तनहुँ जिल्ला
तनहुँ जिल्ला | |
---|---|
निर्देशाङ्क: २७°५५′उ॰ ८४°१५′पू॰ / २७.९१७°N ८४.२५०°Eनिर्देशाङ्कहरू: २७°५५′उ॰ ८४°१५′पू॰ / २७.९१७°N ८४.२५०°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
सदरमुकाम | दमौली |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, तनहुँ |
क्षेत्रफल | |
• जम्मा | १५४६ किमी२ (५९७ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ३२७६२० |
• घनत्व | २१०/किमी२ (५५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। दमौली बजार यसको सदरमुकाम हो।[१] नेपालको साबिकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी प्रदेशको दक्षिण पूर्वमा अवस्थित तनहुँ जिल्ला मुलत: महाभारत श्रृङखला र मध्य पहाडी भु-भागमा पर्ने विकासोन्मुख जिल्ला हो।[१]
नामाकरण
[सम्पादन गर्नुहोस्]तनहुँको नामाकरण विषयमा विभिन्न विद्वानहरूले फरक-फरक मत पेश गरेका छन्। यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँसुर वरपरका ३ वटा चुचुराहरू जहाबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो सोहि ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहु हनु गएको हो। "वासुदेव रसानन्द" संस्कृत ग्रन्थमा तनहुको तात्पर्य "त्रितङ्गु राजधन्यो" भनेर लखेको पनि पाइन्छ। यस भेगका प्रमुख स्थानको नाउँको पछाडि "हुँ" ("काहुँ, मान्हुँ आदि) भनिने गरेकोले "तनङ्ग"मा "हुँ" थपिएर "तर्नङ्गहु" हुँदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो देखिन्छ। प्राचीन समयमा तनहुँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रंश भएर पछि तनहुँ रहनुका साथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दमौली माथिको मानङ्गु डाडँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठुलो भएका (महाहनु) श्रृषिले तपस्या गरको हुनाले आज यस रूपमा तनहुँ र मानहुँ नाम बन्न/रहन गएको भन्ने पनि किंबदन्ती छ।[१] अरु पनि मान्यताहरू छन्। मगर भाषामा काहूँ (काट हूँक) एकबाँस, मान्हूँ (मानी न्हूँ) मानीढुङ्गा र तनहूँ (टान न्हूँ) तानढुङ्गाबाट नामाकरण भएको हो। किनभने त्यस वरपर सबै स्थानका नाम पद मगर भाषासंग नजिक छन्। कलेस्ती, रम्घा, चु्दी, ब्यासडी, बुलडी, माँडी, छाप्डी, गुणाडी, खुँदी, कुन्हूँ आदि।
इतिहास
[सम्पादन गर्नुहोस्]तनहँ जिल्लाको इतिहास हेर्दा यो जिल्ला केवल एउटा जिल्लाको नाम मात्र रहको पाइदैन। नेपाल एकीकरण हुनु पूर्व चौविसे राज्यहरू मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान तनहुँ र चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तर्गत रामनगर तथा वेतियाको भू-भागसम्म फैलिएको थियो। वि.स १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्द सेनका वंशज ९ जना सेनवंशी राजाहरू द्वारा शासित तनहुँ राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो।[२]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०६८ अनुसार तनहुँ जिल्लाको कूल जनसङ्ख्या ३,२३,२८८ जना मध्ये पुरुष १,४३,४१० जना र महिला १,७९,८७८ रहेका छन्।[३][४] जनघनत्व २०९ प्रति कि.मि छ भने ग्रामिण जनसङ्ख्या १,८७,८८२ रहेको छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा १० स्थानीय तहहरू छन्, जसमध्ये ४ नगरपालिका र ६ गाउँपालिका छन्।
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
भानु नगरपालिका | १३ | फुस्रेटार | २३,६१६ |
भिमाद नगरपालिका | ९ | भिमाद | २९,२४८ |
व्यास नगरपालिका | १४ | दमौली | ७०,३३५ |
शुक्लगण्डकी नगरपालिका | १२ | दुलेगौंडा | ४५,४५६ |
आँबुखैरेनी गाउँपालिका | ६ | आँबुखैरेनी | २०,७६८ |
देवघाट गाउँपालिका | ५ | देवघाट | १६,१३१ |
बन्दिपुर गाउँपालिका | ६ | बन्दिपुर | २०,०१३ |
ऋषिङ्ग गाउँपालिका | ८ | कोटदरबार | २५,८७० |
घिरिङ गाउँपालिका | ५ | पाेखरीछाप | १९,३१८ |
म्याग्दे गाउँपालिका | ७ | छाङ्ग | २२,५०२ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "जिल्ला विकास समिति, तनहुँ (तनहुँ जिल्लाको पार्श्वचित्र)", जिल्ला विकास समिति, तनहुँ, नेपाल सरकार।
- ↑ जिल्ला विकास समितिको कार्यालय, तनहुँ आ.व २०७३/०७४ प्रकाशन
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
- ↑ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html।