बुढासुब्बा मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बुढासुब्बा बाट पठाईएको)
Jump to navigation Jump to search
बुढा सुब्बा मन्दिर
बुढा सुब्बा मन्दिर
बुढा सुब्बा मन्दिर Nepal-এ অবস্থিত
बुढा सुब्बा मन्दिर
बुढा सुब्बा मन्दिर
नेपालको नक्सामा बुढासुब्बा मन्दिर
निर्देशांक:२६°४९′०″ उत्तर ८७°१६′०″ पूर्व / २६.८१६६७° उत्तर ८७.२६६६७° पूर्व / 26.81667; 87.26667निर्देशाङ्क: २६°४९′०″ उत्तर ८७°१६′०″ पूर्व / २६.८१६६७° उत्तर ८७.२६६६७° पूर्व / 26.81667; 87.26667
नाम
वास्तविक नाम:बुढा सुब्बा मन्दिर
देवनागरी:बुढा सुब्बा मन्दिर
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:कोशी
जिल्ला:सुनसरी
स्थान:धरान, बिजयपुर
उचाई:३४९ मी (१,१४५ फिट)
कला र संस्कृति
वास्तुशैली:प्यागोडा

बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ। धरान बिजयपुरको बूढासुब्बा स्थान किराँती धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मन्दिर मानिन्छ। बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो। यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँसहरूको बीचमा रहनु पनि हो। बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ। उक्त दिन बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ। विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ। [१][२][३][४] व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढासुब्बा मन्दिरमा पँजा हुँदै आएको बुझिन्छ।[३]

इतिहासकार इमान सिंह चेम्जोङका अनुसार विजयपुर राजा बिजयनारायणको पालामा किरात राज्यको राजधानी थियो। अरुका अनुसार विजयपुर सेन राजा बिजय सेनको नाम बाट राखिएको हो।[५]

स्थान

बुद्ध सुब्बा मन्दिर देश की राजधानी काठमाडौं शहर के पूर्वमा लगभग १३६ मील (वा २२० किमी) को दूरीमा धरानमा स्थित छ। [६] दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि यो मन्दिर रहेको छ।

उत्पत्ति

बुढासुब्बा

बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढासुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढासुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउमै छ।[५][७][८][९]

बुद्धिकर्ण राइ खेबाङ

इमानसिंह चेम्जोङको भनाइ अनुसार यो मोरङका अन्तिम लिम्बु राजा बुद्धिकर्ण खेबाङको समाधिस्थल हो । नेपालको एकीकरणताका पृथ्वीनारायण शाहबाट विजयपुरलगायत पँर्वीय क्षेत्रको एकीकरण गर्ने क्रममा उनलाई कुटनीतिक रूपले विजयपुरमा मारिएको हुनाले उनका अनुयायीहरूले मृतआत्माको चिरशान्तीका लागि समाधिस्थल निर्माण गरी पुजन कार्य गर्दै आए। मानिसहरुको अनुसार बुद्धी कर्ण राय खेवाङ आत्मा भएर मानिसहरुको मद्दत गर्न थाले । स्थानीय लिम्बुहरूले राजाको आत्माको राम्रो प्रभाव पार्ने भएर पूजा गर्न थाले (सुब्बा वा हांगको अर्थ लिम्बु भाषामा राजा हुन्छ)।[३][५][६][७][८][९]

भगवान शिव

समाधिस्थललाई किराँतेश्वरको रूपमा पुज्ने गरिन्छ। कसैका अनुसार भगवान शिव र देवी पार्वतीलाई खेवासाङ्ग र युवासमाङ्गको भेषमा किरात राजा र रानी भइ शिकार गर्ने क्रममा विजयपुर आइपुगेका थिए जहाँ उनीहरूले आफ्ना धनुहरू रखेर तपस्या गरे। त्यस बेला कलियुगको आरम्भ भएको उनीहरूले बुझे र अन्तरध्यान भए । त्यस घटनालाई किरात भाषामा बुढासुब्बा भनिन्छ। धनुबाट टुप्पा बिनाका बाँस अंकुरित भए।[१०]

