पितृविसर्जन अमावस्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पितृविसर्जनबाट अनुप्रेषित)
पितृविसर्जन अमावस्या
मितिआश्विन कृष्णपक्षकोअमावस्या

पितृविसर्जन अमावस्या अश्विन महिनाको कृष्णपक्षको अमावस्या (औंसी) लाई भनिन्छ । यस दिन पितृलोकबाट पितृ पक्षमा पृथ्वीमा आएका पितृहरू भोजनादिबाट तृप्त भई आ-आफ्ना लोकमा फिर्ता जाने जनविश्वास रहेकि छ । यस दिन ब्राह्मणलाई भोजन तथा वस्त्राभूषणादि दान गर्नाले पितृ तृप्त भई आफ्ना पुत्रपौत्रलाई आर्शीवाद दिई पितृलोक फर्कन्छन् । यस दिन साँझमा दियो बाली रोटी, खीर, मिठाई आदि दैलाको छेउमा राख्ने प्रचलन पनि छ, यसको अर्थ हो- फर्कँदा पितृ भोकै नफर्कुन् र दियो देखाएर तिनीहरूको मार्ग आलोकित तुल्याइएको हो । यदि कुनै कारणले पितृपक्षमा गरिने कुनै तिथि विशेषको श्राद्ध सम्पन्न हुन सकेन भने पनि ती रोकिएका श्राद्ध यसै दिन गरिन्छ। यसै दिन श्राद्ध पक्षको समाप्ति हुन्छ। यस अमावस्या (औंसी)को भोलिपल्ट शारदीय नवरात्र (नौरथा) प्रारम्भ हुन्छ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]