सापकोटा
स्वरूप
गोत्र भन्नाले, आदि पुरुष, वंश सञ्चालक व्यक्ति, खलक, कुल, सन्तान भन्ने बुझिन्छ । यजुर्वेदिक कालबाट ऋषिमुनिहरुले गोत्रको सुरूवात गरेको देखिन्छ । संस्कृत नेपाली शब्दकोष अनुसार वंशविस्तार गर्ने महर्षिहरु गौतम, विश्वामित्र, जमदग्नि, भारद्धाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ । वशिष्ठ ऋषिकै कुलमा जन्मेका कौडिन्य ऋषिले आफ्नै नामबाट कौडिण्य गोत्रको आरम्भ गरे । कौडिन्य ऋषि गोत्र प्रवर्तक हुन् । कौडिण्य गोत्रका कौडिण्य, वशिष्ठ र मैत्रावरुण गरी तिन प्रवर छन्, यसरि कौडिण्य त्रिप्रवर हुन् ।
द्वापर युगी, महर्षि कौडिन्य कुलमा धेरैकाल अर्थात् कम्तीमा चार हजार वर्षपछि भट्ट उपाधि प्राप्त ब्राह्मण वंश देखियो । नैमिषारण्य क्षेत्रका सच्चिदानन्द र सदानन्द नाम गरेका यी भट्ट ब्राह्मणले सिञ्जाली राजा रणकेशरबाट आचार्य उपाधि प्राप्त गरे । सदानन्द आचार्यबाट जन्मेका ५ विद्वान् छोराहरुमध्ये राम आचार्यका साँहिला छोरा नरहरिले अछामको सापिखोला गाउँ बिर्ता पाए, यिनका सन्तानले पछी रुकुमको सर्पकोट (सापकोट) हुदैँ बाग्लुङको ज्यामरुककोटमा आई बसेपछि सापकोटा थर लेख्न थालेको पाईयो । यसरि नरहरि सापकोटा नै सापकोटाका आदि पुरुष भएको सबैतिरबाट पुष्टि भएको छ । नरहरि सापकोटा को मुल हाँगा अहिले पर्वतको रुग्दि मा रहेको कुरा पुस्टि भएको छ
संख्या
[सम्पादन गर्नुहोस्]सापकोटाले मान्ने विशेष पर्वहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]