सामग्रीमा जानुहोस्

डोटी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डोटीबाट अनुप्रेषित)
डोटी जिल्ला
शैलेश्वरी मन्दिर
शैलेश्वरी मन्दिर
डोटी जिल्लाको अवस्थिति
डोटी जिल्ला
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सदरमुकामदिपायल सिलगढी
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, डोटी
क्षेत्रफल
 • जम्मा२,०२५ किमी (७८२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०५६८३[]
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली  • डोटेली भाषा

डोटी जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। सिलगढी सदरमुकाम भएको यस जिल्लाले २,०२५ वर्ग किलोमिटर (७८२ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। डोटी जिल्लाको पूर्वमा अछामसुर्खेत, पश्चिममा डडेल्धुरावैतडी, उत्तरमा बझाङ र दक्षिणमा कैलालीकञ्चनपुर जिल्लाहरू रहेका छन्।

बाइसे-चौबिसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य या डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगङ्गा (कुमाउँ) उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराईसम्म फैलिएको थियो। डोटीमा दुई राजवशको राज्य स्थापित थियो | जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए। डोटीका शासक कत्युरवंशी (कत्युरी राजवंश)का राजा सुभिक्षराज सन् (१०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए। कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमा रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रूपमा परिचित/चर्चित बन्यो। डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। यहाका रैका राजवंशको राज्य बि.स १४४१ पछि रैका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए।

डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा कैलाली र कंचनपुर जिल्लाहरू रहेका छन्। २०२५ बर्ग किमिमा फैलिएको यो जिल्ला २८० ५४' उत्तर देखि २९० ५४' उत्तर अक्षांश र ८०० ३०' पूर्वदेखि २१० १४' पूर्वी देशान्तरसम्म फैलिएको छ। भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उचाइको दृष्टिले ३०० मिटर (घाङल गा वि स को पिपलकुण्टा ) देखि ४००० मिटरसम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने ३०० मिटर देखि २००० मिटरको उचाइ क्षेत्रमा पर्दछ। अर्थात उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत शृङ्खलासम्म फैलिएको यो जिल्लाको अधिकांस भू-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू-भाग पनि रहेका छन्।[]

यस जिल्लाको भू-बनोट असमान उचाइ र विविध धरातलिय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाइमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। यहाँ खासगरी समशितोष्ण देखि शितोष्ण हावापानी पाइन्छ। सन् १९७६-८६सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ। त्यस्तै सिलगढी स्टेशनको रेकर्ड अनुसार अत्यधिक तापक्रम ३६.३ डिग्री सेन्टिग्रेड (मे १९९७) र न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड (जनवरी १९८५) रेकर्ड गरिएको छ।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ९ नगरपालिका छन्, जसमध्ये २ सहरी नगरपालिका र ७ गाउँपालिका छन्।[]

डोटी जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
दिपायल सिलगढी नगरपालिका सिलगढी ३६,०३८
शिखर नगरपालिका ११ तलकोट ३१,८०१
जोरायल गाउँपालिका सरस्वतीनगर २१,२९६
बडीकेदार गाउँपालिका बर्छेन १६,७३१
बोगटान फुड्सिल गाउँपालिका चवरा चौतारा १७,९०६
के.आई.सिंह गाउँपालिका दुर्गामाण्डौ २०,९०३
सायल गाउँपालिका डौड १९,५७५
आदर्श गाउँपालिका कालिकास्थान २४,४८२
पूर्वीचौकी गाउँपालिका सानागाउँ २२,४८९

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०६ मिति
  2. "संङ्क्षिप्त परिचय", डोटी जिल्ला विकास समिति 
  3. "डोटी जिल्लाको परिचय", सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी, अन्तिम पहुँच १७ चैत २०७९