द्रोणाचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द्रोणाचार्य
चित्र:Bhima fights Drona.jpg
महाभारतको युद्ध
जन्मद्रोण
महाभारत काल
मृत्युकुरुक्षेत्र
मृत्युको कारणयुद्ध मृत्यु
वासस्थानहस्तिनापुर
जातीयताब्राह्मण
पेशाकुरु वंशका आचार्य
कामदारकुरु वंश
चिनारीको कारणधनुर्विद्या
गृहनगरगुडगाउँ
धर्महिन्दू
जीवनसाथीकृपि
सन्तानअश्वत्थामा
मातापिताभारद्वाज ऋषि
घृतार्ची अप्सरा

द्रोणाचार्य ऋषि भारद्वाज ऋषि तथा घृतार्ची नामक अप्सराका पुत्र तथा धर्नुविद्यामा निपुण परशुरामका शिष्य थिए।[१] कुरू प्रदेशमा पाण्डुका पाँच पुरत्रहरू तथा धृतराष्ट्रका सय पुत्रहरूका गुरु थिए। महाभारत युद्धका समय ति कौरव पक्षका सेनापति थिए। गुरु द्रोणाचार्यका अन्य शिष्हरूमा एकलव्यको नाम उल्लेखनीय छ। त्यसले गुरुदक्षिणामा आफ्नो बुढी औँला द्रोणाचार्यलाई दिएको थियो। कौरव र पाण्डवले द्रोणाचार्यका आश्रममा नैं अस्त्र र शस्त्रको शिक्षा पाएका थिए। अर्जुन द्रोणाचार्यका प्रिय शिष्य थिए।'गु'को अर्थ हो- अन्धकार एवं 'रु'को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।य शिष्य थिए। ती अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउनु चाहन्थे।

महाभारतको कथाका अनुसार द्रोण (दोने)देखि उत्पन्न हुने कारण तिनको नाम द्रोणाचार्य भयो। आफ्नो पिताका आश्रममा नैं रहँदै हुये ती चार वेदहरू तथा अस्त्र-शस्त्रहरूका ज्ञानमा पारंगत भए ।

सुरुवाती वर्ष [सम्पादन गर्नुहोस्]

द्रोण ब्राह्मण भरद्वाजका पुत्र थिए। बेद बेदाङ्गको अध्ययन सके पछि उनी धनुर्विद्याको अभ्यासमा लागेर धनुर्विद्याका महान आचार्य भएका थिए। भरद्वाजका साथी पान्चालको राजाका छोरा द्रुपद कुटीमा बस्दा द्रोणको सहपाठी थिए। नौजवान हुँदा उनिहरूको बिचमा घनिष्टता बढेको थियो। नौ जवानिको जोशमा आफू राजा भएपछि आधा राज्य दिन्छु भनि द्रोणलाई द्रुपदले भनेका थिए। पढाइ सकिए पछि द्रोणले कृपाचार्यको बहिनी संग बिबाह गरे। उनिहरूको अस्वत्थामा नामको एउटा छोरा जन्मे। छोरा र पत्नी प्रति द्रोण अति नै टाँसिएको थियो। धन सम्पतिको कहिल्यै परबाह नगर्नेले उनिहरूको लागि धन आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो। 

परशुराम सँगको भेट [सम्पादन गर्नुहोस्]

परशुरामले ब्राह्मणहरूलाई धन बाँडिरहेका थिए भन्ने सुनेर पहिले उनी कहाँ गए, तर ढिलो पुगे। पहिले नै सबै धन दिएर परशुराम जंगल तिर जान लागेका थिए। परशुरामले द्रोणलाई भने, "मैले म सँग भएको सबै कुरा बाँढिसके। अब म सँग केवल ज्यान र ज्ञान छ। तिमीलाई के चाहिन्छ भन।" उनले द्रोणलाई शस्र प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए। द्रोणले खुसी भएर मन्जुर गरे। त्यसै पनि धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै राजाको घरमा गुरु हुने उत्सुकता भयो। उनी सैनिक विद्याको अद्वितीय आचार्य भएका थिए।

द्रुपदसँग बैमनस्यता [सम्पादन गर्नुहोस्]

बाबु मरेकाले त्यति बेला नै द्रुपद राजा भएका थिए। पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्नेविश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई विद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथी द्रोण भनि परिचय दिँदा द्रुपद खुसी हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथी भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै वर्षको चिना जानि सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरूको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।" द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे ।

पान्डव /कौरवका राजगुरु [सम्पादन गर्नुहोस्]

