाभूकम्पले मन्दिर फेरि ध्वस्त भएको थियो।[९][१०] असोज २०७८ सालमा येस मन्दिरको मौलिक रूप मा पुनर्निर्माण गरियो।[९]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ गौतम, गोकर्ण (२६ मङ्सिर २०७३), "शिखर शैलीकै प्रतीक्षामा शिलु", नेपाल, अन्तिम पहुँच २४ जेठ २०७९ 
  2. किसी, कृष्ण (५ असार २०७९), "नब्बे साल पहिलाको शैलीमा बन्यो भक्तपुर दरबार स्क्वायरको फसीदेग मन्दिर", नागरिक, अन्तिम पहुँच १७ असार २०७९ 
  3. ३.० ३.१ ३.२ कार्की, गौरीबहादुर (७ भदौ २०७६), "शिलु महादेव बेहालमा", कान्तिपुर, अन्तिम पहुँच २४ जेठ २०७९ 
  4. कार्की, गौरीबहादुर (३० साउन २०७८), "शिलु महादेव मन्दिरमा हुनुपर्ने 'उड्ने सिंह' यसरी पानीमा डुबे", नेपाल लाइभ, अन्तिम पहुँच २४ जेठ २०७९ 
  5. खाइजू, ईश्वरकाजी (१६ साउन २०७७), "फसी देगमा कमसल ढुङ्गाको थाम प्रयोग", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २४ जेठ २०७९ 
  6. कार्की, गौरीबहादुर (२३ जेठ २०७९), "मूर्ति: अमेरिकाबाट फर्काउन सकिने‚ छिमेकी टोलबाट नसकिने!", हिमालखबर, अन्तिम पहुँच २३ जेठ २०७९ 
  7. त्वानाबासु, रेणु (८ फागुन २०७८), "उड्ने सिंह विवादले लम्बियो फसीं देग निर्माण कार्य", हिमालखबर, अन्तिम पहुँच १७ असार २०७९ 
  8. कार्की, गौरीबहादुर (१४-२० चैत २०७२), "शिलु महादेव मन्दिर: सच्चिने अवसर", हिमाल खबरपत्रिका, अन्तिम पहुँच २४ जेठ २०७९ 
  9. ९.० ९.१ श्रेष्ठ, लिला (१४ असोज २०७८), "मौलिक शैलीमा ठडियो शिलु महादेव", कान्तिपुर, अन्तिम पहुँच २४ जेठ २०७९ 
  10. "शिलु महादेव मन्दिर पुनर्निर्माण अलपत्र", नयाँ पत्रिका, ९ असोज २०७६, अन्तिम पहुँच २४ जेठ २०७९