सुमन पोखरेल
सुमन पोखरेल | |
---|---|
सुमन पोखरेल | |
जन्म | सुमन पोखरेल २१ सेप्टेम्बर १९६७ मिल्स एरिया, विराटनगर |
वासस्थान | १११ - बुद्धविहार मार्ग, वडा नम्बर ११, विराटनगर महानगरपालिका, नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | त्रिभुवन विश्वविद्यालय (बी.एस्सी, बी.एल, एम.बी.ए.) |
पेशा | लेखन |
चिनारीको कारण | कविता, गीत, अनुवाद |
उल्लेखनीय कार्य | जीवनको छेउबाट हजार आँखा यी आँखामा |
गृहनगर | विराटनगर |
उचाइ | ५ फिट ११ इन्च |
जीवनसाथी | गोमा ढुङ्गेल पोखरेल |
सन्तान | ओजस्वी पोखरेल, मनसुन पोखरेल |
मातापिता | मुकुन्दप्रसाद पोख्रेल, भक्तादेवी (इन्दु) पोख्रेल |
आफन्त | मिना पोखरेल (बहिनी), राजन पोखरेल (भाइ) |
पुरस्कार | सार्क साहित्य पुरस्कार २०१५ सार्क साहित्य पुरस्कार २०१३ परिकल्पना सम्मान २०१३ |
वेबसाइट | sumanpokhrel |
सुमन पोखरेल (अङ्ग्रेजी: Suman Pokhrel, जन्म: विक्रम सम्बत् २०२४, असोज ०५, (तदनुसार सन् १९६७, सेप्टेम्बर २१ ); नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् ।[१][२][३][४] उनका रचनाहरू विभिन्न भाषामा अनुदित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् ।[२][५]
सुमन पोखरेल एक महत्त्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि/लेखक हुन् ।[६][७][८]
प्रारम्भिक जीवन
सुमन पोखरेलको जन्म वि.सं. २०२४ असोज ५ गते मिल्स एरिया, विराटनगरमा पिता मुकुन्दप्रसाद पोखरेल तथा माता भक्तादेवीको कोखबाट भएको हो । एक शिक्षित तथा समृद्ध परिवारमा जन्मिएका पोखरेलले सानैदेखि जीवन अनुकुल वातावरण प्राप्त गरे ।[९][१०]
कवि सुमन पोखरेल पाँच वर्षको उमेरसम्म विराटनगरको बाल मन्दिरमा प्रारम्भिक बालविकासका लागि भर्ना भए । सात वर्षको उमेरदेखि पुर्खौली थलो धनकुटा नगरपालिकाको कचिडेमा हजुरआमाको रेखदेखमा उनको पालनपोषण भएको हो । उनका हजुरबुबा विद्यानाथ पोखरेल एक कवि तथा राजनितिज्ञ रहेका हुनाले नेपाली, हिन्दी तथा पौराणिक संस्कृत साहित्यले भरिभराउ हजुरबुबाको पुस्तकालयको कारण उनी सानै उमेरदेखि नै साहित्यसँग परिचित भए । बाह्र वर्षको उमेरमा उनी पुनः विराटनगर फर्केर आफ्ना आमाबाबुको साथमा बस्न थाले । शिक्षित तथा अध्यनशील आमाबाबुका छोरा पोखरेललाई घरको वातावरणले नै अध्ययन र साहित्यतिर आकर्षित गर्यो ।[९][९][११][१२]
शिक्षा
पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातक, वाणिज्य प्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातकको उपाधी हासिल गरेका छन् ।[९][१३]
सिर्जनशीलता
सन् १९९५ मा शाखा अधिकृतको रूपमा नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका पोखरेलले सेवा त्याग गरी सन् १९९८ देखि अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेसनलमा सम्बद्ध भई विकासकर्मीको रूपमा कार्य गर्न थाले । उनको कार्यको प्रकृति विभिन्न दुर्गम क्षेत्रहरूको भ्रमण रहेको थियो । विकट पहाडको बसाइताका विकासबाट वञ्चित दुर्गम गाउँहरू घुम्दै जाँदा त्यहाँका बालबालिका, महिला र पुरुषहरूको कठोर जीवनले उनको अन्त:स्करण लाई निकै गहिरोसँग छोयो । उनले दृष्टीगत गरेका जीवनका विविध रूपहरूको फलस्वरूप उनको आन्तरिक कवि अझ बढी संवेदनशील भयो । भोजपुर जिल्लाको एक गाउँको भ्रमणका बखत नै उनले गाउँको चरम विकटताको चित्रण गरिएको एक कविता खोरम्पा लेखे । उनले सो कवितामा जीवनका कठोरतम् भोगाइलाई सुन्दर ढङ्गले सुन्दर शब्दहरूले सुसज्जित गरी पोखेका छन् ।[१३]
नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, उर्दू तथा बङ्गाली भाषाहरूमा पकड भएका पोखरेलले बहुभाषामा कलम चलाएका छन् । उनका नेपालीमा दुईवटा कवितासङ्ग्रह तथा एउटा गीतसङ्ग्रह प्रकाशित छन् । उनका गीतहरू विभिन्न गायकका एल्बममा समावेश भएका छन् । पोखरेलका अनुवाद तथा केही निबन्ध विविध सङ्कलनहरूमा समाविष्ट रहेका तथा विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । पोखरेलद्वारा लिखित नाटक नेपालबाहिर प्रदर्शित भइसकेको छ । उनी चित्रकारमा रूपमा पनि सकृय रहेका छन् । [१०][१४][१५][१६][१७]
पोखरेलका कविताका अङ्ग्रेजी अनुवादहरू स्नो जेवल,[१८] लाइफ एण्ड लिजेन्ड,[५] सङ् वी शेयर,[२] स्वीट एण्ड सावर ड्रीम्स,[१९]
ग्लोबल पोयट्री,[२०] लर्निङ एण्ड क्रिएटिभिटी, [२१] ग्रे स्प्यारो,[२२] प्राच्य रिभ्यू,[३] क्यालिफोर्निया क्वाटर्ली,[२३] एसियन सिग्नेचर वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०३ मिति[२४] लगायतका विभिन्न अन्तर्राष्ट्रीय साहित्यिक पत्रिकाहरूमा प्रकाशित छन् ।[२५][२६][२७] कवि पोखरेलले सार्क साहित्य सम्मेलन, सार्क चार्टर दिवस तथा अन्य नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रीय साहित्यिक सङ्गोष्ठीहरूमा आफ्ना रचनाहरू प्रस्तुत गरेका छन् ।[२८]
कवि पोखरेलका कविताको धेरैजसो अङ्ग्रेजी अनुवाद अभि सुवेदीद्वारा गरिएका छन् ।[३][५][२२][२९] उनका केही कविताहरू उनी आफैँले अनुवाद गरेका छन्[३०] भने केही मुकुल दाहाल,[३१] तथा मनु मन्जिललगायतका अनुवादकहरूले अनुवाद गरेका छन् । [१४][१६][३२]
सुमन पोखरेलका कविता अङ्ग्रेजीका अतिरिक्त बङ्गाली,[१४] फ्रेन्च,[३३] जर्मन,[३४] हिन्दी,[३५] इटालियन,[३२] पर्सियन[१६] तथा स्पेनिश[३६] भाषाहरूमा अनुदित भई विभिन्न स्थानबाट प्रकाशन हुने प्रिन्ट तथा अनलाइन पत्रिकाहरूमा प्रकाशित भएका छन् । उनका कविताका ती अनुवादहरू विभिन्न देशका विभिन्न अनुवादकहरूका साथै उनी आफैँले पनि गरेका छन् । [८]
अनुवादकका रूपमा पोखरेलले विभिन्न देशका अनेका कविका कवितालाई नेपालीमा अनुवाद गरेका छन् । उनले अनुवाद गरेका केही प्रसिद्ध कविहरूमा अन्ना आख्मातोभा[३७], अन्ना स्वीर[३८], एलेन गिन्सबर्ग[३९], डेलमिरा अगस्टिनी[४०], फैज अहमद फैज[४१], फरोग फारूखजाद[४२], गाब्रिएला मिस्ट्रल[४३], गुलजार[४४], ज्याक प्रेभर[४५], मोहमुद दरविस[४६], नाजिक अल मलाइका[४७][४८], नाजिम हिकमत[४९][५०], निजार कब्बानी[५१], ओक्टाभियो पाज[५२][५३], पाब्लो नेरुदा[५४], साहिर लुधियानवी[५५], सिल्भिया प्लाथ[५६], यहुदा अमिसाई[५७] रहेका छन् । उनले आद्याशा दास,[५८] हेलेन कार्डोना,[५९] शीमा कलबासी,[६०] मोहम्मद नागिब अलरामादी,[६१] छादोर वाङ्ग्मो,[६२] कामिनी कामायनी,[६३] रिता साञ्चियोनी,[६४] अशोक कुमार पाण्डेय[६५] लगायतका विभिन्न मुलुक तथा भाषाका समकालिन कविका कवितालाई नेपालीमा अनुवाद गरेका छन् । [१२][१३]
