मैथिली भाषा
मैथिली | |
---|---|
মৈথিলী | |
![]() देवनागरी लिपिमा लेखिएको मैथिली | |
मूलभाषी | भारत तथा नेपाल |
क्षेत्र | नेपालको तराई, भारतको झारखण्ड र उत्तरी बिहार क्षेत्र |
मातृभाषी वक्ता | ३५ मिलियन (लगभग ३.५ करोड) |
भारोपेली
| |
आञ्चलिक भाषाहरू |
|
देवनागरी तिरहुता | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | नेपालको संविधान २०७२को भाग १, धारा ५ भारतको संविधानको आठौँ धारा |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-२ | mai |
आइएसओ ६३९-३ | mai |
ग्लोटोलग | mait1250 [१] |
मैथिली भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो। यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट सम्बन्ध छ। यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ।[२] हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ।[३]
सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो। जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ।[४] सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो।[५] भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो।[६] सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन्।[७]
भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]
नेपालमा मैथिली तराईका जिल्लाहरू धनुषा, सर्लाही, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी र मोरङमा बोल्ने गरिन्छ। यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै पोद्वार , कायस्थ, राजपुत, ब्राह्मण, खत्वे, चमार, यादव र अन्य वर्गद्वारा बोल्ने गरिन्छ। जनकपुर मैथिली भाषाको उद्गम स्थल हो ! [२] संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ।[६] भारतको साहित्य प्रतिष्ठानद्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान पण्डित जवाहर लाल नेहरूको समयदेखि प्राप्त छ। भारतमा मैथिली उत्तरी बिहारको मधुबनी, दरभंगा, सुपौल र सहरसा जिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ। मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ। मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै नयाँ दिल्ली, मुम्बई र कोलकातामा पनि छन्।
विकास[सम्पादन गर्नुहोस्]
मैथिलीको प्रथम प्रमाण रामायणबाट पाइन्छ। यो त्रेता युगमा मिथिलाका राजा जनकको राज्यभाषा थियो।[८] यस प्रकार यसलाई इतिहासको प्राचीनतम भाषा मान्ने गरिन्छ। प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृत र अपभ्रंशको विकासहरूसँग जोडिन्छ। लगभग ७०० इस्वितिर यस भाषामा रचना गर्न थलिएको पाइन्छ। विद्यापति मैथिलीको आदिकवि तथा सर्वाधिक ज्ञात कवि हुन।[९] विद्यापतिले मैथिली वाहेक संस्कृत तथा अवहट्टमा पनि रचनाहरू लेखेका छन्। यी दुई प्रमुख भाषाहरू हुन जहाँबाट मैथिलीको विकास भएको हो। भारतको लगभग ५.६% जनसङ्ख्या लगभग ३-४ करोड मानिसहरू मैथिलीलाई मातृभाषाको रूपमा प्रयोग गर्छन।[१०] नेपालमा लगभग यो २८ लाख मानिसद्वारा बोल्ने गरिन्छ।[११] यसको प्रयोगकर्ता भारत र नेपालको विभिन्न भाग सहित विश्वको कयौँ देशमा फैलिएको छ। मैथिली विश्वको सर्वाधिक समृद्ध, सुन्दर र मिठासपूर्ण भाषाहरू मध्ये एकको रूपमा मानिने गरिन्छ।[१२][१३] मैथिली भारत र नेपालमा आधिकारिक भाषाको रूपमा सम्मानित छ। मैथिलीको आफ्नै लिपि छ जुन एक समृद्ध भाषाको पहिलो पहिचान हो। नेपाल र भारतमा यस भाषाको विकासको लागि कुनै ठोस कदम नउठाउनाले यसको विकास द्रुत गतिमा हुन सकेको छैन। अब केही गैर सरकारी संस्था मीडियाद्वारा मैथिली भाषाको विकासको लागि प्रयास गरिएको छ। हाल मैथिली भाषामा प्रसारित हुने १५ /२० रेडियो स्टेसन रहेको छ।
उपयोग[सम्पादन गर्नुहोस्]
लगभग ४ देखि ५ करोड मानिस मैथिलीका मातृभाषाको रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन्।
साहित्य[सम्पादन गर्नुहोस्]
मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापति (१३५०-१४५०) लाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ। हाल डा. हरिमोहन झा र नागार्जुनलाई मैथिली भाषाका प्रमुख लेखक मानिन्छन्।
मिथिलाक्षर वा तिरहुताको समृद्ध इतिहास रहेको छ। यो भाषाको प्रारम्भिक शिलालेख आदित्यसेन (७औँ शताब्दी इशापूर्व) मन्दार पर्वतको ढुङ्गामा भटिएको थियो जुन हाल देवघरको वैद्यनाथ मन्दिरमा स्थापित गरिएको छ।[१४]
कमरूपा भाषा परिवार पनि पूर्वी मैथिलीबाट आएको हो।[१५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "मैथिली", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ २.० २.१ Yadava, Y. P. (2013). Linguistic context and language endangerment in Nepal. Nepalese Linguistics 28: 262–274.
- ↑ Lewis, M. P. (ed.) (2009). Maithili वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२२ मिति Ethnologue: Languages of the World. Sixteenth edition. Dallas, Texas: SIL International.
- ↑ Singh, P., & Singh, A. N. (2011). Finding Mithila between India’s Centre and Periphery. Journal of Indian Law & Society 2: 147–181.
- ↑ Government of Nepal (2015). Constitution of Nepal 2015 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ ६.० ६.१ Sah, K. K. (2013). Some perspectives on Maithili. Nepalese Linguistics 28: 179–188.
- ↑ "विश्व भाषा", About World Language, अन्तिम पहुँच २ डिसेम्बर २०१४।
- ↑ "विद्यापति स्मृति पर्व र मैथिली साहित्य – सुबोध गोपराज", नयाँ विकल्प, अन्तिम पहुँच २६ डिसेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ "महाकवि विद्यापति", गोरखापत्र, अन्तिम पहुँच १० नोभेम्बर २०१४।
- ↑ Abstract of speakers' strength of languages and mother tongues – 2000, Census of India, 2001
- ↑ "Major highlights", Central Bureau of Statistics, २०१३, पृ: ४, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३।
- ↑ Yadav, R. (१९७९), "Maithili language and Linguistics: Some Background Notes", Maithili Phonetics and Phonology, Doctoral Disseration, University of Kansas, Lawrence।
- ↑ Yadav, R. (1996). A Reference Grammar of Maithili. Mouton de Gruyter, Berlin, New York.
- ↑ Choudhary, R. (1976). A survey of Maithili literature. Ram Vilas Sahu.
- ↑ Barua, K. L. (1966). Early history of Kamarupa. Lawyers Book Stall, Guwahati, India, 234. Page 318
- मैथिली भाषा
- मैथिली संस्कृति
- भारतमा बोलिने भाषाहरू
- भारतका आधिकारिक भाषाहरू
- बागमती प्रदेशमा बोलिने भाषाहरू
- कोशी प्रदेशमा बोलिने भाषाहरू
- मधेश प्रदेशमा बोलिने भाषाहरू
- लुम्बिनी प्रदेशमा बोलिने भाषाहरू
- साहित्य अकादमीले मान्यता दिएका भाषाहरू
- आधिकारिक रूपमा ब्राह्मी लिपिमा लेखिने भाषाहरू
- नेपालका आधिकारिक भाषाहरू
- बिहारमा बोलिने भाषाहरू
- झारखण्डमा बोलिने भाषाहरू
- पूर्वी आर्य भाषा परिवार