भूपि शेरचन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(भूपी शेरचन बाट पठाईएको)
Jump to navigation Jump to search
भूपी शेरचन
जन्म१९९२ पुस १२ गते
मुस्ताङ, थाक टुकुचे
मृत्यु२०४६ जेठ १
काठमाडौं नेपाल
पेशाकवि
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकविता (गद्य)
उल्लेखनीय कार्यहरूघुम्ने मेचमाथि अन्धो मान्छे
उल्लेखनीय सम्मानहरूसाझा पुरस्कार

भूपि शेरचन (वि.स. १९९२-२०४६) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिको लागि साझा पुरस्कार बाट सम्मानित भएका थिए ।

जीवन यात्रा[सम्पादन गर्ने]

सुरुवाती जीवन[सम्पादन गर्ने]

भूपी शेरचनको (वास्तविक नाम: भुपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७) महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त स‌म्वेदनशील थिए ।

शिक्षा[सम्पादन गर्ने]

अध्ययनको लागि उनी बनारस गए । उनले बि.ए. सम्म अध्ययन गरेका थिए ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

उनले दुई विवाह गरे। दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए।

सेवा, पेसा र संलग्नता[सम्पादन गर्ने]

नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव(२०१२)
ठेकेदारी(२०१८ देखि)
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०२६)

साहित्यिक यात्रा[सम्पादन गर्ने]

‘भूपी’ शेरचन (व्यङ्ग्यात्मक सेल्फ पोट्रेट)

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपी’ शेरचन ! }}

सहिदहरूको सम्झनामा[सम्पादन गर्ने]

हुदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुइ चार सपूत मरेर नगए
ओठमा हाँसो गालामा लाली तब आउछ जगतको
देशको पिरले भेटि जब विरले चढाऊँछ रगतको
घटींमा फासीको माला गॉसि विरले हँसता
मातृभूमि चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीऊ छरेर नगए
हामीले खाने प्रत्येक गासमा रगत छ सहिदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ साहिदको
हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ साहिदको
हाम्रो खुसीको प्रत्येक पलमा जीवन छ साहिदको

मेरा साथीहरू[सम्पादन गर्ने]

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर, जिउन झन् गाह्रो छ !

कृतिहरू[सम्पादन गर्ने]

भूपी शेरचनका प्रकाशित कृतिहरू:-

१. परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)


भूपी शेरचनका रचनाहरू[सम्पादन गर्ने]

  • अल्झेछ क्यारे पछ्यौरी
शब्द - भूपि शेरचन
स्वर - नारायण गोपाल
संगीत - अम्बर गुरुङ

पुरस्कार[सम्पादन गर्ने]

१. साझा पुरस्कार(२०२६)

साझा पुरस्कार पाउने पहिलो कृति पनि 'घुम्ने मेचमाथि अन्धो मान्छे' नै हो, जसमा ४२ वटा कविताहरू सरल, सरस भाषाशैली र अनुप्रासयुक्त एवम् लयात्मक भावाभिव्यक्तिले सिंगारिएका छन्।

२. गोरखा दक्षिणबाहु दोस्रो(२०४२)

मृत्यु[सम्पादन गर्ने]

भूपीको निधन २०४६ साल जेठ १ गते, काठमाडौंमा भयो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य सुत्र[सम्पादन गर्ने]