पोखरेलले महाकवि लक्ष्मीप्रसाद देवकोटा,[६६] तथा गोपालप्रसाद रिमाल,[६७] भूपी शेरचन,[६८] हरिभक्त कटुवाल, ईश्वरवल्लभ,[६९] अभि सुवेदी,[७०] कृष्णभूषण बल,[७१] दिनेश अधिकारी, ज्योति जङ्गल, मुकुल दाहाल, मुकुन्द प्रयास, धिरज राई, दिपक सम्चु, अर्जुन ढुङ्गाना, विराट अनुपम, शुभलक्ष्मी लम्साल, गीता त्रिपाठी, भूपिनलगायत कविहरूका कविता अङ्ग्रेजी, हिन्दी तथा उर्दु भाषामा अनुवाद गरेका छन् । [१५][७२] महाभारतकी पात्र द्रौपदीमा आधारित सुमन पोखरेलको नाटक याज्ञसेनी सन् २०१६ देखि अमेरिका तथा भारतका विभिन्न शहरहरूमा सुनिल पोखरेलको निर्देशनमा प्रदर्शन हुँदै आएको छ । [७३]
चित्रकारका रूपमा पोखरेलले अनेकौँ पुस्तकहरूलाई आवरण कला दिएका छन् । उनले विश्वेश्वरप्रसाद कोइरालाको कथा तीन घुम्तीमाथि बनाएको चित्र गुराँस पुस्तकालय, विराटनगरमा सङ्ग्रहित छ । [१०][७४]
ताजमहल र मेरो प्रेम
सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ ।
फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो।
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।
उभिएर आज
यो ताजमहल अगाडि;
सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू,
प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू,
परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू
र
आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु।
यस बेला म
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई
वा सम्झिरहेछु आफैँलाई ?
भ्रमित छु
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर ।
शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो ।
कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।
लेखनशैली
सुमन पोखरेललाई आफ्ना पाठकलाई काव्यात्मक चमत्कारले उठाएर नयाँ उचाइमा पुर्याउने र जीवनका आम विषयवस्तु प्रति संवेदनशील हुन वाध्य पार्ने सशक्त कोमल स्वरका कविका रूपमा व्याख्या गरिएको छ । "उनका (सुमनका) कविताहरू जीवन र जगतका अनेक विचित्रताहरू बीच छिर्दछन् र तिनका लुकेका पक्षहरूको उद्घाटन गर्दछन् । उनका शब्द चयनको खेलले पाठकको मष्तिस्कमा मायवी चित्रहरू कोरिदिन्छन् ।" भनेर पोखरेलका कविताको समीक्षा गरिएको छ । [१][२६]
लाइफ एन्ड लिजेन्डले पोखरेलका कविताको समिक्षा गर्दै,'पोखरेलका कविताहरू जीवन र जगतका अनेक विचित्रताहरू बीच छिर्दछन् र तिनका लुकेका पक्षहरूको उद्घाटन गर्दछन् । उनका शव्द चयनको खेलले पाठकको मष्तिस्कमा मायवी चित्रहरू कोरिदिन्छन् ।' भनेको छ ।[५]
