सामग्रीमा जानुहोस्

गणेश चतुर्थी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेश चतुर्थी
गणेशा चतुर्थी, मुम्बई
आधिकारिक नामभगवान गणेश
वैकल्पिक नामबप्पा, मङ्गल मूर्ति, पिल्लायर
अनुयायीहिन्दूहरू
प्रकारधार्मिक, लोक
उत्सवमण्डप, सडक जुलूस, मूर्ति विसर्जन
समापनभिन्न
मितिअगस्ट, सेप्टेम्बर
आवृत्तिवार्षिक

गणेश चतुर्थी हिन्दुहरूको एक प्रमुख उत्सव हो । यो उत्सव भारतको महाराष्ट्र लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशी (अनन्त चौदस) सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।

पुराणानुसार

[सम्पादन गर्नुहोस्]

शिवपुराणमा भाद्रपद महिनालाई कृष्ण पक्षको चतुर्थीको मंगलमूर्ति गणेशको अवतरण-तिथि भनिएको छ । जबकि गणेशपुराणका मतानुशार यो गणेशावतार भाद्रपद शुक्ल चतुर्थीमा भएको थियो ।

शिव पुराण अन्तर्गतको रुद्रसंहिताको चतुर्थ (कुमार) खण्डमा यो वर्णन छ कि माता पार्वतीले स्नान गर्नु भन्दा पहिले आफ्नो शरीरको मयल निकालेर एक बालक उत्पन्न गरेर उसलाई आफ्नो द्वारपाल बनाइन् । शिवजीले प्रवेश गर्न लाग्दा बालकले उनलाई रोके । यसमा शिवगणहरूले बालकसँग भयंकर युद्ध गरे तर संग्राममा उसलाई कसैले पनि पराजित गर्न सकेनन् । अन्ततोगत्वा भगवान शंकरले क्रोधित भएर आफ्नो त्रिशूलले उन बालकको टाउको काटी दिए । यसले पार्वती क्रुद्ध भइन् र प्रलय गर्ने विचार गरिन् । भयभीत देवताहरूले देवर्षि नारदको सल्लाहमा जगदम्बाको स्तुति गरेर उनलाई शान्त गरे । शिवजीको निर्देशमा विष्णुजीले उत्तर दिशामा सबै भन्दा पहिले भेटिएको जीव (हात्ती)को टाउको काटेर ल्याए । मृत्युंजय रुद्रले गजको उस मस्तकलाई बालकको शरिरमा जोडेर उसलाई पुनर्जीवित गरे । माता पार्वतीले हर्षिताका साथ उन गजमुख बालकलाई आफ्नो हृदयमा लगाइन् र देवताहरूमा अग्रणी भएको आशीर्वाद दिइन् । ब्रह्मा, विष्णु, महेशले उन बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिए । भगवान शंकरले बालकलाई भने-गिरिजानन्दन! विघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरि हुनेछ । तिमी सबैको पूज्य बनेर मेरो समस्त गणहरूको अध्यक्ष हुने छौ । गणेश्वर! तिमी भाद्रपद महिनाको कृष्णपक्षको चतुर्थीको चंद्रमाको उदित भए पछि उत्पन्न भएका छौ । यस तिथिमा व्रत गर्नेको सबै विघ्नहरूको नाश हुनेछ र उसलाई सबै सिद्धिहरू प्राप्त हुनेछन् । कृष्णपक्षको चतुर्थीको रात्रिमा चंद्रोदयको समय तिम्रो पूजा गरे पश्चात् व्रती चन्द्रमाको अ‌र्घ्य दिएर ब्राह्मणलाई मिष्ठान खुवाओस् । तदोपरान्त आफू पनि मीठाइ भोजन गरोस् । वर्षपर्यन्त श्रीगणेश चतुर्थीको व्रत गर्नेको मनोकामना अवश्य पूर्ण हुन्छ ।

उत्सवमा एक गणेश प्रतिमा विसर्जनको लागि लैजाँदा खेरि।

एक पल्ट महादेवजी पार्वती सहित नर्मदाको तटमा गए । वहाँ एक सुन्दर स्थानमा पार्वती जीले महादेवजी सँग खेल्ने इच्छा व्यक्त गरिन् । तब शिवजीले भने- हाम्रो हार-जीतको साक्षी को हुनेछ? पार्वतीले तत्काल वहाँ घासका तेन्द्राहरू बटुलेर एक पुतला बनाइन् र उसमा प्राण-प्रतिष्ठा गरेर उसलाई भनिन्- बाबु! हामी दुई जना खेल्न चाहन्छौं, किन्तु यहाँ हार-जीतको साक्षी कोही छैन । अतः खेलको अन्तमा तिमी हाम्रो हार-जीतको साक्षी भएर भन्नु कि हामीमा कसले जीत्यो, को हार्‍यो ?

