द्रोणाचार्य
द्रोणाचार्य | |
|---|---|
महाभारतको युद्ध | |
| जन्म | द्रोण महाभारत काल |
| मृत्यु | कुरुक्षेत्र |
| मृत्युको कारण | युद्ध मृत्यु |
| वासस्थान | हस्तिनापुर |
| जातीयता | ब्राह्मण |
| पेशा | कुरु वंशका आचार्य |
| कामदार | कुरु वंश |
| चिनारीको कारण | धनुर्विद्या |
| गृहनगर | गुडगाउँ |
| धर्म | हिन्दू |
| जीवनसाथी | कृपि |
| सन्तान | अश्वत्थामा |
| मातापिता | भारद्वाज ऋषि घृतार्ची अप्सरा |
द्रोणाचार्य ऋषि भारद्वाज ऋषि तथा घृताची नामक अप्सराका पुत्र तथा धर्नुविद्यामा निपूर्ण परशुरामका शिष्य थिए।[१] कुरू प्रदेशमा पाण्डुका पाँच पुत्रहरू तथा धृतराष्ट्रका सय पुत्रहरूका गुरु थिए । उनी महाभारत युद्धका समय कौरव पक्षका सेनापति थिए । गुरु द्रोणाचार्यका अन्य शिष्यहरूमा एकलव्यको नाम उल्लेखनीय छ जसले गुरुदक्षिणामा आफ्नो बुढी औँला द्रोणाचार्यलाई दिएको थियो। कौरव र पाण्डवले द्रोणाचार्यका आश्रममा नैं अस्त्र र शस्त्रको शिक्षा पाएका थिए। अर्जुन द्रोणाचार्यका प्रिय शिष्य थिए। ती अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउनु चाहन्थे । महाभारतको कथाका अनुसार द्रोण (दोने)देखि उत्पन्न हुने कारण तिनको नाम द्रोणाचार्य भयो। आफ्नो पिताका आश्रममा नैं रहँदै ती चार वेदहरू तथा अस्त्र-शस्त्रहरूका ज्ञानमा पारङ्गत भए ।
परशुराम सँगको भेट
[सम्पादन गर्नुहोस्]परशुरामले ब्राह्मणहरूलाई धन बाँडिरहेका थिए भन्ने सुनेर पहिले उनीकहाँ गए, तर ढिलो पुगे। पहिले नै सबै धन दिएर परशुराम जङ्गल तिर जान लागेका थिए। परशुरामले द्रोणलाई भने, "मैले मसँग भएको सबै कुरा बाँडिसकेँ । अब म सँग केवल ज्यान र ज्ञान छ । तिमीलाई के चाहिन्छ भन ?" उनले द्रोणलाई शस्र प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए। त्यसै पनि धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै राजाको घरमा गुरु हुने उत्सुकता भयो । उनी सैनिक विद्याको अद्वितीय आचार्य भएका थिए।
सुरुवाती वर्ष
[सम्पादन गर्नुहोस्]द्रोण ब्राह्मण भरद्वाजका पुत्र थिए। बेद बेदाङ्गको अध्ययन सकेपछि उनी धनुर्विद्याको अभ्यासमा लागेर धनुर्विद्याका महान आचार्य भएका थिए । भरद्वाजका साथी पान्चालको राजाका छोरा द्रुपद कुटीमा बस्दा द्रोणको सहपाठी थिए। नौजवान हुँदा उनीहरूको बिचमा घनिष्टता बढेको थियो। जवानिको जोशमा आफू राजा भएपछि आफ्नो आधा राज्य दिन्छु भनि द्रोणलाई द्रुपदले भनेका थिए। पढाई सकिए पछि द्रोणले कृपाचार्यको बहिनी संग बिवाह गरे। उनीहरूको अश्वत्थामा नामको एउटा छोरा जन्मे । छोरा र पत्नी प्रति द्रोणका लागि अति नै प्रिय थिए । एकपटक पत्नी कृपिले उनलाई द्रुपदसँग भनेर आफ्नो छोरालाई दूध खुवाउने भनि गाई माग्न आग्रह गरिन् । उनलाई गाई दिनु त कता हो कता द्रुपदले बेइज्जत गरेर पठाए । यही बेइज्जतको कारण धन सम्पतिको कहिल्यै पर्बाह नगर्नेले उनीहरूको लागि धन आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो।
द्रुपदसँग बैमनस्यता
[सम्पादन गर्नुहोस्]बाबु मरेकाले त्यति बेला नै द्रुपद राजा भएका थिए। पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्नेविश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई विद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथी द्रोण भनि परिचय दिँदा द्रुपद खुसी हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथी भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै वर्षको चिनाजानी सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबी गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरूको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।" द्रुपदको घृणाको कुरा सुनेर मनमा रिसको ज्वाला लिएर दरबारबाट द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबीलाई बेवास्था गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे ।
पाण्डव /कौरवका राजगुरु
[सम्पादन गर्नुहोस्]नोकरीको खोजमा प्रयास गर्न उनी हस्तिनापुरमा जाने भए । त्यहाँ उनले आफ्ना जेठान कृपाचार्यको घरमा केही दिन त्यसै बिताएका थिए । एक दिन हस्तिनापरका राजकुमारहरु शहर बाहिरको नजिक ठाँउमा भकुण्डो खेलिरहेका थिए । खेल्दा खेल्दै भकुण्डो र युधिष्ठिरको औँठी इनारमा खस्यो । राजकुमारहरू सबै इनारको वरिपरि जम्मा भए । स्वच्छ पानीबाट इनार मुनी टलटल टल्कि रहेको औँठी तिनिहरूले देखेका थिए । तर त्यो झिक्नको लागि कुनै पनि साधन पाएनन् । कालो बर्ण भएका एउटा ब्राह्मण मुसुमुसु हाँस्दै नजिकैबाट हेरेर बसेको उनिहरूले होसै गरेनन् । ‘राज कुमारहरू, तिमीहरू बीर भरत बंशका सन्तानहरू हुन् । बल किन झिक्न सकेनौ ? शस्त्र विद्यामा निपूर्ण भएकाहरूलाई कसो गर्ने भन्ने कुरा थाहा हुनु पर्ने हो । मैले झिकिदिऊँ ?” भनि उनले राज कुमारहरूलाई छक्क पारिदिए । युधिष्ठिरले हाँसेर ठट्टा गरी भने – “ओ ब्राह्मण, यदि तिमीले त्यो बल झिकिदियौ भने कृपाचार्यको घरमा तपाईंले राम्रो भोजन गर्न पाएको हामीले हेर्न पाउने छौँ ” । अनि त्यस अपरिचित ब्राह्मण द्रोणले घाँसको एउटा पात टिपी बाणको तीर जस्तै जोडले जाने गर्न शक्तिको वाचा बोलेर त्यस पातलाई जोडसँग इनारमा फाले । त्यो पात जोडसँग गएर भकुण्डोमा टाँसियो । पछिबाट धेरै पातहरू एक पछि अर्को खसाले । ती सबै पातहरु गाँसिएर सिक्रि जस्तो भयो । त्यस घाँसको सिक्रिलाई समातेर भकुण्डोलाई तानेर निकालिदिए । राजकुमारहरू सबै अति खुशी भए र औँठी पनि झिकिदिन अनरोध गरे ।
द्रोणले एउटा धनुष मागे र त्यसमा बाण चढाइ सिघै औँठीमा बाणले हाने । बाणको जोडले गर्दा औँठी उफ्रेर माथि सम्म आए, अनि द्रोणले समातेर त्यस औँठी युधिष्ठिरलाई दिए । त्यो तमाशा देखेर राज कुमारहरूलाई गज्जब लाग्यो र भने –“हामी तपाईंलाई प्रणाम गर्दछौं । तपाईं को हुनुहुन्छ ? तपाईंको लागि हामीले गर्नु पर्ने केही छ कि ?” भनि तिनीहरूले द्रोणलाई ढोग गरे । उनले भने –"राज कुमारहरु, भीष्म कहाँ जाऊ र म को हुँ भन्ने उनीबाट जान्नु । राजकुमारहरूले बताएको बयानबाट भीष्मले जाने कि, उनी अरु कोही हैन द्रोण थिए । पाण्डव र कौरबहरूलाई अरु थप विद्या सिकाउन द्रोण योग्य ब्यक्ति थियो भन्ने कुरा उनलाई निश्चय भयो । भीष्मले उनलाई विशेष सम्मान गरी स्वागत गरे । राजकुमारहरूलाई शस्र विद्या सिकाउन द्रोणलाई नियुक्त गरिदिए ।
द्रुपदसँग बदला
[सम्पादन गर्नुहोस्]कौरबहरु र पाण्डवहरू शस्र विद्यामा पारंगत भए पछि गुरु दक्षिणाको रूपमा द्रोपदलाई बन्धि बनाएर ल्याउनलाई भने। पहिले दुर्योधन र उनका भाइहरूलाई पठाए। गुरुले भने जस्तै कार्य पूरा गर्न उनले अह्राए बमोजिम गए । तर पूरा गर्न सकेनन् । त्यस पछि पाण्डवहरूलाई पठाए । द्रोणले भने जस्तै उनीहरूले द्रुपद र उनका मन्त्रीहरूलाई कैदी बनाएर द्रोणलाई बुझाइ दिए । द्रोणले हाँसिहाँसि द्रुपदलाई संबोधन गरी भने – “बडा राजा नडराऊ, तिमीलाई म केहि गर्ने छैन । केटाकेटीमा हामी संगति थियौं। तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर गरेका थियौ। राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ। अब तिम्रो राज्य जितेर म राजा भएको छु। अझ पनि तिम्रो मित्रता पाउन म खोज्छु। त्यसैले मैले जितेर मेरो भै सकेको राज्यको आधा तिमीलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने तिम्रो विश्वास थियो। अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना बाराबरीका भएका छौं। आफुलाई भएको अनादरको पुरा प्रतिकार भइसक्यो भन्ने ठानी उनले द्रुपदलाई छाडिदिए र ससम्मान गरे ।
द्रुपदको घमण्ड यसरी गिर्यो । घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने भएकोले द्रोण उपरको शत्रुता र उनी माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो। राजाले द्रोणलाई मार्ने एउटा छोरा र अर्जुन सँग बिबाह गरिदिन एउटी छोरी वरदान दिन देवताहरूलाई खुसी पार्न यज्ञ, ब्रतहरू गरे । जसको फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी द्रौपदी पाए। उनका प्रयास सफल भए ।
महाभारत युद्ध
[सम्पादन गर्नुहोस्]पितामह भीष्म झै द्रोणाचार्य पाण्डवलाई पाँच गाउँ दिएर भएपनि युद्ध टार्नु पर्ने विचारका पक्षपाती थिए। आखिरमा राजा धृतराष्ट्रको पुत्रमोहको अगाडि उनीहरूको केही लागेन। आचार्य द्रोण कौरवको पक्षबाट लड्ने भए। कुरुक्षेत्रमा द्रुपदको पुत्र धृष्टद्युम्न पाण्डव सेनाको सेनापति भए । युद्धको दशौं दिनमा भीष्म वाण शैयामा शयन भएपछि आचार्य द्रोण कौरव सेनाका सेनापति भए । पाण्डव प्रति उनको विषेश अनुरागले दुर्योधनले उनलाई बारम्बार अपमान गरिरहन्थे। उनले युधिष्ठिरलाई बन्दी बनाउन चक्रव्युहको निर्माण गरे। महाभारतको युद्धमा चक्रव्युहलाई भेदन गर्ने जानकारी पाण्डव पक्षमा अर्जुन, कृष्ण, प्रद्युम्न र अभिमन्युलाई मात्र थियो, तर यसको रचनाको अवसरमा त्यहाँ अभिमन्यु मात्र उपस्थित थिए। अभिमन्युले यो सम्बन्धी केही ज्ञान आफ्नी आमाको गर्भबाट नै प्राप्त गरेका थिए । तर उनलाई यहाँबाट बाहिर निस्कने तरिका थाहा थिएन। अत: जब युद्धमा अभिमन्युले कौरव सेनापति दोर्णाचार्य द्वारा रचित यस व्युहमा प्रवेश गरेर उनले छ वटा द्वारहरू त फोरे तर सातौँ द्वारमा कौरव पक्षका सबै महारथिहरूले धर्म विरूध्द मिलेर उनको वध गरेका थिए। युद्धको चौधौं दिनमा उनले राजा द्रुपद, बिराट राजाको संहार गरे ।
