सामग्रीमा जानुहोस्

बाँके जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बाँकेबाट अनुप्रेषित)
बाँके जिल्ला
बागेश्वरी मन्दिर, नेपालगन्ज
लुम्बिनी प्रदेशमा बाँकेको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा बाँकेको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामनेपालगन्ज उपमहानगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, बाँके
जनसङ्ख्या
 • जम्मा६०३३९३
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

बाँके नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ। यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडिएको छ। यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाइचाराको सन्देश दिनु हो।[]

यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् :-

  • परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गइ थोरै मानिसहरू मात्र यस क्षेत्रमा बाँकी रहेकोले "बाँकी मानिसले बसोवास गरेको ठाउँ" भन्दै जाँदा पछि अपभ्रंस भइ यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ।
  • सत्ययुगमा सतीदेवीको जीव्रो पतन भइ त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भइ स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ।
  • परापूर्वकालमा यहाँका मानिसहरूले घाम, पानी, हुरी, वतास आदिबाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बाँके घरहरू रहेको बस्तीलाई "बाँके बस्ती" भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ।
  • कतै कतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरीन्छ।

प्रशासनिक विभाजनहरू

[सम्पादन गर्नुहोस्]

जिल्लामा १ उपमहानगरपालिका, १ नगरपालिका र ६ गाउँपालिका गरि ८ वटा स्थानीय तहहरू रहेका छन्।[]

बाँके जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग
किमी)
जनघनत्व (वर्ग
किमी)
नेपालगन्ज उपमहानगरपालिका उदयपुर, भवानियापुर, पिप्रहवा, जैसपुर, परस्पुर, खासकारकाँदो, वसुदेवपुर, मनिकापुर, पुरैना, हिरमिनीया (७) २३ नेपालगन्ज १,६४,४४४ ८५.९४ १,९००
कोहलपुर नगरपालिका कोहलपुर, रझेनाशमसेरगञ्ज १५ कोहलपुर १,०१,६६७ १८४.२६ ५५०
जानकी गाउँपालिका साइगाउँ, बेलभार, खजुराखूर्द, बेलहरी, इन्द्रपुरगनापुर खजुराखूर्द ४६,१४१ ६३.३२ ७३०
डुडुवा गाउँपालिका होलिया, बेतहनी, बनकट्टी, हिरमिनीया (१-६,८-९) र कम्दी बनकट्टी ४३,१३४ ९१.१ ४७०
खजुरा गाउँपालिका रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुरराधापुर बागेश्वरी ६२,७८९ १०१.९१ ६२०
बैजनाथ गाउँपालिका चिसापानी, नौबस्ता, बनकटवाटिटिहिरिया रामपुर ६९,४७२ १४१.६७ ४९०
राप्तीसोनारी गाउँपालिका खासकुस्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुरमहादेवपुरी अगैया ६६,४४५ १०४१.७३ ६४
नरैनापुर गाउँपालिका काठकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहियागङ्गापुर नरैनापुर ४३,२०६ १७२.३४ २५०
बाँके जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "बाँके जिल्लाको सङ्क्षिप्त परिचय : बाँके जि.स.स", बाँके जिल्ला, अन्तिम पहुँच २०२३-०६-२८ [स्थायी मृत कडी]
  2. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२