पोखरेलको आगाले भिजेको आकाश शीर्षकको कविताको व्याख्यामा अभि सुवेदी लेख्छन्,- 'त्यो कविपात्रको उक्ति सामर्थ्य नै सिर्जनाले बनिएको छ । उसको खोजीमा जेन चित्रकार र कविका जस्ता सहज र वोधगम्य बिम्बहरूका नाटकीय खेलहरू हुन्छन् । त्यो खोजमा परमआनन्द बुझाउने क्षणहरूका आभाष पाइन्छन् । यस्ता क्षणहरू जसको प्रयोग गर्दा कविपात्र विचलनमा परेको छैन । त्यहाँ निजत्व छ तर त्यो निजत्व एक खोजीको रूपक भएकोछ । त्यसको पछिल्तिर एउटा चाहनाको आकाश छ ।'[१२] उनको अर्को कविता केटाकेटीको समीक्षा गर्दै भरतीय लेखिका अनुजा घोष लेख्छिन्, "सुमन पोखरेलको कविता 'केटाकेटी'ले पाठकको चेतनामा कोमलता भरिदिन्छ । कविले बालकको निश्छलतालाई प्राकृतिक विम्वहरूका माध्यमबाट व्याख्यातीत चित्रण गरेका छन् । कविताको अन्त्यमा छोडिएको आलङ्कारिक प्रश्नले पाठकको मष्तिस्कमा एउटा अमिट छाप छोड्दछ ।"[७५]
कवि पोखरेल पुराना मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्ने कविका रूपमा देखिन्छन् । उनको कविता ताजमहल र मेरो प्रेम यसको एक सशक्त दृष्टान्त हो । सो कवितामा उनले ताजमहलको विशालता र हालसम्म रही आएको मान्यतालाई कलात्मक तरिकाले चुनौती दिएका छन् । समीक्षक तथा समकालिन कविहरूले उनको सो कवितालाई ताजमहल जतिक्कै कलात्मक भनेर व्याख्या गरेका छन् ।[१३][७५]
पोखरेलका कविताको समालोचना गर्दै दधिराज सुवेदीले आफ्नो पुस्तक ‘नेपाली साहित्यका मुस्कानहरू’मा “’कवितामा मानव प्रेमको उत्कर्ष चाहिन्छ, कविता अभिव्यक्तिको उच्चतम माध्यम बन्नुपर्दछ, कविता स्वतन्त्रताका लागि लेखिनुपर्दछ । कविता न्याय, प्रेम र जीवनका वारेमा लेखिएको हुनुपर्दछ' भन्ने विचारका धनी सुमन पोखरेलका सिर्जनामा शालीनता छ । उनी शिल्प र कथ्य दुवै प्रकारले व्यक्ति वा समाजका पीडालाई पारदर्शी ढङ्गले प्रस्तुत गर्दै समाजलाई सुख, शान्ति एवम् आनन्दको अनुभूति दिलाउँछन् ।“ भनेका छन् ।[१०]
पोखरेलका गीतहरू साङ्गीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिएका छन् । कथाकार परशु प्रधानले पोखरेलको गीत सङ्ग्रह हजार आँखा यी आँखामाको प्रकाशकीयमा लेखेका छन्, "सुमनका कविताहरू ओखर जस्ता पनि छन् । तर यसभित्रका गीतहरू भने ललिपप लाग्छन् । यी गीतहरूमा कोमल र सरल अनुभूतिहरूले कल्पनाको आकाशमा राम्ररी उडान भर्न पाएका छन् । ... सुमन पोखरेलका गीतहरू साहित्यिक गीत हुन् र यिनका साहित्यिक मूल्य उल्लेखनीय छन् ।" पोखरेलका गीतबारे कवि कृष्णभूषण बलले आफ्नो भनाइ यसरी व्यक्त गरेका छन्- 'गीतको बोटमा फुलेको फूलको नाम नै सुमन पोखरेल हो ।' कवि तथा गीतकार दिनेश अधिकारीले हजार आँखा यी आँखामा पोखरेलको आगमनलाई 'तपाईँ मनबाट गीतको दुनियाँमा आउनु भएको छ । म, अलि अगाडिदेखि यो दुनियाँ भोगिरहेछु । तपाईँको आगमन त्यसैले पनि मलाई प्यारो लागिरहेछ, न्यानो लागिरहेछ । म तपाईँलाई गीतको यो दुनियाँमा स्वागत गर्छु। तपाईँको यो आगमनलाई मैले आफ्नै अर्थमा ग्रहण गरेको छु । तपाईँ आउनु भएकोले- आफू आएको अवस्थालाई सार्थक ठानिरहेको छु।' भनेर स्वागत गरेका छन् । आफ्ना मनका भावनाहरू माया र प्रणयका स्वरहरूमा सुरुचिपूर्ण ढङ्गले व्यक्त गर्ने कवि सुमनका सम्प्रेषणीय भावनाहरूप्रति पूर्ण सहमत हुँदै साहित्यकार शिव रेग्मी भन्छन्,-"हजार आँखा यी आँखामाभित्रका एकसट्ठी गीतहरू नेपाली गीति फाँटका एकसट्ठी सुन्दर गेय फूलहरू हुन् जसले हाम्रो इतिहासमा नयाँ मोडहरूको उद्घाटन गर्ने छन् ।[१][७६]
