सामग्रीमा जानुहोस्

लक्ष्मण कुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मण कुमार
अभिमन्युले लक्ष्मण कुमारको बध गरेको चित्र।
जानकारी
परिवारदुर्योधन (पिता)
मयुरी (माता)
लक्ष्मणा (दिदी/बहिनी)
आफन्तधृतराष्ट्र (हजुरबुबा)
गान्धारी (हजुरआमा)
कौरव
पाण्डव (काकाहरू)
दुःशला (फुपू)

लक्ष्मण कुमार हिन्दु महाकाव्य महाभारत का एक पात्र र दुर्योधनका पुत्र थिए। उनलाई एक साहसी योद्धा र कुशल धनुर्धरको रूपमा वर्णन गरिएको छ।[] कुरुक्षेत्रको युद्धको १३औँ दिनमा अभिमन्युले वाण प्रहार गरी उनको शिर छेदन गरेर वध गरेका थिए।[]

महाभारतमा भूमिका

[सम्पादन गर्नुहोस्]

महाभारत मा दुई प्रतिद्वन्द्वी समूह—पाण्डवकौरव बीचको कुरुक्षेत्रको युद्धमा सहभागिता बाहेक लक्ष्मणको बारेमा थोरै जानकारी मात्र उपलब्ध छ। लक्ष्मणले कौरव पक्षका नेता आफ्ना पिता दुर्योधनलाई साथ दिँदै युद्ध लडेका थिए। कुरुक्षेत्र युद्धको दोस्रो दिन, लक्ष्मण र अर्जुनका पुत्र अभिमन्यु बीच भीषण युद्ध भएको थियो। जब अभिमन्यु विजयको नजिक थिए, दुर्योधन आफ्ना छोराको सहयोगका लागि त्यहाँ पुगेका थिए।[][]

युद्धको बाह्रौँ दिनमा, लक्ष्मणले योद्धा शिखण्डीका छोरा क्षत्रदेवलाई घाइते बनाएका थिए।[][]

युद्धको तेह्रौँ दिनमा, लक्ष्मण आफ्ना पिताको नजिकै रहेर ठूलो पराक्रमका साथ शत्रुहरूसँग लडिरहेका थिए। जब अभिमन्यु लक्ष्मण कुमारको नजिक पुगेर लक्ष्मणले उनको हात र छातीमा वाण प्रहार गरेका थिए। यसबाट क्रोधित भएका अभिमन्युले एक चौडा टाउको भएको वाण (भल्ल अस्त्र) प्रयोग गरेर लक्ष्मणको शिर छेदन गरिदिएका थिए। यसको बदला लिन दुर्योधनले धेरै शक्तिशाली कौरव योद्धाहरूलाई एकजुट गराएर अभिमन्युमाथि एकैसाथ आक्रमण गर्न लगाएका थिए, जसको फलस्वरूप अभिमन्युको पनि मृत्यु भएको थियो।[]

युद्धको समाप्ति पछि, लक्ष्मणकी आमाले उनको मृत्युमा शोक व्यक्त गरेकी छिन्। जब महर्षि व्यासले आफ्नो योग शक्तिद्वारा पाण्डव र कौरवका माताहरू—क्रमशः कुन्तीगान्धारीलाई मृत योद्धाहरू देखाएका थिए, त्यहाँ देखा परेका योद्धाहरूमध्ये लक्ष्मण पनि एक थिए।[]

अन्य कृतिहरूमा

[सम्पादन गर्नुहोस्]

शशिरेखा परिणयम् नामक एक लोककथामा कुरुक्षेत्र युद्धभन्दा अघिको लक्ष्मणको जीवनको एउटा प्रसङ्ग वर्णन गरिएको छ। दुर्योधनका गुरु बलरामले आफ्नी छोरी शशिरेखा (जसलाई वत्सला पनि भनिन्छ) को विवाह लक्ष्मणसँग तय गरेका थिए। यद्यपि, बलरामका भाइ कृष्णले आफ्नै परिवार र अर्जुनको परिवार बीचको सम्बन्धलाई बलियो बनाउने अवसर खोजिरहेका थिए।

एक योजनाको रूपमा, विवाहको तयारी भइरहेका बेला कृष्णले आफ्नी बहिनी सुभद्रा र उनका छोरा अभिमन्युलाई आफ्नो घरमा निमन्त्रणा गरेका थिए। त्यसै क्रममा अभिमन्यु र शशिरेखा एक-अर्काको प्रेममा परेका थिए र पछि उनीहरू भागेर विवाह समेत गरेका थिए। यस घटनाले बलरामलाई निकै लज्जित तुल्याएको थियो र दुर्योधनलाई अत्यन्तै क्रोधित बनाएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia: A Comprehensive Work with Special Reference to the Epic and Puranic Literature (अङ्ग्रेजीमा), Motilal Banarsidass, आइएसबिएन 978-81-208-0597-2
  2. "The Mahabharata, Book 7: Drona Parva: Abhimanyu-badha Parva: Section XLIV", Sacred-texts.com।
  3. Mackenzie, Donald Alexander (२०२०-०८-१५), Indian Myth and Legend (अङ्ग्रेजीमा), BoD – Books on Demand, पृ: 254, आइएसबिएन 978-3-7524-4315-8
  4. The Mahabharata: Volume 7 (अङ्ग्रेजीमा), Penguin UK, २०१५-०६-०१, पृ: 60, आइएसबिएन 978-81-8475-944-0
  5. Bibek Debroy, The Mahabharata, 10 Volumes by B. Debroy, पृ: 3686।
  6. Vemsani, Lavanya (२०१६-०६-१३), Krishna in History, Thought, and Culture: An Encyclopedia of the Hindu Lord of Many Names (अङ्ग्रेजीमा), ABC-CLIO, पृ: 16, आइएसबिएन 978-1-61069-211-3