अर्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्याल भनेको आत्रेय गोत्रको एउटा थर हो। पहिला अर्ज्याल भनिनेमा हाल समय अनुसार अर्याल भएको हो। अर्याल जाति ब्राहम्ण मात्रै नभएर खत्री क्षेत्रीहरू पनि छ्न । यिनिहरू को मुल थलो गुल्मी जिल्ला मालिका गाउँपालिका को अर्जै भन्ने ठाउँमा हो भन्ने पछिल्लो अध्ययन ले देखाएको छ । अर्यालहरु आफ्ना कुल देवता बराह देव लाई मान्दछन्।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा

परिचय र इतिहास[सम्पादन गर्नुहोस्]

अर्याल थर नेपालको बाहुन परिवारमा पाइन्छ। अर्यालहरूको गोत्र आत्रेय भएबाट उनीहरू आफू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। अर्याल थर को साथै नहर्की, दुवाडी/ द्विवेदी, सिग्देल,पानी पोखरेल/पोख्रेल, पौडेल, दुलाल, थापा,-: पुवार, खुलाल, कालिकोटे, बगालेखड्का हरूको गोत्र पनि आत्रेय हो । यस समूहमा आत्रेय, अर्चना, श्यावाश्व, श्यावाश्वि, अत्रि, भूरि, छन्दि, अर्चिसन्, श्यामवान् उद्दालक, गौरिवीति स्वात्ति, दत्त, पतञ्जल, माहुलि, वल्गुत, निष्ठुर, पूर्वातिथि, कुमार, वसुश्रुत, इय, गय, सुतम्भर, पुरु, सृतवाह, वध्रि, पयस्वन्त, सस, विस्वसामा, विश्वचर्षणि, वसुयव, बभ्रु, गातु, सदापृत, प्रतीक्ष्ण, प्रतिभानु, प्रतिप्रभ, श्रुत्वित्, रातहव्य,यजत, उरुचक्रि, बाहुपृक्त, पौर, सप्तवध्रि, सत्यश्रवा, मरुत् इषात्रेय, भौमात्रेय, कृष्णात्रेय आदि चौरानब्बे भन्दा अधिक ऋषि रहेकाछन् । यिनीहरू धेरैको प्रवर आत्रेय, अर्चनानस, श्यावाश्व हो । यसका गोत्रकर्ता ऋषि अत्रि हुन् । [१]

उल्लेखनीय अर्यालहरु[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सिग्देल, आनन्दप्रसाद (२०७२), आत्रेय वंशसूत्र, झापा : लीलादेवी सिग्देल

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]