नोकरीको खोजमा प्रयास गर्न उनी हस्तिनापुरमा जाने भयो । त्यहाँ उनले आफ्ना जेठान कृपाचार्यको घरमा केहि दिन त्यसै बिताएका थिए । एक दिन हस्तिनापरका राजकुमारहरु शहर बाहिरको नजिक ठाँउमा भकुण्डो खेलिरहेका थिए । खेल्दा खेल्दै भकुण्डो र युधिष्ठिरको औँठी इनारमा खस्यो । राजकुमारहरु सबै इनारको वरी परी जम्मा भए । स्वच्छ पानीबाट इनार मुनी टलटल टल्कि रहेको औँठी तिनिहरूले देखेका थिए । तर त्यो झिक्नको लागि कुनै पनि साधन पाएनन् ।

कालो बर्ण भएका एउटा ब्राह्मण मुसु मुसु हाँसी नजिकैबाट हेरेर बसेको उनिहरूले होसै गरेनन् । ‘राज कुमारहरु, बीर भरत बंशका सन्तानहरु हुन । बल किन झिक्न सकेनौ ? शस्त्र विद्यामा निपूर्ण भएकाहरूलाई कसो गर्ने भन्ने कुरा थाहा हुनु पर्ने हो । मैले झिकि दिउँ ?” भनि उनले राज कुमारहरूलाई छक्क पारी दिए । युधिष्ठिरले हाँसेर ठट्टा गरी भने – “ओ ब्राह्मण यदि तिमीले त्यो बल झिकि दियौ भने कृपाचार्यको घरमा तपाईँले राम्रो भोजन गर्न पाएको हामीले हेर्न पाउने छौँ ” । अनि त्यस अपरीचित ब्राह्मण द्रोणले घाँसको एउटा पात टिपी बाणको तीर जस्तै जोडले जाने गर्न शक्तिको वाचा बोलि त्यस पातलाई जोडसँग इनारमा फाले । त्यो पात जोडसँग गएर भकुण्डोमा टाँसियो । पछिबाट धेरै पातहरु एक पछि अर्को खसाले । ती सबै पातहरु गाँसिएर सिक्रि जस्तो भयो । त्यस घाँसको सिक्रिलाई  समातेर भकुण्डोलाई तानेर निकालि दिए । राजकुमारहरु सबै अति खुशी भए र औँठि पनि झिकि दिन अनरोध गरे ।

द्रोणले एउटा धनुष मागे र त्यसमा बाण चढाइ सिघै औँठिमा बाणले हाने । बाणको जोडले गर्दा औँठी उफ्रेर माथि सम्म आए, अनि द्रोणले समातेर त्यस औँठी युधिष्ठिरलाई दिए । त्यो तमाशा देखेर राज कुमारहरूलाई गजब लाग्यो र भन्यो –“हामी तपाईँलाई प्रणाम गर्दछौँ । तपाईँ को हुनुहुन्छ ? तपाईँको लागि हामीले गर्नु पर्ने केहि छ कि ?” भनि तिनीहरूले द्रोणलाई ढोग गरे । उनले भने –“ओ राज कुमारहरु, भीष्म कहाँ जाउ र म को हुँ भन्ने उनिबाट जान्नु । राजकुमारहरूले बताएको बयानबाट भीष्मले जाने कि उनी अरु कोही हैन द्रोण थिए । पाणडव र कौरबहरूलाई अरु थप विद्या सिकाउन द्रोण योग्य ब्यक्ति थियो भन्ने कुरा उनलाई निश्चय भयो । भीष्मले उनलाई विशेष सनमान गरी स्वागत गरे । राजकुमारहरूलाई शस्र विद्या सिकाउन द्रोणलाई  नियुक्त गरी दिए ।

द्रुपदसँग बदला[सम्पादन गर्नुहोस्]

कौरबहरु र पाण्डवहरू शस्र विद्यामा पारंगत भए पछि गुरु दक्षिणाको रूपमा द्रोपदलाई बन्धि बनाएर ल्याउनलाई भने।

पहिले दुर्यधन र उनका भाइहरूलाई पठाए। गुरुले भने जस्तै कार्य पूरा गर्न उनले अह्राए बमोजिम गए। तर पूरा गर्न सकेन। त्यस पछि पाण्डवहरूलाई पठाए। द्रोणले भने जस्तै उनिहरूले द्रुपद र उनका मन्त्रिहरूलाई कैदि बनाएर द्रोणलाई बुझाइ दिए । द्रोणले हाँसि हाँसि द्रुपदलाई संबोधन गरी भने – “बडा राजा नडराउ, तीमीलाई केहि गर्ने छैन । केटाकेटीमा हामी संगति थियौँ। तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर गरेका थियौ। राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ। अब तिम्रो राज्य जितेर म राजा भएको छु। अझ पनि तिम्रो मित्रता पाउन म खोज्छु। त्यसैले मैले जितेर मेरो भै सकेको राज्यको आधा तिमिलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने तिम्रोविश्वास थियो। अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना बाराबरीका भएका छौँ। आफुलाई भएको अनादरको पुरा प्रतिकार भइ सक्यो भन्ने ठानी उनले द्रुपदलाई छाडि दियो र स सम्मान गरे ।