उनले अन्य भाषाबाट नेपालीमा गरेका अनुवादहरू सशक्त अनुवाद मानिएका छन् । कवि तथा समालोचक गीता त्रिपाठीले पोखरेलद्वारा अनूदित कविताहरूको सङ्ग्रह मनपरेका केही कविताले नेपाली अनुवाद साहित्यमा नयाँ दैलो खोलेको विचार व्यक्त गरेकी छन् । सो पुस्तकको बारेमा कवि मोमिलाले शब्दभन्दा पनि मूल कविताको भाव र आत्मामा बढी केन्द्रित भएर अनुवाद गरिएको हुनाले संग्रहका कविता नेपाली कविता नै भएर आएको बताएकी छन् भने कवि तुलसी दिवसका अनुसार उक्त पुस्तकमा सङ्ग्रहित कविताहरू अनुवाद जस्तो नलागेर मौलिक नेपाली कविता लाग्नुले अनुवादकको सामर्थ्य देखाएको धारणा राखेका छन् । कवि विप्लव प्रतीकले मूल कृतिको आत्मा नमारी मौलिक नेपालीजसरी अनुवाद भएको सो संग्रहले नेपाली अनुवादसाहित्यमा स्पस्ट उपस्थिति जनाएको धारणा व्यक्त गरेका छन् ।[७७][७८][७९][८०]
प्रभाव तथा प्रतिग्रहण
सुमन पोखरेललाई सार्क साहित्य पुसस्कारबाट दुई पल्ट विभूषित गरिएको छ । उनका विभिन्न कविताका अंशहरूलाई विभिन्न मुलुकका लेखकहरूले आफ्ना लेखहरूमा उद्धृत गरेका छन् । ‘द हिन्दू’मा प्रकाशित रनिङ अन पोयट्री: द वुन्डेड वर्ल्ड शीर्षकको कवितासम्बन्धी लेखमा डा. श्रीविद्या शिवकुमारले पोखरेलको कविता हरेक बिहानबाट एक अंश उद्धृत गरी आफ्नो लेख शुरु गरेकी छन् ।[८१] सोही कविताको एक अंशबाट शुरू गरेर मीनाक्षी मोहनले मन्ना बहादुरको एउटा पुस्तकको समीक्षा गरेकी छन् । [८२] पोखरेलको कविता बर्सात्मा बुद्धको मूर्तिसामूको एउटा हरफ उद्धृत गरी अतुला गुप्ताले ‘डेक्कन हेराल्ड’ मा प्रकाशित इन्भाइरोन्मेटल राउन्ड अप शीर्षकको आफ्नो लेख शुरू गरेकी छन् ,[८३] भने मोना मेहताले ‘स्पिकिङ ट्री’मा प्रकाशित दक्षिण एसियाली सम्पदासम्बन्धी आफ्नो लेख इन्डिक रिजन: शेयर्ड हेरिटेज पोखरेलको कविता ‘खोजिरहेछु एउटा हृदय’लाई उद्धृत गरी शुरू गरेकी छन् ।[८४] ‘साइकोलोजी टुडे ‘मा प्रकाशित हु वान्ट्स टु बी नर्मल शीर्षकको आफ्नो लेखमा एमेली टी ट्रोस्कियान्कोले पोखरेलको कविता निर्णय गर्नुअघि को अन्तिम स्टेन्जालाई उद्धृत गरेकी छन् । [८५]
सुमन पोखरेलका कविताहरू विश्वविद्यालयका सिलेबसमा राखिएका छन् । उनको 'ताज महल र मेरो प्रेम' शीर्षकको कविता पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा राखिएको छ, भने उनको कविता 'हाटमा उभिएर'को अङ्ग्रेजी अनुवाद त्रिभूवन विश्वविद्यालयको वि.एड. को सिलेबसमा राखिएको छ । उनका कविताकी प्रशंसक फ्रान्सकी एन्ड्रिया फर्नान्डिजले उनका कविताका अंशहरू आफ्ना पाखुरामा ट्याटु गरेकी छन् ।[८६]
मुख्य कृतिहरू
कविता मान्छेले लेख्न सक्दैन, कविता लेख्न कवि नै हुनुपर्दछ । कवि सँधै कवि रहिरहँदैन र सक्दैन पनि । आम मान्छे नै विशेष अवस्थामा कवि हुने गर्दछ, अथवा कवि ज्यादाजसो समय आम मान्छे भएर बाँचेको हुन्छ । मान्छे कवि भएको विशेष अवस्थाको अनुभूतिजन्य भावलाई कल्पनाशिलता तथा शब्दसामर्थ्यको ओजले कलात्मकरूपमा गरिएको विम्बात्मक सम्प्रेषण नै कविता हो ।
-सुमन पोखरेल
कविता
- "शून्य मुटुको धड्कनभित्र", २०५६, वाणी प्रकाशन, विराटनगर[८८][८९]
- हजार आँखा यी आँखामा २०५९, वाणी प्रकाशन, विराटनगर, ISBN ९७८९९९३३६५६३७[७६][९०][९१]
- जीवनको छेउबाट, २०६६, वाणी प्रकाशन, विराटनगर, ISBN ९७८९९९४६२६५५६ [९२][९३]
कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै कविताका अर्थ हुन् । कविताका शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुन्छन् । भाषा भनेको त्यही दृष्य र सङ्गीतको सम्मिश्रण हो । हामी दृष्य र सङ्गीत बोल्ने गर्छौँ ।
- सुमन पोखरेल, मनपरेका केही कविता
नाटक
अनुवाद
कविता
- मनपरेका केही कविता २०७४, शिखा बुक्स, काठमाडौँ, ISBN 978-9937-9244-5-0[७८][७९][८०][९५][९६][९७][९८][९९]
- नेपालीमा अनुवादः गुलजार [४४], साहिर लुधियानवी [५५], लगायत विभिन्न विदेशी कविहरूका कविताहरू नेपालीमा अनुवाद ।
- हिन्दीमा अनुवाद: महाकवि लक्ष्मीप्रसाद देवकोटा; तथा कविहरू गोपालप्रसाद रिमाल, भूपी शेरचन, अभि सुवेदी, कृष्णभूषण बल आदिका कविता । [१००]
- अङ्ग्रेजीमा अनुवादः ईश्वर बल्लभ, हरिभक्त कटुवाल, अभि सुवेदी, मञ्जु काँचुली, दिनेश अधिकारी, उपेन्द्र सुब्बालगायत कविहरूका कविताको अङ्ग्रेजीमा अनुवाद ।[१०१][१०२]
कथा
- इन्दिरा दाँगीका हिन्दी भाषाका कथाहरू नेपालीमा अनुवाद[१०३][१०४][१०५]
नाटक
- आँधीबेहरी, २०७५, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ ISBN 978-9937-723-08-4 - विलियम शेक्सपियरको नाटक द टेम्पेस्टको नेपाली अनुवाद[१०६]
पुरस्कार तथा सम्मान
अन्तर्राष्ट्रिय
- सार्क साहित्य पुरस्कार २०१५, फाउन्डेशन अफ् सार्क राइटर्स एन्ड लिटरेचर [७]
- सार्क साहित्य पुरस्कार २०१३, फाउन्डेशन अफ् सार्क राइटर्स एन्ड लिटरेचर[१०७][१०८]
- परिकल्पना अवार्ड, २०१३, परिकल्पना समय, भारत [१०९]
राष्ट्रिय
- बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कार २०७८[११०]
- विराटनगर जेसिसद्वारा साहित्यका लागि जेसिस सम्मान २०१५[१११]
- व्यक्ति वर्ष (साहित्य) २०१५ - युथ फर ब्लड [११२]
- आरोहण गुरुकुलद्वारा आरोहण विशेष सम्मान २०१३[११३]
- जयेन्द्र वर्षको उत्कृष्ट पुस्तक अवार्ड, जयेन्द्र प्रसाई एकाडेमी २०१० .[११४]
रेकर्ड भएका गीत
गीतको बोल | सङ्गीतकार | गायक | रिलिज भएको वर्ष | एल्बम |
---|---|---|---|---|
कति मीठा कति न्याना | वेदनिधि पौडेल | देवेश राई | २०७२ | |
धर्ती आकाशभन्दा पर | वेदनिधि पौडेल | सिजन दाहाल | २०६९ | मधुमास |
तिमी र म अनि यो मधुमास | वेदनिधि पौडेल | सिजन दाहाल | २०६९ | मधुमास |
सँगै बिताउने यो रातलाई | वेदनिधि पौडेल | सिजन दाहाल | २०६९ | मधुमास |
अलिकति म बाँचुँला | वेदनिधि पौडेल | देवेश राई | २०६९ | मधुमास |
न त दिन भयो, न त रात भयो | वेदनिधि पौडेल | दिपेन राई | २०६८ | |
रातभरि रोएँ म त | रामकुमार राजधामी | मनोज मगर | २०६७ | |
आज यो अँध्यारोले | वेदनिधि पौडेल | सम्झना राई | २०६७ | |
सत्ते होला उनीसँग | वेदनिधि पौडेल | शीला राई | २०६७ | |
पग्लिएर पोखिऊँझै | वेदनिधि पौडेल | वेदनिधि पौडेल | २०६७ | |
कति मीठा कति न्याना | वेदनिधि पौडेल | वेदनिधि पौडेल | २०६६ | |
डुबेर यो संसार तलाउमा | वेदनिधि पौडेल | वेदनिधि पौडेल | २०६० | मधुरस |
आज यो अँध्यारोले | वेदनिधि पौडेल | वेदनिधि पौडेल | २०५७ | छड्के नजर |
सन्दर्भ सूची
- ↑ १.० १.१ १.२ "सुमन पोखरेल", फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर, अन्तिम पहुँच २०१७-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०१ मिति
- ↑ २.० २.१ २.२ के. सच्चिदानन्दन तथा अजीत कौर, सम्पादक (२०११), द सङ् वी शेयर, फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर, ISBN 8188703214, पृ: ८८, १७९, २५५।
- ↑ ३.० ३.१ ३.२ पोखरेल, सुमन (१२ सेप्टेम्बर २०१५), शाफिनुर शाफिन, सम्पादक, "Two Poems by Suman Pokhrel" [सुमन पोखरेलका दुई कविता], प्राच्या रिभ्यू, अन्तिम पहुँच २०१७-०८-०९।
- ↑ Suman Pokhrel[स्थायी मृत कडी]
- ↑ ५.० ५.१ ५.२ ५.३ पोखरेल, सुमन, कल्पना सिँह-चिटनिस, सम्पादक, "Suman Pokhrel Translated by Dr Abhi Subedi" [सुमन पोखरेलका अभि सुवेदीद्वारा अनुदित दुई कविता], लाइफ एण्ड लिजेन्ड्स, अन्तिम पहुँच २०१७-०८-०९।
- ↑ "SAARC Literary Award ::", en.wikipedia.org, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ ७.० ७.१ हिन्दुस्तान टाइम्स, नयाँ दिल्ली, शनिबार, फ्रेब्रुवरी १४, २०१५
- ↑ ८.० ८.१ "दुईपटक ‘सार्क पुरस्कार’ पाएका कवि पोखरेल भन्छन् : ट्रेन्डबाहिरको आविष्कार हो कविता", लोकान्तर, शनिवार २७ कात्तिक २०७३, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२८ मिति
- ↑ ९.० ९.१ ९.२ ९.३ Rai, Deepak (2017). आमाको आशीर्वाद (M.A.). Tribhuvan University. p. 27.
- ↑ १०.० १०.१ १०.२ १०.३ सुवेदी, दधिराज (२०१३), नेपाली साहित्यका मुस्कानहरू, विराटनगर: पूर्वाञ्चल साहित्य प्रतिष्ठान, ISBN 978 9937248266।
- ↑ बानियाँ, प्रवीण (२६ Sep २०१५), "मेरो दोस्रो अम्मल कविता - सुमन पोखरेल" [Poetry is My Second Passion – Suman Pokhrel], nagariknews.com, अन्तिम पहुँच २०१७-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२५ मिति
- ↑ १२.० १२.१ १२.२ सुवदेी, अभि (२०१३), साहित्य र आमवृत्त, काठमान्डु: मदर पब्लिकेशन, ISBN 978 9937 852531, OCLC 867694631, पृ: १८९।
- ↑ १३.० १३.१ १३.२ १३.३ पुत्र, गण्डकी (२६ अप्रिल २०१३), "सुमन एक : सुवास अनेक", nagariknews.com, नागरिक राष्ट्रिय दैनिक।
- ↑ १४.० १४.१ १४.२ Pokhrel, Suman (सेप्टेम्बर २०१६), "কীভাবে নিকটে আসতে পারি ? কীভাবে?" [How Would I Come Closer?], in Padmaja Iyengar, Poetic Prism 2016 [International Multilingual Poetry Anthology] (Andra Pradesh, India: The Cultural Center of Vijayawada and Amarawati): ८३।
- ↑ १५.० १५.१ "सुमन पोखरेल :: कविता कोश", Kavita Kosh, अन्तिम पहुँच २०१७-०८-०४।
- ↑ १६.० १६.१ १६.२ Pokhrel, Suman (२०१५), "تو خودت هستی" [You are, as You are] (Parsianमा), Kabulnath, अन्तिम पहुँच २०१७-०८-०७।
- ↑ Devkota, Lakshmi Prasad (२०१५), "Musafir by Lakshmi Prasad Devkota مسافر - شاعر عظیم لکشمی پرساد دےوكوٹا" (Urduमा), Creative Point, अन्तिम पहुँच २०१७-०८-०४ – YouTubeद्वारा।
