सामग्रीमा जानुहोस्

दाङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दाङबाट अनुप्रेषित)
दाङ जिल्ला
दाङ जिल्लाको रहेको विश्वको सबैभन्दा ठूलो त्रिशुल
दाङ जिल्लाको रहेको विश्वको सबैभन्दा ठूलो त्रिशुल
लुम्बिनी प्रदेशमा दाङको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा दाङको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामघोराही उपमहानगरपालिका
क्षेत्रफल
 • जम्मा२९५५ किमी (११४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६७६ २७७
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

दाङ जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो। दाङ उपत्यका एशियाकै पहिलो ठुलो र विश्वको दोस्रो ठुलो उपत्यका हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँचीकपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँकेसुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ। यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन्।

हापुर रतनपुर बगिया निवासी श्री टेकनाथ गौतमका अनुसार दाङ देउखुरी जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका र पानी ढली बुझिन्छ। पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहि– लो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो।

अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरूका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो। बिक्रमको चौधौँ शताब्दीको आखिरतिर यो जुम्लाको अधिनमा थियो। वि.सं.१४८० तिर सवारी कोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए।

केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे। रतननाथले छाड्दा दाङ राज्यको विसतार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसिपुर भनिने इलाकामा पनि थियो। नेपालको एकिकरणका बेला सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे।

पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङ देउखुरीको रक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे। गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए। वि. सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ देउखुरी पनि नेपालमा मिल्यो। वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ देउखुरी खण्डीत भयो।

फलावाङ राज्य वि.स. २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङ देउखुरीमा मिलेपछि दाङ देउखुरी आजको अवस्थामा आयो।[]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा २ उपमहानगरपालिका र १ नगरपालिका र ७ गाउँपालिका गरि १० वटा स्थानीय तहहरू रहेका छन्।[]

दाङ जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
घोराही उपमहानगरपालिका रामपुर, लक्ष्मीपुर, धर्ना, सौडियार, सैघानारायणपुर, हापुरढिकपुर १९ घोराही २,००,५३० ५२२.२१ ३८०
तुलसीपुर उपमहानगरपालिका उरहरी, टरिगाउँ, हलवार, मानपुर, बिजौरी, डुरुवा, फुलबारीपवननगर १९ तुलसीपुर १,७९,७५५ ३८४.६३ ४७०
लमही नगरपालिका चौलाही, सोनपुरसतबरिया चौलाही ५९,०५० ३२६.६६ १८०
गढवा गाउँपालिका गढवा, कोइलाबास, गङ्गापरस्पुरगोबरडिहा गढवा ४५,८९८ ३५८.५७ १३०
राजपुर गाउँपालिका राजपुरबेला राजपुर २८,३४६ ५७७.३३ ४९
शान्तिनगर गाउँपालिका बाघमारे, शान्तिनगरधनौरी शान्तिनगर २७,६४१ ११६.०२ २४०
बङ्गलाचुली गाउँपालिका स्युजा, काभ्रे, लोहारपानीहाँसीपुर (३-९) काभ्रे २२,३७३ २४५.१४ ९१
दङ्गीशरण गाउँपालिका हेकुली, गोल्टाकुरीश्रीगाउँ हेकुली २३,६६८ ११०.०७ २२०
बबई गाउँपालिका पञ्चकुलेपुरन्धारा हापुरे ३०,९६८ २५७.४८ १२०
१० राप्ती गाउँपालिका सिसहनिया, लालमटियाहाँसीपुर (१ र २) लालमटिया ५२,१२३ १६१.०७ ३२०
दाङ जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जिल्ला वस्तुगत विवरण, दाङ - २०६२", शाखा तथ्याङ्क कार्यालय, दाङ, अन्तिम पहुँच चैत्र २७, २०६७ [स्थायी मृत कडी]
  2. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२