गोरु जुधाइ मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोरु जुधाइ मेला
मितिमाघे संक्रान्ति
नुवाकोटमा बिसं २०६९मा आयोजित गोरु जुधाइ मेला
नुवाकोटमा बिसं २०६९मा आयोजित गोरु जुधाइ मेला
नुवाकोटमा बिसं २०६९मा आयोजित गोरु जुधाइ मेला

गोरु जुधाइ मेला नेपालको नुवाकोट जिल्लाको तारुका गाविसको चन्दनी पाटा तथा बेत्रावतीमा आयोजना गरिने प्रतिस्पर्धात्मक मेला हो । हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा भव्य रूपमा गोरु जुधाइ मेला आयोजना हुने गर्छ । ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो । मनोरञ्जनको हिसावले मनाइने गोरु जुधाइ मेलालाई व्यवस्थित गर्न गोरुजात्रा मेला व्यवस्थापन समितिको गठन गरिएको छ ।गोरु जुधाइ आयोजना गर्न मैदानको गाविस, जिविस र स्थानीयवासीको सहयोगमा साढे १० लाखमा गोरु जुधाउने मैदानको समेत व्यवस्था गरिएको छ। तारुकाको ऐतिहासिक परम्परा जोडिएको यस मेलामा दर्शकहरूको थप सुविधाको लागि गोरु दर्ता, बिचबिचमा सांस्कृतिक चेतनामूलक कार्यक्रम विजयी गोरु धनीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । [१]

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । सिंह विसं १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्बसाधारण आउने गर्दछन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]