सुनसरी जिल्ला
सुनसरी जिल्ला |
---|
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतया: थारू, मुसहर, लिम्बू , राइ, याक्खा, बाहुन, क्षेत्री, सतार आदि जनजातिको बसोबास पाइन्छ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]यस जिल्लाको नामाकरण भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरसिंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ।
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]- अक्षांशः २६० २३" उत्तरदेखि २६० ५५" उत्तरसम्म
- देशान्तरः-८७० ५" पूर्वदेखि ८७० १६" पूर्वसम्म।
- सिमाना: पूर्व मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्ला र उदयपुर जिल्ला (कोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार),र दक्षिण भारतको विहार राज्य पर्दछ।
- क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
- औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
- औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
- भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
- स्थानीय निकायः जिल्लामा ४९ वटा गाविस तथा ६ वटा नगरपालिका पर्दछ।
सुनसरी जिल्ला महाभारत पर्वत शृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।
प्रमुख नदी ताल तलैयाहरू
[सम्पादन गर्नुहोस्]यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन्।
प्रमुख धार्मिक क्षेत्र
[सम्पादन गर्नुहोस्]बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चतारा धाम आदी।
पर्यटकीय क्षेत्र
[सम्पादन गर्नुहोस्]चिमडी दह, भेडेटार, ठिंगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ट विज्ञान केन्द्र,तालतलैया।
व्यापारिक महत्त्वका स्थानहरू
[सम्पादन गर्नुहोस्]जिल्लाको प्रमुख व्यापारिक महत्त्वका स्थानहरूमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरूवा, दुहवी, खनार झुम्का महेन्द्रनगर हरिनगरा आदि रहेका छन्। प्रमुख रूपमा दैनिक तथा साप्ताहिक, हाट बजार लाग्ने स्थानहरू निम्नानुसार छन्:
सि.नं. | बजार लाग्ने स्थान | बजार लाग्ने दिन | कैफियत |
---|---|---|---|
१ | अमडुवा | दैनिक | |
२ | औरावनी | शुक्रवार, शनिवार | |
३ | भोक्राहा | मंगलवार, शनिवार | |
४ | भरौल | मंगलवार, बुधवार, विहिवार, शनिवार | |
५ | बराहक्षेत्र | विहिवार | |
६ | भादगाउँ सिनुवारी | बुधवार, शनिवार | |
७ | चादवेला | आइतवार, शनिवार | |
८ | चिमडी | आइतवार, मंगलवार, वुधवार, शनिवार | |
९ | छिटाहा | सोमवार, विहिवार | |
१० | दुहवी | मंलवार, शुक्रवार | |
११ | देवानगंज | दैनिक | |
१२ | डुम्राहा | बुधवार, शनिवार | |
१३ | एकम्वा | विहिवार | |
१४ | घुस्की | घुस्की दैनिक | |
१५ | हरिपुर | शनिवार | |
१६ | इटहरी | बुधवार, आइतवार | |
१७ | हरिनगरा | सोमवार, शुक्रवार | |
१८ | हाँसपोसा | सोमवार, विहिवार | |
१९ | बकलौरी | आइतवार, बिहिवार | |
२० | इनरुवा | सोमवार, विहिवार | |
२१ | मधुवन | आइतवार | |
२२ | लौकही | मंगलवार, शुक्रवार | |
२३ | प्रकाशपुर | शनिवार | |
२४ | सिमरिया | बुधवार | |
२५ | खनार | सोमबार, शनिबार | |
२६ | महेन्द्रनगर | बुधवार, आइतवार, शनिवार |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- केन्द्रीय तथ्याङ्क विभाग