द्रुपदको घमण्ड यसरी गिर्‍यो। घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने भएकोले द्रोण उपरको शत्रुता र उनी माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो। राजाले द्रोणलाई मार्ने एउटा छोरा र अर्जुन सँग बिबाह गरी दिन एउटी छोरी बरदान दिन देवताहरूलाई खुसी पार्न यज्ञ, ब्रतहरु गरे । जसको फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी द्रौपदी पाए। उनका प्रयास सफल भए ।

महाभारत युद्ध[सम्पादन गर्नुहोस्]

पितामह भीष्म झै द्रोणाचार्य पाण्डवलाई पाँच गाउँ दिएर भएपनि युद्ध टार्नु पर्ने विचारका पक्षपाती थिए। आखिरमा राजा धृतराष्ट्रको पुत्रमोहको अगाडि उनीहरूको केही लागेन। आचार्य द्रोण कौरवको पक्षबाट लड्ने भए। कुरुक्षेत्रमा द्रुपदको पुत्र धृष्टद्युम्न पाण्डव सेनाको सेनापति भए।

युद्धको दसौं दिनमा भीष्म वाण शैयामा शयन भएपछि आचार्य द्रोण कौरव सेनाका सेनापति भए। पाण्डव प्रति उनको विषेश अनुरागले दुर्त्योधनले उनलाई बारम्बार अपमान गरिरहन्थे। उनले युधिष्ठिरलाई बन्दी बनाउन चक्रव्युहको निर्माण गरे। महभारतको युद्धमा चक्रव्युहलाई भेदन गर्ने जानकारी पाण्डव पक्षमा अर्जुन, कृष्ण, प्रद्युम्न र अभिमन्युलाई मात्र थियो, तर यसको रचनाको अवसरमा त्यहाँ अभिमन्यु मात्र उपस्थित थिए। अभिमन्युले यो ज्ञान आफ्नी आमाको गर्भबाट नै प्राप्त गरेका थिए। तर उनलाई यहाँबाट बाहिर निस्कने तरिका थाह थिएन। अत: जब युद्धमा अभिमन्युले कौरव सेनापति दोर्णाचार्यद्वारा रचित यस व्युहमा प्रवेश गरेर उनले छ वटा द्वारहरू त फोरे तर सातौँ द्वारमा कौरव पक्षका सबै महारथिहरूले धर्म विरूध्द मिलेर उनको वध गरेका थिए।

युद्धको चौधौं दिनमा उनले राजा द्रुपद, बिराट राजाको संहार गरे।

बिरगती[सम्पादन गर्नुहोस्]

युद्धको पन्ध्रौ दिनमा भीमले आवश्थामा नामको एक हात्तिलाई मारे र द्रोणलाई आश्वथामा मारिएको खबर सुनाए। द्रोणले यो कुरा विश्वास गरेनन् र युधिष्ठिरले भने मात्र विश्वास गर्ने बताए। कृष्ण र भीमले युधिष्ठिरलाई यो किरा बताउन दबाब दिए। अन्त्यमा युधिष्ठिरले "मान्छे हो कि हात्ती हो, आष्वस्थामा मारिए" भने। तर युधिष्ठिरले "मान्छे हो कि हात्ती हो!" बोलेको बेलामा भीम र कृष्णले शङ्ख बजाइदिए जसको कारणले द्रोणले "आश्वस्थामा मारिए" मात्र सुने।

पाण्डवले छलपुर्वक द्रोणाचार्यलाई अश्वत्थामाको मृत्युको भएको विश्वास दिलाए। यसबाट निराश भएका द्रोणले हतियार त्यागे र समाधि लिए। यसै अवस्थामा धृष्टद्युम्नले द्रोणको शीर काटेर वध गरे । [२] अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई मार्न सफल भए।[३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "कृपाचार्य तथा द्रोणाचार्यको कथा", हिन्दी वेबसाइट।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named महाभारत-गीताप्रेस गोरखपुर,द्रोणपर्व
  3. http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html