सामग्रीमा जानुहोस्

कैलाली जिल्ला

निर्देशाङ्कहरू: २८°४१′उ ८०°५२′पू / 28.683°N 80.867°E / 28.683; 80.867
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कैलालीबाट अनुप्रेषित)
कैलाली जिल्ला
घोडाघोडी ताल
कैलाली जिल्लाको अवस्थिति
कैलाली जिल्ला
निर्देशाङ्क: २८°४१′उ ८०°५२′पू / 28.683°N 80.867°E / 28.683; 80.867
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सदरमुकामधनगढी
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, कैलाली
क्षेत्रफल
 • जम्मा३,२३५ किमी (१२४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९१११५५[]
 • घनत्व२८१.७/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली  • डोटेली  • थारु
वेबसाइटआधिकारिक वेबसाइट

कैलाली जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनगढी रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर (१,२४९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र जनसङ्ख्या ९११,१५५ (२०७८) छ। कैलाली जिल्लाको पूर्वमा-कर्णाली नदी, बर्दियासुर्खेत, पश्चिममा-कञ्चनपुरडडेलधुरा, उत्तरमा-डोटीडडेलधुरासुर्खेत, दक्षिणमा- मोहना नदी र भारतको उत्तर प्रदेश राज्यहरू रहेका छन्।

कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्। ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्। परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ।प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कैलाली नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा १३ स्थानीय तह छन्, जसमध्ये एउटा उपमहानगरपालिका, ६ नगरपालिका र ६ वटा गाउँपालिका छन्।[]

कैलाली जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
धनगढी उपमहानगरपालिका फूलबारी, उर्मा, बेलादेवीपुर (४-९), गेटा (७-९) १९ धनगढी १,९८,७९२ २६१.७५ ७६०
लम्कीचुहा नगरपालिका बलिया, चुहाप्रतापपुर १० भल्का ९०,९७१ २२५ ४००
टिकापुर नगरपालिका नारायणपुरधनसिंहपुर टीकापुर ८९,८३५ ११८.३३ ७६०
घोडाघोडी नगरपालिका साँडेपानी, दरख, रामशिखरझालापहलमानपुर १२ सुखड ८६,०३४ ३५४.४५ २४०
भजनी नगरपालिका खैलाड, भजनी, लालवोझीथापापुर भजनी त्रिशक्ति ५३,४९४ १७६.२५ ३००
गोदावरी नगरपालिका मालाखेती, श्रीपुर, गोदावरी, बेलादेवीपुर (१-३), गेटा(१-६) १२ अत्तरिया ९८,७४६ ३०८.६३ ३२०
गौरीगङ्गा नगरपालिका चौमाला, मसुरियाउदासीपुर (१,२,५) ११ चौमाला ६४,५५८ २४४.४४ २६०
जानकी गाउँपालिका जानकीनगर, पथरैया, दुर्गौलीमुनुवा दुर्गौली ४९,८६० १०७.२७ ४६०
बर्दगोरिया गाउँपालिका दोदोधराकोटातुल्सीपुर मुडा ३७,६८२ ७७.२६ ४९०
१० मोहन्याल गाउँपालिका सुगरखाल, मोहन्यालपाण्डौन खिमडी २१,०८२ ६२६.९५ ३४
११ कैलारी गाउँपालिका हसुलिया, बसौटी, पवेरा,, गदरिया, रतनपुरउदासीपुर (३,४,६-९) कैलारी ४९,९१७ २३३.२७ २१०
१२ जोशीपुर गाउँपालिका बौनियाजोशीपुर जाेशीपुर ३७,१८७ ६५.५७ ५७०
१३ चुरे गाउँपालिका सहजपुर, खैरालानिगाली घरखेडा २१,४०० ४९३.१८ ४३
कैलाली जिल्लाका साविकका गाविसहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०६ मिति
  2. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२