सामग्रीमा जानुहोस्

गोपालप्रसाद रिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गाेपालप्रसाद रिमालबाट अनुप्रेषित)
गोपाल प्रसाद रिमाल
गोपाल प्रसाद रिमाल
जन्म१९७५ जेठ १८
लगनटोल, काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०३० कार्तिक ८
वासस्थानकाठमाडौँ, नेपाल
पेशासाहित्यकार
सन्तानमनोहर प्रसाद रिमाल (छोरा)
मातापिताउमाकान्त रिमाल

गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । शास्त्रीय छन्दमा कविता लेख्ने परम्परालाई तोडेर मुक्त छन्दमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् ।[][] प्रबेश मल्ल लेखक

गोपालप्रसाद रिमालको जीवनी

[सम्पादन गर्नुहोस्]

रिमालको जन्म वि.सं. १९७५ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको थियो। उनको बुवाको नाम उमाकान्त रिमाल हो।

उनी वि.सं १९९१ सालक प्रवेशिका परिक्षाको बोर्ड प्रथम हुन्। उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका थिए।

साहित्यिक यात्रा

[सम्पादन गर्नुहोस्]

रिमालको प्रकाशित रचना वि.सं. १९९२मा शारदामा "प्रति" शीर्षकको कवितालाई मानिन्छ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनको निधन वि.सं. २०३० कार्तिक ८ गते काठमाडौँमा भएको थियो।

  1. ) मसान (नाटक, वि.सं. २००३)
  2. ) यो प्रेम (नाटक,लेखन २००२, प्रकाशन वि.सं. २०१५)
  3. ) आमाको सपना (कविता सङ्ग्रह २०१९)
  4. ) "मसान" (नाटक)
  5. ) चर्चित नेपाली गीत " रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो" रिमालले नै लेखेका हुन्।

पुरस्कार, मान-सम्मान, पदकहरू

[सम्पादन गर्नुहोस्]
  1. वि.सं. २०१९ को मदन पुरस्कार आमाको सपना का लागि प्राप्त भएकाे[]
  2. वि.सं. २०३० मा 'त्रिभुवन पुरस्कार' प्राप्त भएकाे

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाण्डौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. [१]
  3. मदन पुरस्कार गुठी