सामग्रीमा जानुहोस्

कोशी प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(प्रदेश नं. १बाट अनुप्रेषित)
कोशी प्रदेश
नेपालमा कोशी को स्थानको अवस्थिति
नेपालमा कोशी को स्थान
कोशी प्रदेश
राष्ट्र नेपाल
नेपालका प्रदेशहरूकोशी प्रदेश
स्थापनावि.सं. २०७२ असोज ३
राजधानीविराटनगर[१]
प्रमुख सहरहरूबिराटनगर, इटहरी, धरान, धनकुटा, बिर्तामोडदमक
जिल्लाहरू१४
सरकार
 • अङ्गकोशी प्रदेश सरकार
 • प्रदेश प्रमुखपर्शुराम खापुङ[२]
 • मुख्यमन्त्री(हिक्मतकुमार कार्की) (नेकपा एमाले)
 • सभामुखअम्बर बहादुर विष्ट
 • निर्वाचन क्षेत्रहरू
 • प्रदेश सभा
दलको नाम
क्षेत्रफल
 • जम्मा२५,९०५ किमी (१०००२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४,५३४,९४३
 • घनत्व१८०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
भूसङ्केतNP-ON

कोशी प्रदेश नेपालको संविधान २०७२ लागु भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो।

निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।[३] १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको थियो । बिराटनगरलाई नै वि.सं. २०७६ साल वैशाख २३ गते बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतिमा प्रदेशको स्थायी राजधानी तोकेको हो।[१] वि.सं. २०७९ साल फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतद्वारा "कोशी प्रदेश" नाम पारित गरेको हो। [४][५][६]

वि.सं. २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५.६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन।[७]

इतिहास[सम्पादन गर्नुहोस्]

किराँत[सम्पादन गर्नुहोस्]

किराँतीहरू पूर्वोत्तर हिमालका मूल निवासी हुन्। बाबुराम आचार्यले भने अनुसार उनीहरू ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गर्न थाले र यस क्षेत्रमा आधिपत्य कायम गरे। उनीहरू धनुर्विद्यामा निपुण थिएँ र उनीहरू नै आजका लिम्बू, याक्खा , सुनुवार, राई , कुलुङ, थुलुङ, नाछिरिङ र येल्लुङहरूका पूर्वज थिएँ।

किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा हराए पछि काठमाडौँमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे। उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशूली नदी सम्म फैलिएको थियो।[८]

पछि किराँत अधिराज्य कयौं ससाना राज्यहरूमा टुक्रा टुक्रा भएर पूर्व नेपालमा राज्य गरे। लिम्बूवान ससाना राज्यहरूमा एक थिएँ।

शाहकाल[सम्पादन गर्नुहोस्]

१७७१ ई० देखि १७८९ ई० बीच गोर्खाका राजाले ती ससाना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरे।[९]

वर्तमान[सम्पादन गर्नुहोस्]

२०७२ असोज ३ मा नयाँ संविधान जारी हुनु अगाडि यस क्षेत्रका भूभागहरू पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत आउने गर्थ्यो, जुन गणतन्त्र नेपाल भन्दा पहिला नेपाल अधिराज्य का पाँच विकास क्षेत्रहरू मध्य एक थियो। पूर्वाञचलमा जम्मा १६ वटा जिल्लहरू थिएँ, १४ वटा जिल्लाहरू हालको कोशी प्रदेशका र दुईवटा जिल्लाहरू सिराहा जिल्लासप्तरी जिल्ला हालको मधेश प्रदेश का। पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चलहरूमा विभाजित थिएँ र ती तीन अञ्चल १६ जिल्लाहरूमा विभाजित थिएँ। सगरमाथा अञ्चलकोशी अञ्चलमा ६–६ वटा जिल्लाहरू थिएँ र मेची अञ्चलमा ४ वटा जिल्लाहरू थिएँ। पूर्वाञ्चलको जम्मा क्षेत्रफल २८,४५६ वर्ग किमी थियो।

भूगोल[सम्पादन गर्नुहोस्]

मौसम[सम्पादन गर्नुहोस्]

सोलुखुम्बु ,संखुवासभा र ताप्लेजुङ हिमाली जिल्ला अन्तर्गत पर्दछन्, त्यसैले त्यहाँको मौसम अलिक जाडो हुन्छ। त्यसै गरि उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाडी जिल्ला हुन्, जहाँ कहिले जाडो कतिबेला चिसो हुन्छ तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् जहाँ अरु क्षेत्रहरू भन्दा गर्मी हुन्छ।

  • मेची नदी
  • अरुण नदी
  • कोशी नदी

संरक्षित क्षेत्र[सम्पादन गर्नुहोस्]

कन्चनजङ्घा संरक्षण क्षेत्र

जनसङ्ख्या विवरण[सम्पादन गर्नुहोस्]

