शम्भुप्रसाद ढुङ्गेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शम्भु प्रसाद ढुंगेलबाट अनुप्रेषित)
आशुकवि

शम्भुप्रसाद ढुङ्गेल
शम्भुप्रसाद ढुङ्गेल
जन्मबि.स. १९४६
काठमाडौँ, नेपाल
मृत्युबि.स. १९८६
नेपाल
राष्ट्रियतानेपाली

देवीचरण ढुङ्गेलका छोरा शम्भुप्रसाद ढुङ्गेल (विक्रम सम्वत(१९४६-१९८६)को जन्म बि.स. १९४६, भाटभटेनि, काठमाडौँमा भएको हो |उनी नेपाली साहित्यको माध्यमिक काल उत्तरार्धका एक चम्किला तारा हुन्। कविता, गजल, समस्यापूर्ति, गद्याख्यान, पद्याख्यान, निबन्ध, उपन्यास आादिका साथै नाटकका क्षेत्रमा पनि महत्त्वपूर्ण प्रतिभाका रूपमा चिनिने झन्डै ३०० जति पुस्तक लेखेको पाइन्छ।[१]

दरबारमा तुरुन्त कविता सुनाउन सकेका हुँदा चन्द्र शमशेरले खुसि भै यिनलाई वि.सं १९७० मा आँशु कविको उपाधि दिइएको पाइन्छ।[२]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

आशुकविका रूपमा परिचित शम्भुप्रसाद ढुङ्गेल माध्यमिक कालका विशिष्ट कवि हुन् | नेपाली पद्यक्षेत्रका साथै गद्य क्षेत्रमा पनि यिनको खास योगदान रहेको छ | पद्यतर्फ यिनले फुटकर कवितादेखि खण्डकाव्य सम्मको रचना गरेका छन् भने गद्यतर्फ निबन्ध, नाटक आदिको रचना गरेका छन् | मोतीराम भट्टझैँ अल्पायु(४० वर्ष)मै दिवंगत भएका शम्भुप्रसादले प्रचूर मात्रामा साहित्य रचना गरेको देखिन्छ | यिनले मौलिक सिर्जनाका साथै कतिपय अनुबाद पनि गरेका छन्।

काव्यप्रवृति[सम्पादन गर्नुहोस्]

गद्य र पद्य दुवै क्स्जेत्रमा कलम चलाई तीन सय जति पुस्तक लेखेको पाइन्छ। कवितामा यिनले भजन, गजल, समस्यापूर्ति र काव्यहरू लेखेका छन्पौ। राणिक आख्यान तथा सामाजिक घटनालाई काव्यको विषय बनाउने यिनका कवितामा प्रवाहमय कवित्वशक्ति भेटिन्छ। समस्यापूर्ति तथा भजनहरूको शृङ्गारका अतिरिक्त आध्यात्मिक भाव पनि प्रस्फुटित भएको छ।

उनी शास्त्रीय छन्दका सफल कवि हुन्। छन्दनियमले कतैकतै व्याकरणको नियम वेवास्ता गरेको पनि भेटिन्छ। यिनी विभिन्न अलंकारको प्रयोग गर्न पनि सफल देखिएका छन्।[२]

कृतिहरू[सम्पादन गर्नुहोस्]

ढुङ्गेलका उपलब्ध नाटकहरू

  1. :रत्नावली नाटिका (१९७२)
  2. :शकुन्तला नाटक (१९७२/७३)
  3. :मालतीमाधव नाटक (१९७६)
  4. :विद्यासुन्दरी (१९७५)
  5. :उत्तररामचरित (१९७५)

शम्भुप्रसाद ढुङ्गेल समालोचक पनि हुन्। उनले कविताको फल (१९९६) शीर्षक समालोचना लेखेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६) नेपाली लेखककोश काठमाडौँ : देवकोटा प्रकाशन
  2. २.० २.१ नेपाली कविता उपन्यास र कथा श्रीराम न्यौपाने , पैरवी प्रकाशन