पुस पन्ध्र
स्वरूप
पुष पन्ध्र | |
---|---|
वैकल्पिक नाम | पुसे पन्ध्रम् |
मिति | पुष महिनाको १५ गते |
पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको रातभर नसुतिकन गाउँ खाने कथा र दन्ते वा लोक कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ । यो चाड आफ्नो आफ्नो घरमा नै मनाइन्छ । नेपालको विशेष गरेर मध्य र सुदुर पश्चिम क्षेत्रमा पुष पन्ध्रमा चामलको पिठोको मोटो रोटी (भुच्चाने रोटी) बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ । त्यसैले पश्चिम नेपालमा कसैले मोटो रोटी बनाएमा पुष "पन्ध्रको जस्तो रोटी बनायो" भन्ने वख्यान पनि सुन्न पाइन्छ ।
पोखरा आसपासका बिभिन्न क्षेत्रका ठाउँमा पुसे पन्ध्रम् मा तरुल, सखरखण्ड, पिँडालु, गिँठा, भ्याकुर आदि कन्दमुल खन्ने, र खाने चलन पनि छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]