पोर्टल:नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्पादन गर्ने  हेर्ने  

तपाईलाई नेपालको पोर्टलमा स्वागत छ

नेपालको झण्डा
नेपालको झण्डा
नेपालको नक्सा

नेपाल, आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख शहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुरभक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख शहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढीमहेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनैतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य, संबिधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।

सुगौली सन्धिले सीमारेखामा ल्याएको अन्तर
सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनीनेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्रचन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।

सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।

सम्पादन गर्ने  हेर्ने  

प्रमुख जीवनी

नेपालका राष्ट्रिय विभूति भीमसेन थापा
भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाईद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।
विकिसमाचार पढ्नुहोस् र सम्पादन गर्नुहोस्
थप तथ्यहरू
सम्पादन गर्ने  हेर्ने  

प्रमुख चित्र

मानव निर्मित नेपालको सबैभन्दा ठूलो झण्डा
मानव निर्मित नेपालको सबैभन्दा ठूलो झण्डा
श्रेय: देबेन डट कम

मानव निर्मित विश्वको सबैभन्दा ठूलो झण्डा बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डामा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेल नै झण्डा जस्तो देखिएको थियो । यसभन्दा पहिले पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ द वर्ल्ड रेकर्डसमा आफ्नो नाम लेखाएको थियो । पाकिस्तानको सो रेकर्डलाई तोड्दै राष्ट्रको नाम उँचो गराउन काठमाडौं टुँडीखेलमा भाद्र ७ गते यस अभियानलाई संचालन गर्ने शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाइएको हो ।

सम्पादन गर्ने  हेर्ने  

के तपाईलाई थाहा छ?...

चित्र क्याप्शन पाठ यहाँ

  • ...दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो ।
  • ...सगरमाथा (चित्रमा सगरमाथा) मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हुन् ।
  • ...विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ ।
  • ...रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।
  • ...खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
  • ...स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो ।
  • सम्पादन गर्ने  हेर्ने  

    सम्बन्धित पोर्टलहरू

    नेपाल श्रेणीहरू
    नेपाल श्रेणीहरू
    सम्पादन गर्ने  हेर्ने  

    विकिपरियोजना

    WikiProjects
    मुख्य परियोजना
    सन्तती परियोजनाहरू
    सम्बन्धित परियोजनाहरू
    सम्पादन गर्ने  हेर्ने  

    सम्बद्ध विकिमीडिया


    नेपाल  विकिपुस्तक  नेपाल कमन्स नेपाल  विकिसमाचार  नेपाल  कथन  नेपाल  विकिस्रोत  नेपाल  विकिभर्सिटी  नेपाल  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश