सामग्रीमा जानुहोस्

मुगु जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मुगूबाट अनुप्रेषित)
मुगु जिल्ला
रारा ताल
कर्णाली प्रदेशमा मुगु जिल्लाको (गाढा पहेँलो) अवस्थितिको अवस्थिति
कर्णाली प्रदेशमा मुगु जिल्लाको (गाढा पहेँलो) अवस्थिति
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामगमगढी (छायाँनाथ रारा नगरपालिका)
सरकार
  प्रकारजिल्ला समन्वय समिति
  अङ्गजिल्ला समन्वय समिति, मुगु
क्षेत्रफल
  जम्मा३,५३५ किमी (१३६५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६४,५४९
  घनत्व१८/किमी (४७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली
वेबसाइटआधिकारिक वेबसाइट

मुगु जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन्। नेपालको सबैभन्द ठूलो तालको परिचय पाएको रारातालपनि यहि जिल्लामा रहेको छ। राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो। गमगढी जिल्ला सदरमुकाम हो। यस जिल्लाले ३,५३५ वर्ग किलोमिटर (१,३६५ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र यसको जनसङ्ख्या (वि.सं २०७८) ६४,५४९ रहेको छ। मुगु नेपालको दुर्गम तथा कम विकसित जिल्ला हो।

भूगोल र जलवायु

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिममा बाजुरा, दक्षिणमा जुम्लाकालिकोट र उत्तरमा चीनको स्वसाशित क्षेत्र तिब्बत रहेको छ, जुन नेपालको कूल क्षेत्रफलको २.११ प्रतिशत हो। मुगु जिल्ला समुन्द्र सतहबाट १२०१ मिटर देखि ६६१६ मिटर सम्मको उचाईमा फैलिएकाे छ।

हावापानी क्षेत्र[] उचाइ दायरा क्षेत्रफलको %
उपोष्णकटिबन्ध १,००० देखि २,००० मिटर
३,३०० देखि ६,६०० फिट
५.६%
शीतोष्ण कटिबन्ध २,००० देखि ३,००० मिटर
६,४०० देखि ९,८०० फिट
१९.३%
उप पर्वतीय ३,००० देखि ४,००० मिटर
९,८०० देखि १३,१०० फिट
२०.६%
उच्च पर्वतीय ४,००० देखि ५,००० मिटर
१३,१०० देखि १६,४०० फिट
१७.७%
हिमरेखा ५,००० मिटर भन्दा माथि ३.८%
भोट हिमालय[][] ३,००० देखि ६,४०० मिटर
९,८०० देखि २१,००० फिट
३१.२%

पौराणिक किम्बदन्ती अनुसार विभिन्न भनाईहरू रहेतापनि यस जिल्लाको उत्तरी भेगको इलाका नम्बर ३ मा पर्ने मुगु गाउँको नामबाट यस जिल्लाका नाम मुगु रहन गएको थियो।

नेपालको सबै भन्दा ठुलो रारा ताल मुगु जिल्लामा नै पर्दछ । रारा तालको लम्बाई ५ किलो मिटर चौडाई, ३ किलो मिटर र गहिराई १६७ मिटर रहेको छ । समुद्री सतहबाट २९९० मिटरको उचाईमा अवस्थित रारा ताल मुगु जिल्लामा आउने पर्यटनको मुख्य आकर्षण हो । यसका साथै छायाँनाथ मन्दिर, रारा राष्ट्रिय निकुञ्ज, चङ्खेली हिमाल आदी पर्यटकिय स्थलहरू यस जिल्लामा रहेका छन् । भौगोलिक विकटताका कारण यि पर्यटकिय स्थलहरूको विकास र प्रवर्वर्द्धन हुन सकेको छैन ।[]

नेपालको मध्य पश्चिमाञ्चल विकाश क्षेत्र अन्तर्गत पर्ने यो जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणबाट विश्लेषण गर्दा विगतका वर्षहरूमा ७५ औँ स्थानबाट माथी उठ्न नसके पनि हालको अवस्थामा यो जिल्ला सडक सञ्जाल जोडिनु र जनताको राजनीतिक तथा सामाजिक चेतनास्तरमा क्रमशः विकास हुनको परिणाम स्वरुप शाक्षरता दर औषत आयु र प्रति व्याक्ति आय जस्ता सूचकहरूमा सुधार भई यस वर्ष जिल्ला मानव विकास सूचकाङ्कको सूचीमा ६७ औँ स्थानमा पर्नु जिल्लाको विकास क्रममा उल्लेख्य उपलब्धि हो । नवौँ गणतान्त्रिक जिल्ला परिषदको प्रतिवद्धता अनुरुप कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा शुशाषन प्रवर्द्धन सबैको सहयोग र सहकार्य भएमा आगामी वर्षहरूमा मानव विकास सूचकाङ्कको सूचीमा थप सुधार हुने निश्चित छ ।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]
ऐतिहासिक जनसङ्ख्या
जनगणना वर्ष (वि.सं)जन.±% प्र.व. ±%
२०३८४३,७०५    
२०४८३६,३६४−१.८२%
२०५८४३,९३७+१.९१%
२०६८५५,२८६+२.३२%
२०७८६६,६५८+१.८९%
स्रोत: सिटी पपुलेसन[]

