धरणीधर कोइराला
धरणीधर कोइराला | |
---|---|
जन्म | १९४९ साल माघ २४ पूर्व २ नम्बर दुम्जा |
मृत्यु | २०३६ साल काठमाडौँ |
पेशा | भाषा साहित्य |
भाषा | नेपाली, संस्कृत |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | महाविद्यावारिधि त्रिविवि |
उल्लेखनीय कार्यहरू | नैवेद्य |
उल्लेखनीय पुरस्कारहरू | त्रिभुवन प्रज्ञा पुरस्कार |
धरणीधर कोईराला(वि.सं. १९४९ - वि.सं. २०३६) नेपाली भाषासेवी तथा शिक्षाविद् धरणीधर एक कुशल कवि पनि हुन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]धरणीधरको जन्म तात्कालिन पूर्व २ नम्बर, दुम्जामा वि.सं. १९४९ साल माघ २४ गते भएको हो । माता पूण्यमातादेवी तथा पिता आवन्तिनाथ कोईरालाका पुत्र धरणीधरको बाल्यकाल हजुरबुबा पूर्णानन्दको काखमा बित्यो । बनारसबाट आई ए को अध्ययन पुरा गरेका कवि धरणीधर नेपालमा जागिर नमिलेपछि आफ्ना समकालिन मित्र पारसमाणि प्रधानको सहयोगमा वि.सं.१९७६ मा दार्जिलिङको एक सरकारी विद्यालयमा नेपाली शिक्षकको रूपमा प्रवेश गरे । शिक्षकको रूपमा रहेकै बेला कलकत्ता विश्वविद्यालयबाट स्नातक तथा ढाका विश्वविद्यालयबाट बि टि परीक्षा उत्तिर्ण गरेका धरणीधर संस्कृत भाषाका प्रकाण्ड विद्वान थिए । पछि सोहि विद्यालयमा प्रधानाध्यापकको कार्यभार पाएका धरणीधर सन् १९४९मा सेवानिब्रित्त भए । त्यसपछि स्वतन्त्र भारतको पहिलो विधानसभा निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रत्यासी बनेका धरणीधर पराजित भएपछि सन् १९४९ डिसेम्बर देखि दार्जिलिङ जिल्ला सामाजिक शिक्षा अधिकारी भएर सन् १९५४ डिसेम्बर सम्म कार्यरत रहे । त्यसपछि वि.सं. २०१२ सालमा नेपाल फर्किएका धरणीधरले फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहे । आफ्नो सम्पूर्ण जीवन नै नेपाली भाषा तथा शिक्षाको सेवामा समर्पित गरेका धरणीधरको वि.सं. २०३६ सालमा पशुपति क्षेत्रमा निधन भयो ।
शिक्षा
[सम्पादन गर्नुहोस्]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]
कृतिहरू
[सम्पादन गर्नुहोस्]धरणीधरद्वारा लिखित नैवेद्य नामक प्रसिद्ध कविताकृति बाहेक स्पन्दन, नेपाली मन्जरी, लोकको राज जस्ता कविताकृतिहरु पनि प्रकाशित छन् । धरणीधरले विभिन्न लेख रचना , जीवन तथा वक्तव्यहरु नेपाली वाङमयलाई दिएका छन् । शैक्षिक तथा सामाजिक चेतना, उच्च सस्कार, देशभक्ति एवम् मानविय धारणा जगाउने खालका प्रेरणा धरणीधरका कृतिहरूमा पाइन्छ ।
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]वि.सं. २०२२ सालमा धरणीधरलाई नेपाल प्रज्ञा प्रतिष्ठानले त्रिभुवन प्रज्ञा पुरस्कारबाट सम्मानित गर्नुका साथै आजिवन प्राज्ञका रूपमा सम्मान दियो । वि.सं. २०३१ सालमा नेपाली साहित्य सम्मेलनले रथ शोभायात्रा गराई सम्मान दियो । वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयले साहित्य महाविद्यावारिधिबाट सम्मानित गरेको थियो ।
सबै हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- मदन पुरस्कार गुठी
- नेपाली वाङमयका साधक र साधना, डा तुलसी भट्टराई