सल्यान जिल्ला
सल्यान जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
सदरमुकाम | शारदा नगरपालिका |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, सल्यान |
क्षेत्रफल | |
• जम्मा | १,४६२ किमी२ (५६४ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | २४१७१६ |
• घनत्व | १७०/किमी२ (४३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
वेबसाइट | आधिकारिक वेबसाइट |
सल्यान जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। सन् २००१ मा २,१३,५०० र २०११ मा २,४१,७१६ जनसङ्ख्या भएको सल्यानले १,४६२ किमी२ (५६४ वर्ग माइल) क्षेत्र ओगटेको छ। जिल्लाको प्रशासनिक केन्द्रको नाम सल्यान वा सल्यान खलङ्गा हो, आज यो शारदा नगरपालिकाको हिस्सा हो।
नामाकरण
[सम्पादन गर्नुहोस्]यस जिल्लाको नाम कसरी सल्यान रहेको हो ठोस रूपले एकिन हुन सकिरहेको छैन। बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जॊडेको पाइन्छ। जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित रहेको छ। अर्को थरीहरू सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएको यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन्।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाईअत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे मिल्टन भन्दछन। तापनी नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिम शाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणयसुत्रमा वाँधिदिए। छिल्ली बिजौरीदेखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नआउदै कुशविर्ता दिएबाट के देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ।
पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भीमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो। फलतः वि.सं.१८६९ भदौ ३ गते मङ्गलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्त्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठुलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो। अघि भएका कुराको बयान नै ईतिहास हो ति पुराना दैविक शक्तिका घटनालाई पुराण र मानविय घटना प्रधानलाई ईतिहास छुट्टयाई ईतिहास पराणानी,पञ्चमो वेद उच्येतेः भनेर वेदलाई जसौ गरी इतिहासलाई हाम्रा पूर्वजहरूले आदर भावले हेथ्र्ये।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा १० स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ७ गाउँपालिका छन्।
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
शारदा नगरपालिका | १० | खलङ्गा | ३३,८३० |
बागचौर नगरपालिका | १२ | बागचौर | ३०,०३९ |
बनगाड कुपिण्डे नगरपालिका | १२ | देवस्थल | ३३,७५८ |
कालीमाटी गाउँपालिका | ७ | रामपुर | २३,००५ |
त्रिवेणी गाउँपालिका | ६ | लुहाम | १६,६२४ |
कपुरकोट गाउँपालिका | ६ | कपुरकोट | १८,२०४ |
छत्रेश्वरी गाउँपालिका | ७ | भाेटेचाैर | २१,४५२ |
सिद्धकुमाख गाउँपालिका | ५ | ढोरचौर | १३,५९३ |
कुमाख गाउँपालिका | ७ | रागेचाैर | ३३,३४७ |
दार्मा गाउँपालिका | ६ | फारुलाचौर | १९,९६६ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Turner, R. L. (Ralph Lilley), Sir (१९३१), A comparative and etymological dictionary of the Nepali language, London: K. Paul, Trench, Trubner, पृ: ५९३।