खेल आरम्भ भयो । दैवसंयोग तिनै पल्ट पार्वती जी ले नै जीतीन् । जब अन्तमा बालक देखि हार-जीतको निर्णय गराइयो त उनले महादेवजीको विजय भने । परिणामतः पार्वती जी ले क्रुद्ध भएर उसलाई एक खुट्टाको लङ्गडो हुने र वहाँको हिलोमा परिरहने र दुःख भोग्ने श्राप दिइन् ।

बालकले विनम्रता पूर्वक भने- आमा! मेरो अज्ञानवश यस्तो भएको छ । मैले कुनै कुटिलता या द्वेषको कारण यस्तो गरेन । मलाई क्षमा गर्नुहोस् तथा श्राप देखि मुक्तिको उपाय बताउनुहोस् । तब ममतारूपी आमाको मनमा दया आयो र उनले भनिन् - यहाँ नाग-कन्याहरू गणेश-पूजन गर्न आउने छन् । उनको उपदेश देखि तिमी गणेश व्रत गरेर मलाई प्राप्त गर्ने छौ । यति भनेर उनी कैलाश पर्वत गईन् ।

एक वर्ष पछि वहाँ श्रावणमा नाग-कन्याहरू गणेश पूजनको लागि आईन् । नाग-कन्याहरूले गणेश व्रत गरेर उस बालकलाई पनि व्रतको विधि बताए । तत्पश्चात बालकले १२ दिन सम्म श्रीगणेशजीको व्रत गर्यो । तब गणेशजीले उसलाई दर्शन दिएर भने- म तिम्रो व्रत देखि प्रसन्न छु । मनो वांछित वर माँग । बालकले भन्यो - भगवान! मेरो खुट्टामा यति शक्ति देउ कि म कैलाश पर्वतमा आफ्नो माता-पिता नजीकै पुग्न सकुँ र उनी ममा प्रसन्न होउन् ।

गणेशजी 'तथास्तु' भनेर अंतर्धान भए । बालक भगवान शिवको चरणहरूमा पुग्यो । शिवजीले उसलाई वहाँ सम्म पुग्ने साधनको बारेमा सोधे ।

तब बालकले सारा कथा शिवजीलाई सुनायो । उता त्यसै दिन देखि अप्रसन्न भएर पार्वती शिवजी देखि पनि विमुख भएकी थिइन् । तदुपरांत भगवान शंकरले पनि बालकको तरिका २१ दिन पर्यन्त श्रीगणेशको व्रत गरे, जसको प्रभावले पार्वतीको मनमा स्वयं महादेवजी देखि मिलनको इच्छा जाग्रत भयो।

शीघ्र नै कैलाश पर्वतमा आइन् । वहाँ पुगेर पार्वतीजीले शिवजीलाई सोधिन् - भगवान! तपाईँले यस्तो कुन उपाय गर्नुभयो जसको फलस्वरूप म तपाईँको नजिकदौडेर आएँ । शिवजीले 'गणेश व्रत'को इतिहास उनलाई भने ।

तब पार्वतीजीले आफ्नो पुत्र कार्तिकेयसँग भेट्ने इच्छाले २१ दिन पर्यन्त २१-२१ को संख्यामा दूबो, पुष्प तथा लड्डुहरूले गणेशजीको पूजन गरिन् । एक्काइसौं दिन कार्तिकेय स्वयं नै पार्वतीजीसँग आएर मिले । उनले पनि आमाको मुख देखि यस व्रतको माहात्म्य सुनेर व्रत गरे ।

कार्तिकेयले यही व्रत विश्वामित्रजीलाई भने । विश्वामित्रजीले व्रत गरेर गणेशजीसँग जन्मले मुक्त भएर 'ब्रह्म-ऋषि' हुने वर माँगे । गणेशजीले उनको मनोकामना पूर्ण गरे । यस्तो हो श्री गणेशजी, जुन सबैको कामनाएँ पूर्ण गर्छन् ।

एक पल्ट महादेवजी स्नान गर्नको लागि भोगावती गए । उनी गएको पश्चात पार्वतीले आफ्नो शरिरको मैल निकालेर एक पुतला बनाइन् र उनको नाम 'गणेश' राखिन् । पार्वतीले उनलाई भनिन् - हे पुत्र! तिमी एक मुगदल (गदा) लिएर ढोकामा बस । म भित्र गएर स्नान गर्छु जब सम्म म स्नान न गरुँ, तब सम्म तिमी कुनै पनि पुरुषलाई भित्र आउन नदिनु ।

भोगावतीमा स्नान गरेर जब भगवान शिवजी आए तब गणेशजीले उनलाई द्वारमा रोके यसलाई शिवजीले आफ्नो अपमान बुझे र क्रोधित भएर उनको टाउको शरिरबाट छुटुटाएर भित्र गए । पार्वतीले उनलाई बेखुस देखेर सोचिन् कि भोजनमा विलम्ब भएको कारण महादेवजी बेखुश छन् । यसैले उनले तत्काल दुइ थालहरूमा भोजन पस्किएर शिवजीलाई बोलाइन् ।

तब दोश्रो थाल देखेर तनिक आश्चर्यचकित भएर शिवजीले सोधे- यो दोश्रो थाल कसको लागि हो ? पार्वती जीले भनिन्- पुत्र गणेशको लागि हो, जुन बाहिर द्वारमा पहरा दिइरहेको छ ।

यो सुनेर शिवजी बढी आश्चर्यचकित भए । तपाइँको पुत्र पहरा दिइ रहेको छ ? हाँ नाथ! के तपाईँले उसलाई देख्नु भएन ? देखेको त थिएँ, उसले मलाई रोकेपछि उसलाई कुनै उद्दण्ड बालक बुझेर मैले उसको टाउको काटी दिएँ । यो सुनेर पार्वती जी धेरै दुःखी भइन् । उनी विलाप गर्न लागिन् । तब पार्वती जीलाई प्रसन्न गर्नको लागि भगवान शिवले एक हात्तीको टाउको काटेर बालकको शरिरमा जोडी दिए । पार्वती जी यस प्रकार पुत्र गणेशलाई पाएर धेरै प्रसन्न भइन् । उनले पति तथा पुत्रलाई प्रीतिपूर्वक भोजन गराएर त्यस पछि स्वयं भोजन गरिन् ।

यो घटना भाद्रपद शुक्ल चतुर्थीको भएको थियो । यसैको लागि यो तिथि पुण्य पर्वको रूपमा मनाईन्छ ।

थाइलैंडमा गणेश प्रतिमा

भाद्रपद-कृष्ण-चतुर्थी देखि प्रारंभ गरेर प्रत्येक महिनाको कृष्णपक्षको चंद्रोदयव्यापिनीचतुर्थीको दिन व्रत गर्दा खेरि विघ्नेश्वरगणेश प्रसन्न भएर समस्त विघ्न र संकट टाढा गरेर दिछन।

चंद्र दर्शन दोषले बचाव

[सम्पादन गर्नुहोस्]

प्रत्येक शुक्ल पक्ष चतुर्थीको चन्द्रदर्शनको पश्चात्‌ व्रतीको आहार लेनेको निर्देश छ, यसको पूर्व हैन। तर भाद्रपद शुक्ल पक्षको चतुर्थीको रात्रिमा चन्द्र-दर्शन (चन्द्रमा देखने को) निषिद्ध गरिएको छ।

जो व्यक्ति यस रात्रिको चन्द्रमा लाई हेर्छन् उनलाई झूठा-कलंक प्राप्त हुन्छ। यस्तो शास्त्रहरूको निर्देश छ। यो अनुभूत पनि छ। यस गणेश चतुर्थीको चन्द्र-दर्शन गर्ने व्यक्तिहरू लाई उक्त परिणाम अनुभूत हुए, यसमा संशय छैन। यदि जाने-अनजानेमा चन्द्रमा दिख पनि जाए त निम्न मन्त्रको पाठ अवश्य गरेर लेना चाहिए-

'सिहः प्रसेनम्‌ अवधीत्‌, सिंहहरू जाम्बवता हतः।

सुकुमारकमा रोदीस्तव ह्येष स्वमन्तकः॥'

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]