काठमाडौँ जिल्ला
काठमाडौँ जिल्ला Kathmandu | |
---|---|
देश | नेपाल |
प्रदेश | मध्यमाञ्चल विकास क्षेत्र |
अवस्थिति | पहाड |
नगरपालिका | १ महानगरपालिका सँगै १० नगरपालिका |
सदरमुकाम | काठमाडौँ |
क्षेत्रफल | |
• जम्मा | ३९५ किमी२ (१५३ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,७४४,२४० |
• घनत्व | ४४००/किमी२ (११०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
मुख्य भाषाहरू | |
वेबसाइट | आधिकारिक वेबसाइट |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
काठमाडौँ जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चोक, पश्चिममा धादिङ र नुवाकोट, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला पर्दछन् ।
यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाहरूसँग, पूर्वमा कात्तिके खोला, मनोहरा खोला र बागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग, पश्चिममा कोलफु खोला, नागार्जुन डाँडा, दहचोक, चन्द्रागिरी पहाड आदिले नुवाकोट, धादिङ र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेवटारका डाँडा, रातेमाटे खोलाले मकवानपुर जिल्लासँग छुट्याएको छ ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]काठमाडौँको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छविकालको पूर्वार्धतिरसम्म यस भूमिको नाम काठमाडौँ रहेको थिएन भन्न सकिन्छ । त्यसताकासम्म नेपाल उपत्यका पशुपति क्षेत्र, मन्जुपतन आदि नाम रहेको अड्कल लगाइएको पाइन्छ ।
- वि.सं. १०४३ तिर प्रसिद्ध लिच्छवी राजा गुणकामदेवले यस क्षेत्रमा यो सहर विकास गरेपछि यहाँको नाम काष्ठमण्डप रहन आएको हो ।
- अर्को भनाई अनुसार वि.सं. १२०० तिर काठमाण्डौं शहरको दक्षिण पश्चिम भागमा एउटा ठूलो रुखवाट काठैकाठको सत्तल बनेको हुँदा काष्ठमण्डप भनिन थाल्यो । संस्कृत शब्द काष्ठमण्डपको नेपाली रूपान्तर काठमाडौँ भएकोले पछि यस क्षेत्रलाई काठमाडौँ भनिन थालियो तर मल्लकालमा यसलाई कान्तिपुर पनि भनिन्थ्यो ।
यसरी संक्षेपमा यो क्षेत्रको नाम विभिन्न समयमा विभिन्न रूपले बदलिँदै काठमाण्डौं हुन आएको हो भन्न सकिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो ।
गोपाल तथा महिषपाल वंश
[सम्पादन गर्नुहोस्]किरांत काल
[सम्पादन गर्नुहोस्]लिच्छिवि काल
[सम्पादन गर्नुहोस्]ठकुरी काल
[सम्पादन गर्नुहोस्]मल्ल काल
[सम्पादन गर्नुहोस्]४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना भएको थियो ।
शाह काल
[सम्पादन गर्नुहोस्]राणा काल
[सम्पादन गर्नुहोस्]प्रथम प्रजातन्त्रकाल
[सम्पादन गर्नुहोस्]पंचायत काल
[सम्पादन गर्नुहोस्]द्वितीय प्रजातन्त्रकाल
[सम्पादन गर्नुहोस्]काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरियो ।
शाही घोषणा पश्चात
[सम्पादन गर्नुहोस्]भूगोल
[सम्पादन गर्नुहोस्]काठमाडौँ पहाडी भूभागमा पर्ने जिल्ला हो ।
माटो
[सम्पादन गर्नुहोस्]यस जिल्लाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ ।
नदी
[सम्पादन गर्नुहोस्]यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा धेरै साना खोलाहरू बग्दछन् ।
वर्षा
[सम्पादन गर्नुहोस्]मनसुन ऋतुमा बङ्गालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ । शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ ।
तापक्रम
[सम्पादन गर्नुहोस्]शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म ।
नेवार
महत्त्वपूर्ण स्थलहरू
[सम्पादन गर्नुहोस्]केही महत्त्वपूर्ण ठाउँहरू यस प्रकार छन्
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
- स्वयम्भूनाथ मन्दिर
- हनुमानढोका दरवार परिसर
- श्री पशुपतिनाथको मन्दिर
- कीर्तिपुर
- बौध्दनाथ स्तुप
- बुढानीलकण्ठ
- सिंहदरबार
- काठमाडौँ भित्री सहर
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- [१] वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति