दीपावली
दीपावली | |
---|---|
वैकल्पिक नाम | लक्ष्मी पुजा |
अनुयायी | हिन्दू, सिख,जैन तथा बौद्ध[१] |
प्रकार | धार्मिक निष्ठा, उत्सव |
उत्सव | सार्वजनिक सजावट , खानपिन, पूजा, उपहार थथा मिठाइ |
प्रारम्भ | धनतेरस, दीपावलीभन्दा दुइ दिन अघि |
समापन | भाईटिका, दीपावलीभन्दा दुइ दिन पछि |
मिति | कार्तिक शुक्ल चतुर्दशी |
सम्बन्धित | काली पूजा, दीवाली (जैन), तिहार |
दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो ।[३][४] दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ ।[५][६]
नेपालमा दिपावली एवं भाइटीका
[सम्पादन गर्नुहोस्]तिहारलाई नेपालमा दोस्रो ठूलो पर्वको रूपमा मनाइन्छ । पाँच दिन लामो यस पर्वलाई यम पञ्चक पनि भनिन्छ । यो पर्वमा मुख्य रूपमा काग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिन्छ । कागलाई सन्देशवाहक, कुकुरलाई सुरक्षा, गाईलाई समृद्धि, र लक्ष्मीलाई धन र ऐश्वर्यको प्रतीक मानेर पूजिन्छ । यसले मानव र प्रकृति बीचको आपसी सन्तुलन र सम्मानको सन्देश दिन्छ ।
तिहारको मूल मर्म दिपावली र प्रकाशको माध्यमबाट जीवनमा उज्यालो ल्याउनु हो । घरघरमा दियो बाली दिपावली मनाइन्छ । अज्ञानको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश फैलाउने सन्देश तिहारबाट पाइन्छ । साथमा देउसी भैलो खेल्ने प्रचलन छ, जसले सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ नजिक बनाउँछ ।
पाँचौं दिन भाईटिका मनाइन्छ, जसमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्नेहपूर्वक सप्तरङ्गी टीका लगाई मखमली माला लगाइदिन्छन् । यस अवसरमा विशेष परिकार खुवाएर भाईबहिनीबीचको प्रेमको झल्को दिने गरिन्छ । भाईटिकाको पौराणिक कथा अनुसार, यमराजलाई आफ्नी बहिनी यमुनाले घरमा आमन्त्रण गरेकी थिइन् । बहिनीले टिका र माला लगाएर सत्कार गर्दा यमराजले प्रसन्न भई बहिनीको घरमा वर्षेनी आउने वचन दिए । यस परम्परा अनुसार, भाईटिकाले भाईबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछ ।[७]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Charles M Townsend, The Oxford Handbook of Sikh Studies, Oxford University Press, ISBN 978-0199699308, page 440
- ↑ "Holiday calendar", National Portal of India, अन्तिम पहुँच २७ अक्टोबर २०१६।
- ↑ The New Oxford Dictionary of English (1998) ISBN 0-19-861263-X – p.540 "Diwali /dɪwɑːli/ (also Divali) noun a Hindu festival with lights...".
- ↑ Diwali Encyclopedia Britannica (2009)
- ↑ Jean Mead, How and why Do Hindus Celebrate Divali?, ISBN 978-0-237-534-127
- ↑ Vera, Zak (फेब्रुअरी २०१०), Invisible River: Sir Richard's Last Mission, आइएसबिएन 978-1-4389-0020-9, अन्तिम पहुँच २६ अक्टोबर २०११, "First Diwali day called Dhanteras or wealth worship. We perform Laskshmi-Puja in evening when clay diyas lighted to drive away shadows of evil spirits."
- ↑ नेपालमा दिपावली एवं भाइ तिहार