करवा चौथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
करवा चौथ
करवा चौथको अवसरमा महिलाहरूले छल्नीबाट चन्द्रमा हेर्दैछन
वैकल्पिक नामकरक चतुर्थी
अनुयायीविवाहित हिन्दू पुरुष र महिला, केहि क्षेत्रहरूमा, अविवाहित हिन्दू महिला वा किशोर केटाहरू[क][२]
प्रकारहिन्दू
मितिकार्तिक कृष्ण चतुर्थी
उपवास बसेका महिलाहरू सामूहिक रूपमा सर्कलमा बसेकी, कर्वा चौथ पूजा गर्दा, गीत गाउँदै फेरीहरू बजाउँदै (उनीहरूको थालीलाई घेरा वरिपरि पार गर्दै)

करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी भारतको पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेशराजस्थान प्रान्तमा र फाटफुट रूपमा नेपालको तराई लगायत विश्वभरि नै मनाउने गरिन्छ । यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । यो पर्वलाई विशेष गरी सौभाग्यवती (पति जीवित भएकी सधवा) स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन् । सामान्यतया कार्तिक महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि (चन्द्रोदयव्यापिनी चतुर्थी) पर्दछ, त्यसै दिनको विहान ब्रह्म मूहुर्त (करिब बिहानको चार बजे)बाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ । करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ । यस बाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन्, यद्यपि बहुसंख्यक महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्दछन् । नेपालमा मनाइने तीजको व्रत जस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । १२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्यापन (उपसंहार) गर्ने नियम छ । तर कतिपय सधवा स्त्रीहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछन् ।

व्रतको विधि विधान र नियम[सम्पादन गर्नुहोस्]

पतिको दीर्घायु तथा अखण्ड सौभाग्य प्राप्तिका लागि यस दिन भालचन्द्र भगवान् गणेशको पूजा-आराधना गरिन्छ । कार्तिक कृष्ण पक्षको चन्द्रोदयव्यापिनी चतुर्थीका दिन एकाबिहानै ब्रह्ममूहुर्तमा उठेर स्नान गरी आफ्नो सौभाग्य(पति)को दीर्घायु, सुस्वास्थ्य र अटल सौभाग्यको कामना गर्दै दिनभरि निराहार रहेर व्रत सम्पादन गर्नुपर्दछ । यस दिन दियो, कलश र गणेशको स्थापना गरी ऋद्धिबुद्धि समेत भगवान् गणेश, चन्द्रमा, शिव, पार्वती र कार्तिकेयको पूजा गर्नुपर्दछ । पूजाका लागि आवश्यक नैवेद्य तैयार गर्दा शुद्ध गाईको घिउमा गहुँको पीठोलाई भुटेर त्यसमा चिनी वा गुड मिसाएर विवाह व्रतबन्धमा बनाइने कसार जस्तै लड्डु बनाउनु पर्दछ । त्यस्तै कालो माटोमा चिनीको चासनी (पाक) मिसाएर एउटा वा इच्छाइएको संख्यामा (आआफ्नो सामर्थ्यअनुसार १०/१३ आदि) करुवा बनाउनु पर्दछ । कालो माटोबाट निर्माण गर्न नसकेमा तामाको करुवा किनेर पनि काम चलाउन सकिन्छ । पूजा सम्पन्न गर्नका निमित्त सेतो बालुवा वा सेतो माटोको वेदी बनाएर त्यसमाथि प्रत्येक देवीदेवताका लागि बेग्लाबेग्लै कलश र थाली राखी माथि उल्लिखित देवी देवताको मूर्ति वा प्रतिमा स्थापना गर्नु पर्दछ, तर मूर्ति वा प्रतिमाको अभावमा सुपारीमा धागो बाँधेर पनि राख्न सकिन्छ । पूजा गर्दा सम्भव भएसम्म योग्य पुरोहितको सहायताले वैदिक वा पौराणिक मन्त्रहरूको प्रयोग गरी षोडशोपचार पद्धतिले गर्न/गराउन सकिन्छ, तर पण्डितजीको अभावमा क्रमशः भगवान् गणेशलाई ॐ ऋद्धिबुद्धिसहिताय श्री मन्महागणाधिपतये नमः भनेर पूजासामग्री अर्पण गर्नु पर्दछ, यसै गरी चन्द्रमालाई ॐ चन्द्रमसे नमः, शिवजीलाई ॐ नमः शिवाय, पार्वतीलाई ॐ पार्वत्यै नमः र कार्तिकेयलाई ॐ षण्मुखाय नमः भन्दै पूजा गर्नु पर्दछ । पूजाको समापनमा कम्तीमा एउटा अम्खोरा (लोटा), एउटा करुवा र वस्त्र दान गरी आरती, पुष्पाञ्जली र दक्षिणा गर्नुपर्दछ । दिनभरि निराहार रहँदै करवाचौथको कथा सुन्ने वा वाचन गर्ने, भजनकीर्तन गर्ने गरी बस्नुपर्दछ र सायंकाल चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा र दर्शन गरेर अर्घ्य दिनुपर्दछ । यसपछि ब्राह्मण, सौभाग्यवती (सधवा) स्त्रीहरू, सासू ससुरालाई भोजनादि गराउनु पर्दछ र भोजनपछि ब्राह्मणहरूलाई यथाशक्ति दक्षिणा दिनुपर्दछ । करवा चौथको अन्त्यमा सासूलाई पूजाको वेदीमा राखिएका मध्ये कुनै एउटा लोटा, वस्त्र र करुवा समर्पण गर्नु पर्दछ, यदि सासू जीवित हुनुहुन्न भने सासूकै उमेरकी कुनै स्त्रीलाई दिए हुन्छ । यसपछि मात्र आफूले भोजनादि ग्रहण गर्नुपर्दछ।

फोटो गैलरी[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ref64ruxax
  2. Sohindar Singh Waṇajara Bedi (१९७१), Folklore of the Punjab, National Book Trust, "... Sometimes even unmarried girls observe this fast and pray for their wife-to-be ..." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found