सामग्रीमा जानुहोस्

पाल्पा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाल्पाबाट अनुप्रेषित)
पाल्पा जिल्ला
तानसेन नगरपालिका
लुम्बिनी प्रदेशमा पाल्पाको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा पाल्पाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामतानसेन नगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, पाल्पा
क्षेत्रफल
 • जम्मा१३७३ किमी२ (५३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४२४२३
 • घनत्व१८०/किमी२ (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

पाल्पा जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। तानसेन मुख्यालय भएको जिल्लाले १,३७३ किमी २ (५३० वर्ग मील) क्षेत्रफल ओगटेको छ र जनसंख्या २४२, ४२३ छ। पाल्पा जिल्ला पोखराबाट धेरै टाढा छैन र बसबाट सजिलै पुग्न सकिन्छ।

नामाकरण

[सम्पादन]

इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौँ शताब्दी तिर थियो। त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ। उनको भनाई अनुसार मंगोलियन शव्द "वाल्वा" यसको अर्थ "सीप कला र कालीगढ"बाट पाल्पा बन्न गएको हो।[१]

इतिहास

[सम्पादन]

भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेन पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ हालको फेक गाविस वडा नम्बर ४मा लामो समयसम्म बसी पछि रिब्दीकोट कुसुमखोला पालुङमैनादी र ठिमुरे गाविसको साँधमा पर्नेमा आपुनो स्वतन्त्र राज्य स्थापना गरे। तानसेन आउनु अघि सेनवंशीय राजाहरू शिलाङथोकको नजिकहेको पुरानकोट हाल भैरवस्थान गा।वि।स। लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ। वि.सं. १३६३मा तुथारय सेन देखि प्रारम्भ भइ पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६६मा पाल्पा राज्यको स्थापना गरेका थिए। झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजहरू मध्ये पछिल्ला पृथ्वीपाल सेनको पालमा रणबहादुर शाह र भीमसेन थापाको रणनैतिक षड्यन्त्र चतुर् याइले पाल्पा राज्य विसं १८६१मा नेपाल राज्यमा गाभियो। मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौँ, धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ।[१]

सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले वि.सं. १५६३मा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्द सेन प्रमको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाडौँ धनकुटा र भोजपुर सम्म भएको पाइन्छ। झण्डै ४९८ वर्षसम्म शासन गर्ने सेन राजाहरू मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्‍याईले पाल्पा राज्य विस १८६१मा नेपाल राज्यमा गाभिएको थियो।[१]

प्रशासनिक विभाजन

[सम्पादन]

जिल्लामा २ नगरपालिका र ८ गाउँपालिकाहरू गरि १० वटा स्थानीय तहहरू रहेका छन्।[२]

पाल्पा जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
१ तानसेन नगरपालिका बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोक र अर्गली १४ तानसेन बजार ५०,७९२ १०९.८ ४६०
२ रामपुर नगरपालिका रामपुर, गेझा, खालीवन, दर्छा र गाडाकोट १० बेझाड ४०,८८३ १७५.८८ २३०
३ निस्दी गाउँपालिका वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे ७ मित्याल १८,१२० १९४.५ ९३
४ पूर्वखोला गाउँपालिका सिलुवा, जल्पा, रिङनेरह, देवीनगर, वीरकोट र हेक्लाङ (१-८) ६ रिङनेरह १६,०५२ १३८.०५ १२०
५ रम्भा गाउँपालिका हुङ्गी, हेक्लाङ-९, फोक्सिङकोट, पिपलडाँडा, हुमिन र ताहुँ ५ पिपलडाँडा १७,१५५ १९४.५ ८८
६ तिनाउ गाउँपालिका कचल, दोभान, कोलडाँडा र मस्याम ६ दोभान १७,७७७ २०२ ८८
७ माथागढी गाउँपालिका चिदिपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहबास र बहादुरपुर ८ झडेवा २४,०५३ २१५.४९ ११०
८ बगनासकाली गाउँपालिका चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, यम्घा, खानीगाउँ, बराङ्दी (१,७,८ र ९) र चापपानी ९ चिर्तुङधारा १८,४९७ ८४.१७ २२०
९ रिब्दीकोट गाउँपालिका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, टिमुरे, पालुङमैनादी र फेक ८ खस्यौली १५,४७३ १२४.५५ १२०
१० रैनादेवी छहरा गाउँपालिका सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्डेङगढी र सत्यवती ८ छहरा २३,१४९ १७५.८८ १३०
पाल्पा जिल्लाका पूर्व गाविसहरूको नक्सा


सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "जिल्ला विकास समिति, पाल्पा (परिचय)", जिल्ला विकास समिति, पाल्पा, http://ddcpalpa.gov.np/?page_id=2, मूलबाट २०१५-०५-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-१२।
  2. ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।