पहलमानसिंह स्वार
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बाल्यकाल
[सम्पादन गर्नुहोस्]पहलमानसिंहको जन्म वि सं १९३५ साम मंसिर ६ गते बुधबार अछाम जिल्लाको रिडीकोटमा भएको थियो। उनी कप्तान लक्ष्मीसिंह स्वार र माइली कजिनी डिकुरादेवी स्वारका सातौँ छोरा थिए । त्यसबेला उनका बुबा लक्ष्मीसिंह त्यसै जिल्लाका बडाहाकिम थिए । यिनका बाबुलाई जागिरका क्रममा सर्वस्व हरण भएपछी भारतको सिंगाहीमा बस्न थाले ।
उनी तिक्ष्ण दिमागका थिए र पढ्न मन गर्थे। तर त्यतिबेला अछाममा विद्यालयहरू थिएनन्।उनले घरमै संस्कृत र नेपाली भाषाका पुस्तक ढेर अनौपचारिक शिक्षा लिए। पछि हिन्दी र अङ्ग्रेजीको पनि अध्ययन गरे।
कृतिहरू
[सम्पादन गर्नुहोस्]अटलबहादुर नाटकबाट निकै चर्चा पाए पनि यिनका अनेकौँ कृति प्रकाशित पाइन्छन् । छब्बिसभन्दा ज्यादा पुस्तक. यिनले रचना गरेका छन् ।[१]
- प्रेमामृत वचन सङ्ग्रह
- अङ्केन्दुशेखर
- अटलबहादुर
- आनन्दराज
- एक लाख रूपियाँको चोरी
- रत्नावली(अनुवाद)
- अभिज्ञान शाकुन्तल(अनुवाद)
मृत्यु
[सम्पादन गर्नुहोस्]पहलमानसिंहको निधन अनेकौँ दु:ख पाएर ५६ वर्षको उमेरमा १९९१ साल जेठ ७गते आइतबार कैलाली जिल्लाको पहलमानपुरमा भयो।
शन्दर्भ
[सम्पादन गर्नुहोस्]- पच्चीस प्रतिभा , गोपाल पराजुली , रत्न प्रकाशन
- ↑ वैजयन्ती वर्ष ६ पूर्नांक २९ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२५ मिति