एकलब्य

कुनै समयमा बिरयोद्धा एकलब्य घुम्दैघुम्दै यस स्थानमा आई विश्राम अवस्थामा समाधिस्थ भएछन् । उनका अनुयायीहरूले उनको उक्त समाधिस्थललाई माटोले पुरिदिएको र पछि त्यसलाई बुढासुब्बाको नाम दिई सिद्धपीठको रूपमा पँजा गर्दै प्रचार प्रसारसमेत गर्न थालेका श्रुतिकथा छन् । जुन कुरालाई स्पष्ट गर्न बुढासुब्बा (यलम्बहाङ) एकलब्य हुन् भनेर नी भनिन्छ तर महाभारत हेर्दा वीरपुरुष एकलब्य र यलम्बरहाङ बेग्लाबेग्लै व्यक्ति भएको सङ्केत गरिएको पाईन्छ । [३][१०]

बाँसमा लेख्ने र माला बाध्ने चलन

मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किमादन्ती रहेकाले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढा सुब्बा मन्दिरमा पुजा गरी बाँसमा धागो बाँध्रने चलन छ । यसरी धागो बाध्दा प्रेमी प्रेमिकाहरुको प्रेम सफल हुन्छ भन्ने चलन छ ।[२][७][९]


यही बुढासुब्बा मन्दिरभित्रको प्रेमिल प्रचलनलाई सम्बोधन गर्दै चर्चित धराने पप गायक सविन राईले ‘गुराँसको फेदमुनि’ बोलको गीतमै भनेका छन्-

आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा !

कत्ति बस्नु म तिमी आउने आशैमा।।[११]


सन्दर्भ सामग्री

  1. "Budha Subba Temple 2019, #2 top things to do in dharan, eastern development region, reviews, best time to visit, photo gallery | HelloTravel Nepal", www.hellotravel.com, अन्तिम पहुँच २०१९-०७-२९ 
  2. २.० २.१ http://xnepali.net/movies/budha-subba-temple-dharan-bijayapur/
  3. ३.० ३.१ ३.२ ३.३ घिमिरे, अशोक, "बुढासुब्बा मन्दिरको गाथा", gorkhapatraonline.com, अन्तिम पहुँच जुलाई २९, २०१९ 
  4. "कसम बुढासुब्बा,भाले चढाउँछु !", http://blastkhabar.com, अन्तिम पहुँच जुलाई२९, २०१९ 
  5. ५.० ५.१ ५.२ "Beloved Bamboos of Budha Subba in Bijaypur (Dharan)", Wagle Street Journal (ne-NPमा), २०१०-०९-२१, अन्तिम पहुँच २०१९-०७-२९ 
  6. ६.० ६.१ Unknown (२०१७-०५-१६), "Yakthung: Budha Subba Temple", Yakthung, अन्तिम पहुँच २०१९-०७-२९ 
  7. ७.० ७.१ ७.२ "A Place for Pilgrimage and True Love", Boss Nepal (en-USमा), अन्तिम पहुँच २०१९-०७-२९ 
  8. ८.० ८.१ "गन्तव्य बुढासुब्बा-धागो बाँध्दै रमाउँदै", healthpostnepal.com, अन्तिम पहुँच जुलाई २९, २०१९ 
  9. ९.० ९.१ ९.२ "नाम बुढासुब्बा, काम जवानको डेटिङ !", अनलाइनखबर, अन्तिम पहुँच २९ जुलाई, २०१९ 
  10. १०.० १०.१ "Budhasubba", Nature Trail Travels & Tours, Trekking & Expeditions (en-USमा), अन्तिम पहुँच २०१९-०७-२९ 
  11. "Guransa ko phed muni", www.nepalisongchord.com, अन्तिम पहुँच २०१९-०७-२९ 

यो पनि हेर्नुहोस्