  • बिसं २०७८ मा सम्पन्न भएको नेपालको १२औं जनगणना (मेरो गणना, मेरो सहभागिता) को अनुसार यस प्रदेशको जनसङ्ख्या ४९,६१,४१२ जसमा ४८.७% पुरष को हिस्सा र बाँकि ५१.३% महिला रहेका छन् ।नेपालको कुल जनसंख्याको १७.०१% जनसंख्या यहाँ बसोबास गर्दछन् । यहाँ लैङ्गिक अनुपात (प्रति सय महिलामा पुरुषको संख्या) ९५.०२ जना को रहेको छ।
  • यहाँको जनघनत्व १९२ व्यक्ति प्रति वर्ग किलोमिटर रहेको छ
  • स्थानिय तह गतले हेर्ने हो भने यहँको नगरपालिकामा ६२.४% र गाँउपालिकामा ३७.६% जनसङ्ख्या बसोबास गर्दछन्
  • २०६८ सालको जनगणना अनुसार यस प्रदेशको जनसङ्ख्या ४५३४९४३ रहेको थियो जसमा २०७८ को जनगणना अनुसार ४२३४६९ अङ्कले (अर्थात ९.४०%) ले आवधिक परिवर्तन आएको छ। १२ औं जनगणनाले २०६८ देखे २०७८ सम्मको यस परिवर्तनमा वर्षिक जनसंख्या वृद्धिदर ०.८६% रहेको छ भनि भनेको छ।
  • हाम्रो देश नेपाल को कुल साक्षरता दर ७६.२ रहेको मा यहँको भने साक्षरता ७९.७% रहेको छ जसमध्ये पनि पुरस ८६.१% र महिला ७३.६% साक्षर रहेका छन्
  • यहाँको कुल जनसंख्या मा २.४% जनसङ्ख्या अपाङ्ग रहेको छ।
  • यहाँ रहेका ७०.८% बालबालिका को जन्मदर्ता गराइएको र बाँकि २९.२% बालबालिकाको नगरेको भनेर २०७८ सालको जनगणनाले प्रस्ट्याइदिएको छ।
  • यहाँको मातृमृत्यु सम्बन्धी विवरण तथ्याङ्क यसरि रहेको छ
गर्भावस्थाको अवधिमा भएको महिलाको मृत्यु संख्या मातृमृत्यु संख्या जिवित जन्मेको बच्चाको संख्या मातृमृत्यु दर (प्रति लाखमा)
नेपाल ६५३ ६२२ ४१२९३५ १५१
कोशी प्रदेश १०४ १०१ ६४१९० १५७

स्रोतः Census Nepal 2021

पर्यटन[सम्पादन गर्नुहोस्]

नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा यस प्रदेशमा रहेको छ। यहाँ हरेक वर्ष हिमाल आरोहण गर्न‌ पर्यटकको घुइँचो लाग्ने गर्दछ। ताप्लेजुङमा पर्ने पाथीभरा देवीको मन्दिर पनि यहीँ प्रदेशमा रहेको छ। पाथीभरा देवीको मन्दिरमा गई पूजा गर्नेको यहाँ घुइँचो लाग्ने गर्दछ। विश्व सम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज पनि यहीँ पर्दछ।

राजनैतिक[सम्पादन गर्नुहोस्]

उपप्रशासन ‌[सम्पादन गर्नुहोस्]

प्रशासनिक संरचना अनुसार कोशी प्रदेश १४ जिल्लाहरू मा विभाजित छ भने ती १४ वटै जिल्लाहरू १३७ स्थानिय तहमा विभाजित छन्। १३७ तहहरू मध्ये १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकाहरू छन्।

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

सङ्घीय संरचना बमोजिम कोशी प्रदेशमा १४ वटा जिल्लाहरू रहेका छन्।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Winners root for Biratnagar as provincial capital", thehimalayantimes.com, १८ जनवरी २०१८, अन्तिम पहुँच १८ जनवरी २०१८ 
  2. https://www.presidentofnepal.gov.np/?p=3662 वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
  3. "EDITORIAL: Important step", The Himalayan Times, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७ 
  4. "Biratnagar celebrates its status of provincial capital", thehimalayantimes.com, १९ जनवरी २०१८, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  5. "Locals intensify protest in Dhankuta after Biratnagar named as provincial HQ", kathmandupost.ekantipur.com, १९ जनवरी २०१८, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  6. "Nepal government announces Provincial Capitals and Chiefs", ddinews.gov.in, १७ जनवरी २०१८, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  7. "Province 1: Call for opportunities in land of great promise", Kantipur Publications Pvt. Ltd., १२ अगस्ट २०१५, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७ 
  8. "Far east kingdom (South Asia)", historyfiles.co.uk, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१७ 
  9. "limbuwan gorkha war", अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७, "...  The Limbuwan Gorkha War was a series of battles fought between the King of Gorkhas and the rulers of various principalities of Limbuwan from 1771 to 1774. The war came to an end in 1774 with the Limbuwan Gorkha treaty which recognised Limbu peoples'right to Kipat land in Limbuwan and full autonomy. Thus the Limbuwan Gorkha War came to an end in 1774 with all the principalities of Limbuwan joining the Gorkha kingdom  ...'"