राष्ट्रिय जनगणना २०७८ अनुसार, मुगु जिल्लाको जनसङ्ख्या ६४,५४९ थियो। जनसङ्ख्याको १०.७५% ५ वर्ष मुनिका छन्। जिल्लाको साक्षरता दर ६८.०९% रहेको छ भने लिङ्ग अनुपात प्रति १००० पुरुषमा ९९३ महिला छ। नगरपालिकाहरूमा २४,५२७ (३८.०%) बसोबास गर्दछन्।[]

मुगु जिल्लाका जातजातिहरू (वि.सं २०७८)[]
  1. क्षेत्री (५०.५४%)
  2. ठकुरी (१४.४९%)
  3. कामी (१४.४२%)
  4. दमाई (५.३८%)
  5. बाहुन (४.६२%)
  6. मुगाली (२.५५%)
  7. सार्की (२.४६%)
  8. कार्मारोङ (२.२३%)
  9. तामाङ (१.७६%)
  10. अन्य (१.५५%)

खस जातिले जनसङ्ख्याको बहुमत ओगटेका छन्, जुन जनसङ्ख्याको ९२% हो। क्षेत्रीहरूले जिल्लामा पूर्ण बहुमत ओगटेका छन्, जुन जनसङ्ख्याको ५०% हो, जबकि खस दलितहरूले जनसङ्ख्याको २२% ओगटेका छन्। पहाडी जनजातिहरूले जनसङ्ख्याको ७% ओगटेका छन्, मुख्यतया मुगुम र कार्मारोङ जस्ता तिब्बती समूहहरू हुन्।[]

मुगु जिल्लामा बोलिने भाषाहरू (वि.सं २०७८)[]
  1. नेपाली (८६.२७%)
  2. खस (६.६८%)
  3. कार्मारोङ (३.८%)
  4. मुगोम (२.३४%)
  5. अन्य (०.९१%)

राष्ट्रिय जनगणना २०७८ अनुसार, ८६.२७% जनसङ्ख्याले नेपाली बोल्दछन्। यसका अतिरिक्त ६.६८% खस, ३.८०% कार्मारोङ र २.३४% मुगोम भाषालाई आफ्नो पहिलो भाषा रूपमा प्रयोग गर्दछन्।[]

मुगु जिल्लाको धर्मगत तथ्याङ्क (वि.सं २०७८)[]
धर्म प्रतिशत
हिन्दु
९१.७७%
बुद्ध
७.४३%
इसाई
०.७७%
अन्य वा उल्लेख नभएका
०.०३%


प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ४ स्थानीय तहहरू छन्, जसमध्ये १ नगरपालिका र ३ गाउँपालिकाहरू छन्।[१०]

मुगु जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
छायाँनाथ रारा नगरपालिका श्रीनगर, कार्कीबाडा, पिना, रोवा, रुगारारा (८,९) १४ गमगढी २४,५२७ ४८०.६७ ५१
मुगूम कार्मारोङ गाउँपालिका डोल्फु, मुगु, किम्री, पुलुमाङ्ग्री पुल ६,२२२ २,१०६.९१ ३.०
सोरु गाउँपालिका नाधर्पू, भिई, फोतू, जिमा, धैनकोट, कालैरारा (१-७) ११ जिमा १४,२७७ ३,६५०.८ ३.९
खत्याड गाउँपालिका सेरी, श्रीकोट, खमाले, गम्था, ह्याङ्लू, सुकाढिककोटडाँडा ११ श्रीकोट १८,८३२ २८१.१२ ६७
मुगु जिल्लाका साविकका गाविसहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. The Map of Potential Vegetation of Nepal – a forestry/agroecological/biodiversity classification system, . Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., २००५, आइएसबिएन 87-7903-210-9, अन्तिम पहुँच २२ नोभेम्बर २०१३
  2. Shrestha, Mani R.; Rokaya, Maan B.; Ghimire, Suresh K. (२००५), "Vegetation pattern of Trans-Himalayan zone in the North-West Nepal", Nepal Journal of Plant Sciences 1: 129–135, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४
  3. Banerji, Gargi; Basu, Sejuti, "Climate Change and Himalayan Cold Deserts: Mapping vulnerability and threat to ecology and indigenous livelihoods", Pragya, Gurgaon, Haryana, India, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४
  4. 1 2 जिल्ला विकास समिती मुगु
  5. "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)।
  6. "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग
  7. 1 2 "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६
  8. 1 2 "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग
  9. "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६
  10. "स्थानीय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २१ असोज २०८१

२९°३३′उ ८२°१०′पू / 29.550°N 82.167°E / 29.550; 82.167