जनमत सङ्ग्रह, २०३७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जनमत संग्रह २०३७ (नेपाल)बाट अनुप्रेषित)
जनमत सङ्ग्रह, २०३७
२४ मे १९७९ (1979-05-24)

सुधारिएको पञ्चायत वा बहुदलीय व्यवस्था लागू गर्ने?
परिणामहरू
परिणाम
मतदान %
पक्षमा २,४३३,४५२ ५४.७९‏%
विपक्षमा २,००७,९६५ ४५.२१‏%
सदर मत ४,४४१,४१७ ९२.२७‏%
अमान्य वा बदर मत ३७२,०६९ ७.७३‏%
कूल मत ४,८१३,४८६ 100.00%
दर्ता भएका मतदाताहरू/मतदान ७,१९२,४५१ ६६.९२‏%

जनमत सङ्ग्रह २०३७ नेपालमा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा मतदान गराइएको थियो । राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमत सङ्ग्रह गर्ने घोषणा भयो । तात्कालिक राजा बीरेन्द्रले वि. सं. २०३६ साल जेठ १० गते जनमत सङ्ग्रहको घोषणा गरेका थिए।[१] वि. सं. २०३७ बैशाख २० गते जनमत सङ्ग्रहका लागि मतदान भएको थियो ।

उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो । अधिराज्यभर कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए । ४४ लाख ४१ हजार ४ सय १७ (९२ दशमलव २७ प्रतिशत) मतपत्र सदर भए । जनमतमा ३३ लाख जति महिला सहभागि भए । पहेलो रङ्गको पञ्चायत पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको बहुदलको पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत) प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो । चौधै अञ्चलमा बहुमत र जिल्लाको आधारमा ५४ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।

जनमत सङ्ग्रह केही तथ्याङ्क[सम्पादन गर्नुहोस्]

विक्रम सम्वत २०३६ जेठ १० (मे २४, १९७९) गते श्री ५बाट बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत विषयमा जनमत लिने घोषणा भयो । सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सं. २०३७ बैशाख २० (मे २, १९८०) गते जनमत सङ्ग्रह गरिने घोषणा भयो । जनमत सङ्ग्रहको परिणाम २०३७ साल जेठ १ (मे १४, १९८०) गते भएको थियो ।

विकल्प मत %
पञ्चायत २४,३३,४५२ ५४.८
बहुदलीय २०,०७,९६५ ४५.२
अमान्य/बदर मत ३,७२,०६९
कूल ४८,१३,४८६ 100
स्रोत: [२]

क्षेत्रको आधारमा[सम्पादन गर्नुहोस्]

विकल्प पहाड भित्री मधेश हिमाल तराई
मत % मत % मत % मत %
पञ्चायत ११,२६,१६९ ५७.२ ८७,९६५ ३४.० २,२८,६१७ ७१.१ ८,४८,७५४ ४४.६
बहुदलीय ८,४४,१२४ ४२.८ १,३९,०२१ ६६.० ८६,६५८ २८.९ ९,३८,१६२ ५५.४
अमान्य/बदर मत १,५८,५८१ ६०,६४५ २५,०६१ ६९,०४१
कूल २१,२७,६१५ १०० २,७८,७८० १०० ३,४०,३३८ १०० २०,६६,७५३ १००
स्रोत: [३]

यस जनमत सङ्ग्रहमा नेपालमा १० ,००६ र विदेशमा १९ वटा मतदान केन्द्र राखिएका थिए। पञ्चायतले ५५ जिल्लामा र बहुदलले २० जिल्लामा विजय प्राप्त गरेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२८ मिति सेतोपाटी डट कम
  2. Shaha, Rishikesh. Politics in Nepal 1980-1990. New Delhi: Manohar Publications, 1990. p. 69-70.
  3. Shaha, Rishikesh. Politics in Nepal 1980-1990. New Delhi: Manohar Publications, 1990. p. 69-70.

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]