काशीबहादुर श्रेष्ठ
स्वरूप
काशीबहादुर श्रेष्ठ | |
---|---|
जन्म | १ असोज १९६८ बनारस, भारत |
मृत्यु | १३ जेठ २०४६ बनारस, भारत |
पेशा | लेखक |
काशीबहादुर श्रेष्ठ (१ असोज १९६८ — १३ जेठ २०४६) बनारसमा बस्ने नेपाली भाषाका लेखक थिए। उनले बनारसबाट नेपाली भाषाको पहिलो पत्रिका उदय सुरु गरेका थिए।
जीवनी
[सम्पादन गर्नुहोस्]काशीबहादुर श्रेष्ठको जन्म १ असोज १९६८ सालमा नेवार परिवारमा भारतको बनारसमा भएको थियो।[१] काशीमा जन्मेको कारण उनको नाम "काशी" राखिएको थियो।[१] उनको पुर्खा नेपालको भक्तपुरमा थियो।[१]
उनले बनारसबाट नेपाली भाषाको पहिलो पत्रिका उदय (वि.स. १९९३) सुरु गरेका थिए।[२][३] उनले बचन लगायत धेरै पुस्तकहरू पनि लेखेका थिए।[४] उनका छोरा दुर्गाप्रसाद श्रेष्ठले काशीबहादुर श्रेष्ठको जीवनी लेखेका छन्।[४][५] उनको निधन २०४६ साल जेठ १३ गते बनारसमा भएको थियो।[१]
कृतिहरू
[सम्पादन गर्नुहोस्]- उदय (पत्रिका)
- उषा (उपन्यास)
- वचन (उपन्यास)
- तोता मैनाको कथा (कथासङ्ग्रह)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ "काशीबहादुर श्रेष्ठ", नइ प्रकाशन, अन्तिम पहुँच २०२३-०१-१६। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति
- ↑ "रहेनन् नेपाली भाषाका आधुनिक 'मोतीराम'", सेतोपाटी, अन्तिम पहुँच २०२३-०१-१६।
- ↑ "असीवर्षे ‘उदय’", कान्तिपुर, अन्तिम पहुँच २०२३-०१-१६।
- ↑ ४.० ४.१ "नेपाली भाषा–साहित्यका अनन्य सेवक दुर्गाप्रसाद", नेपाल समाचारपत्रिका, अन्तिम पहुँच २०२३-०१-१६।
- ↑ "राजालाई ‘आमा’ फिल्म मन परेपछि दुई हजार बकस पाएँ", हिमालखबर, अन्तिम पहुँच २०२३-०१-१६।