अङ्गिका भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अंगिका भाषाबाट अनुप्रेषित)
अङ्गिका
अंगिका
देवनागरी लिपिमा लेखिएको "अंगिका" शब्द
मूलभाषीभारतनेपाल
क्षेत्रबिहारझारखण्ड (भारत), तराई (नेपाल)
मातृभाषी वक्ता७४०,०००
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-२anp
आइएसओ ६३९-३anp

अङ्गिका भारतको बिहारझारखण्डका केही भागहरूका साथै नेपालको केही भागहरूमा बोलिने एक पूर्वी आर्य भाषा हो। अङ्गिका छिमेकी भारतीय भाषाहरू जस्तै मैथिली, बङ्गाली, भोजपुरीमगहीसँग नजिकको सम्बन्ध छ। ऐतिहासिक रूपमा यो अलग लिपिमा लेखिएको थियो जसलाई 'अङ्ग लिपि' भनिन्छ। पछि लेखकहरू कैथी लिपि र अन्ततः देवनागरी लिपिमा सरेका थिए।

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

अङ्गिका मुख्यतया दक्षिण-पूर्वी बिहार, मुङ्गेर, भागलपुर र झारखण्डको सन्थाल परगना मण्डल सहित बोलिन्छ। यसका वक्ताहरूको सङ्ख्या लगभग १.५ करोड मानिसहरू छन्।[१] भारतको बिहार र झारखण्ड राज्यहरू बाहेक, यो नेपाली तराईको मोरङ जिल्लामा पनि अल्पसङ्ख्यक भाषाको रूपमा बोलिने गरिन्छ। नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ मा मोरङका १.९% जनताले अङ्गिकालाई आफ्नो मातृभाषाको रूपमा फिर्ता गरेका थिए।[२]

आधिकारिक स्थिति[सम्पादन गर्नुहोस्]

अङ्गिकालाई भारतीय संविधानको आठौँ अनुसूचीमा सूचीकृत गरिएको छैन। अङ्गिकालाई भारतको झारखण्ड राज्यमा सन् २०१८ देखि "दोस्रो राज्य भाषा" को स्थिति प्राप्त छ। यसले मैथिली सहित १५ अन्य भाषाहरूसँग यो दर्जा साझा गर्दछ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sevanti Ninan (२००७), Headlines From the Heartland: Reinventing the Hindi Public Sphere, SAGE Publications, पृ: ६१, आइएसबिएन 978-0-7619-3580-3, मूलबाट ११ मे २०१८-मा सङ्ग्रहित। 
  2. 2011 Nepal Census, Social Characteristics Tables वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-१४ मिति
  3. "Jharkhand gives 2nd language status to Magahi, Angika, Bhojpuri and Maithali", United News of India, २१ मार्च २०१८, मूलबाट २४ मार्च २०१८-मा सङ्ग्रहित।