बर्दिया जिल्ला
स्वरूप
बर्दिया जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | गुलरिया नगरपालिका |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, बर्दिया |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ४६०८३१ |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली भाषा |
बर्दिया नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।[१]
नामाकरण
[सम्पादन गर्नुहोस्]यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्ये केही यस प्रकार छन -
- स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ। ऐश्वर्य र समृद्धिका प्रतिकका रूपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।
- पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँमा हरिहर राजाको दरबार थियो। बारबर्दियामा खेतिको लागि उन्नत जमीन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ।
- थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ। वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरू धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये ६ नगरपालिका र २ गाउँपालिका छन्।
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
गुलरिया नगरपालिका | १२ | गुलरिया | ६६,६७९ |
राजापुर नगरपालिका | १० | राजापुर | ६९,८७३ |
मधुवन नगरपालिका | ९ | मधुवन | २६,४३१ |
ठाकुरबाबा नगरपालिका | ९ | सैनवार | ५७,२०५ |
बाँसगढी नगरपालिका | ९ | बाँसगढी | ५५,८७५ |
बारबर्दिया नगरपालिका | ११ | जयनगर | ६८,०१२ |
बढैयाताल गाउँपालिका | ९ | मैनापाेखर | ५२,०५६ |
गेरुवा गाउँपालिका | ६ | पथरैया | ४०,६५४ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "बर्दिया जिल्लाको संक्षिप्त परिचय : बर्दिया जि.स.स", बर्दिया जिल्ला, अन्तिम पहुँच २०२३-०६-२८। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-२६ मिति