वीरगती
[सम्पादन गर्नुहोस्]जयद्रथको बधपछि दुर्योधनले यसको दोष द्रोणमाथि लगाए । युद्धको पन्ध्रौ दिनमा त्यसपछि द्रोण पाण्डव सेनाको अगाडि डढेलो जसरी प्रस्तुत भए । द्रोणाचार्यको धनुषबाट बाणहरूको यस्तो वर्षा भइरहेको थियो जसबाट पाण्डव सेनाका असङ्ख्य वीर मुला जस्तै काटिइ-काटिइकन लड्दै जान्थे । जे जति बाँचेका पाण्डव सैनिक थिए, सबै भयभित भए । यो देखेर श्रीकृष्णले अर्जुनलाई भने-"अर्जुन! आज द्रोणलाई परास्त गर्न कसैको शक्तिमा छैन । जबसम्म यिनको हातमा शस्त्रा हुन्छ तबसम्म धार्मिक युद्धा लडेर उनलाई विजय गर्न सकिन्न धर्मका बिरुद्ध चलेर नै केही कुचक्र रचेर नै यिनलाई परास्त गर्नुपर्ला । आज उनी परास्त भएनन् भने हाम्रो सर्वनाश हुनेछ । त्यसकारण कुनै प्रकार द्रोणले अश्वत्थामा मारिए भन्ने समाचार सुने भने उनले शोकमा हतियार फ्याँकीदिनेछन् । यसकारण कसैलाई आचार्य नजिक पठाएर यो समाचार पठाउनु पर्यो कि अश्वत्थामा मारिए । "
भीमले अश्वश्थामा नामको एक हात्तिलाई मारे र द्रोणलाई आश्वथामा मारिएको खबर सुनाए। द्रोणले यो कुरा विश्वास गरेनन् र युधिष्ठिरले भने मात्र विश्वास गर्ने बताए। कृष्ण र भीमले युधिष्ठिरलाई यो किरा बताउन दबाब दिए। अन्त्यमा युधिष्ठिरले "मान्छे हो कि हात्ती हो, अश्वस्थामा मारिए" भने। तर युधिष्ठिरले "मान्छे हो कि हात्ती हो!" बोलेको बेलामा भीम र कृष्णले शङ्ख बजाइदिए जसको कारणले द्रोणले "अश्वस्थामा मारिए" मात्र सुने।
पाण्डवले छलपुर्वक द्रोणाचार्यलाई अश्वत्थामाको मृत्युको भएको विश्वास दिलाए। यसबाट निराश भएका द्रोणले हतियार त्यागे र समाधि लिए। यसै अवस्थामा धृष्टद्युम्नले द्रोणको शीर काटेर उनको वध गरे । [२] अपूर्ब वातावरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई मार्न सफल भए।[३]
विश्लेषण
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "कृपाचार्य तथा द्रोणाचार्यको कथा", हिन्दी वेबसाइट।
|accessyear=प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २०२२-०८-०९ वेब्याक मेसिन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;महाभारत-गीताप्रेस गोरखपुर,द्रोणपर्वनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Chakravarti, Bishnupada (२००७-११-१३), Penguin Companion to the Mahabharata (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 978-93-5214-170-8।
- The Story of Drona - the Teacher of Kauravas and Pandavas
- Supereme Court of India on Dronacharya: http://articles.timesofindia.indiatimes.com/2011-01-06/india/28378711_1_tribals-sc-bench-dronacharya अभिलेखिकरण २२ नोभेम्बर २०१३ वेब्याक मेसिन
