बैतडी जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बैतडी बाट पठाईएको)
Jump to navigation Jump to search

बैतडी जिल्ला
बैतडी जिल्लाको गोठालापानी
बैतडी जिल्लाको गोठालापानी
नेपालको नक्शामा बैतडी जिल्ला (रातो)
नेपालको नक्शामा बैतडी जिल्ला (रातो)
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
सदरमुकामदसरथचन्द नगरपालिका
क्षेत्रफल
 • जम्मा१,५१९ किमी (५८६ वर्ग माइल)
उन्नतांश
२,९५० मिटर (९,६८० फिट)
जनसङ्ख्या
 • जम्मा२५०,८९८
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-९५
वेबसाइटddcbaitadi.gov.np


बैतडी (यसका बारेमा सुन्ने ) नेपालको महाकाली अञ्चलको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो।[१] यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो। यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन्।[स्रोत नखुलेको]

परिचय

बैतडी जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो। विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ। यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङडोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन्। यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउँछ।[स्रोत नखुलेको]

यो जिल्ला जलश्रोत, वनजङ्गल, जडीबुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनी मानिन्छ। खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरू जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खद्यान्न वाहिरवाट आयात गरी परिपूर्ति गरिन्छ। यो जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातसंचार जस्ता सेवा सुविधाहरू क्रमशः विस्तार हुदै गएका छन्। जिल्लाका लगभग सम्पूर्ण गाविस हरूमा स्वास्थ्य सेवा विद्यालय, हुलाक र कृषि एवं पशु सेवा केन्द्रहरूबाट सामान्य रुपमा सेवा सुविधा उपलव्ध गराइने व्यवस्था क्रमिकरुपमा भैरहेको छ। केहि गाविस हरूमा टेलीफोनविद्युत सेवा विस्तार भइसकेको छ र बाकि रहेका गाविस हरूमा सकेसम्म छिट्टै सेवा विस्तार गर्ने सोच रहेको छ।जिल्लाको करिब ६७ प्रतिशत जनसङ्ख्यालाई पाइपद्वारा खानेपानी उपलव्ध गरा्इएको छ। विकट पहाडी जिल्ला भएको हुनाले खोला नाला प्रसस्त भए पनि सिंचाई र तटवन्ध निर्माणमा प्रभावकारिता ल्याउन सकिएको छैन। यातायातको दृष्टिकोणले यो जिल्ला अन्य पहाडी जिल्लाहरूभन्दा अगाडि नै रहेको देखिन्छ। जिल्लाको विकास निर्माणमा सरकारी निकायहरू लगायत दातृसंस्थाहरू र गैर सरकारी संघ संस्थाहरूबाट राम्रो सहयोग प्राप्त भैरहेको छ। हरेक ठाउँ र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ। सोहि अनुसार यस जिल्लाको नाम बैतडी रहनुमा केहि ऐतिहासिक कुराहरू छन्।

बैतडीको वरिपरिका उच्च पहाडहरूमा चारवटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन्। यी केदारहरू आराध्यदेव महादेवका रुप हुन भन्ने जनश्रुति छ। शक्तिशाली देवताको छत्रछाया माझ रहेको बैतडी जिल्ला हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरूमा वर्णन गरेको पाइन्छ। यी चारवटै केदारहरूका देवस्थलहरूमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामवाट सहज ढंगले यात्रा गर्न सकिन्छ। नेपालको प्रशासनिक विभाजनमा ३५ जिल्ला हुँदा यो जिल्ला डोटी जिल्ला अर्न्तगत पर्दथ्यो पछि ७५ जिल्ला कायम गर्दा डोटी जिल्लावाट छुट्याएर अलग गरी बैतडी जिल्लाको रुपमा स्थापित गरिएको हो। बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो हो।

जिल्लाको नामाकरण

यस जिल्लाको नाम बैतडी कसरी रहन गयो भन्ने सम्बन्धमा निम्न भनाइहरू रहेका छन्।

  1. हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड भनिन्थ्यो, त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। वढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु ‍‌+उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउँ भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने परम्परा छ।[२]
  2. यो जिल्लामा एक वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको हो। [३]
  3. बैतडी जिल्लाको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन् जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ। यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ। यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ। हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो" भन्ने भनाई छ। [४]

बैतडीमा दुई मात्र नगरपालिका छन्। स्रोत साधनले भरपुर्ण भएकोले बैतडीको पाटन क्षेत्रलाई पाटन नगरपालिकाको रुपमा स्थापित भएको छ। पाटनमा आधा दर्जन भन्दा बडी सरकारी कार्यलय, निजी तथा सरकारी स्कुल, कलेज, पक्की बाटो, बेबस्तित बजार , एयरपोट, सिचाई आयोजना, लघु जलविद्‍धत आयोजना रहेका छन।

भौगोलिक अवस्था

  • अक्षांश:- २९.२२" डि देखि २९.५७" डि. उत्तरमा।
  • देशान्तर:- ८०.१५" डि देखि ८१.४५" डि. पूर्व सम्म।
  • सिमाना:- पूर्व बझाङ र डोटी जिल्ला, पश्चिम भारतको उत्तराखण्ड राज्य, उत्तर दार्चुला जिल्ला, दक्षिण डडेल्धुरा जिल्ला
  • क्षेत्रफल १५१९ वर्ग किलोमिटर
  • औषत लम्बाई:-
  • औषत चौढाई:- ,
  • भौगोलिक विभाजन:-
  • सबभन्दा अग्लो भाग:- कोटपेटरा गाविस २९५० मी.
  • सबभन्दा होचो भाग :- शर्माली गाविस ३९० मी

प्रमुख नदी ताल तलैया

प्रमुख धार्मिक तथा पर्यटकीयहरू क्षेत्र

व्यापारिक महत्वका स्थान

  • सिल्लेगाडा
  • कालिका माण्डौ
  • गोरिल
  • बेतालबाबा
  • श्रीभावर
  • खोडपे
  • पाटन
  • झुलाघाट
  • खोचलेक
  • देहीमाण्डौं
  • सतबाँज
  • चौराहा
  • मुस्याचौर
  • तलस्याडी
  • गोकुलेश्वर
  • मेलौली
  • पुर्चौडी हाट
  • गोठालापानी
  • शहिलेक
  • देबताल्(रोदिदेवल गाबिस)
  • कूलडा
  • त्रपूरेश्वर

भाषा

बैतडी जिल्लामा बोलिने भाषा
भाषा बर्तमान
बैतडेली
  
98.00%
अन्य भाषा
  
2.00%
जिल्लामा प्रयो हुने भाषा

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "जनसङ्ख्याको वितरण", cbs.gov.np, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  2. "संक्षिप्त परिचय", ddcbaitadi.gov.np, बैतडी जिविस, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  3. ज्ञानेश्वर भट्टराई द्वारा लिखित बृहत ज्ञानकोष
  4. जिल्ला विकास समितिको कार्यालय सूचना केन्द्र बैतडीबाट प्रकाशित जिल्ला विकास योजना २०६३/०६४

बाह्य लिङ्कहरू

बैतडी

यो पनि हेर्नुहोस