बेलतोडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलतोडी
मितिआश्विन शुक्ल षष्ठी

जनकपुर आसपासको क्षेत्रमा दशैंको छैठो दिन अथवा आश्विन महिनाको शुक्ल पक्षमा पर्ने षष्ठी तिथीमा निम्तो दिई आएको जोडा बेल फलसहित फूलपात टिपेर शक्तिपीठहरूमा भित्र्याउँने परम्परा छ । जसलाई स्थानीय भाषामा बेलतोडी पनि भनिन्छ । यो नेपालको अन्य शक्तिपीठ हरूमा भित्र्याइने फूलपातीको स्थानीय रूप हो । सोहि दिन विहान बेलतोडी अगावै साईत अनुसार दशैंको लागि बनाईएको दुर्गा प्रतिमामा नेत्र खोल्ने परम्परा रहेको छ । यति गरे पछि दुर्गाको प्रतिमा पुर्ण भएको मानिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]