- ↑ Pokhrel, Suman (१ मार्च २०१५), "Home", in Daine Smith, Snow Jowel (USA: Grey Sparrow Press) (6): १३, आइएसएसएन 2157-3646।
- ↑ के. सच्चिदानन्दन तथा अजीत कौर, सम्पादक (२०११), स्वीट एण्ड सावर ड्रीम्स, फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर, ISBN 8188703206, पृ: १२७।
- ↑ Pokhrel, Suman, "Fever", Global Poetry।
- ↑ Pokhrel, Suman, Lopa Banerjee, सम्पादक, "I Shall Bid No Farewell (Poetry Month Special)", Learning & Creativity, अन्तिम पहुँच २०१७-०८-०९।
- ↑ २२.० २२.१ Pokhrel, Suman, "Before Making Decisions", in Diane Smith, Grey Sparrow, Grey Sparrow Press, अन्तिम पहुँच २०१७-०८-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०३ मिति
- ↑ Pokhrel, Suman (२०१५), Margaret Saine, सम्पादक, "Before Buddha's Statue in The Rain" 41 (3), California Quarterly, अन्तिम पहुँच २०१७-०८-०९।
- ↑ Pokhrel, Suman, Surabhi Bhattacharjee, सम्पादक, "Heat", Asian Signature, अन्तिम पहुँच २०१७-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०३ मिति
- ↑ K. Satchidanandan (सम्पादक), "Various Issues of Beyond Boarders", foundationsaarcwriters.com, Foundation of SAARC Writers and Literature, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१३ मिति
- ↑ २६.० २६.१ पोखरेल, सुमन (१३ मार्च २०१५), "द आर्ट अफ बिइङ् ह्यूमन", in डानियाला भिकु तथा ब्रायन रिक्सन, blurb.com १३, ब्लर्ब बुक्स, पृ: १८-२३, अन्तिम पहुँच २०१७-०८-१०, ISBN ९७८१७७२३५०१११।
- ↑ Pokhrel, Suman (७ जुन २०१३), "The Art of Being Human Volume 4 An Anthology of International Poetry", in Daniela Voicu & Brian Wrixon, blurb.com, Blurb Books, पृ: ५०-५५, अन्तिम पहुँच २०१७-०८-०९, ISBN ९७८१९२७६८२४३२।
- ↑ https://en.wikipedia.org/wiki/Suman_Pokhrel
- ↑ Pokhrel, Suman (अप्रिल २९, २०१५), "May I Not See Dreams", Learning and Creativity, अन्तिम पहुँच २०१७-०८-०५।
- ↑ Pokhrel, Suman, "A Reminiscent Candlelight"।
- ↑ Pokhrel, Suman, "Children"।
- ↑ ३२.० ३२.१ Pokhrel, Suman (सेप्टेम्बर २०१६), "L Colore Dell'Orizzonte" [Color of Horizon], in Padmaja Iyengar, Poetic Prism 2016 [International Multilingual Poetry Anthology] (Italianमा) (Andra Pradesh, India: The Cultural Center of Vijayawada and Amarawati): १७१।
- ↑ Pokhrel, Suman (सेप्टेम्बर २०१६), "LA FIÈVRE" [Fever], in Padmaja Iyengar, Poetic Prism 2016 [International Multilingual Poetry Anthology] (Frenchमा) (Andra Pradesh, India: The Cultural Center of Vijayawada and Amarawati): ९९।
- ↑ Pokhrel, Suman (२४ जुलाई २०१६), "Sehnsucht" [Desire] (Germanमा), Godreads, अन्तिम पहुँच २०१७-०८-०९।
- ↑ Pokhrel, Suman (सेप्टेम्बर २०१६), "क्षितिज का रंग" [Color of Horizon], in Padmaja Iyengar, Poetic Prism 2016 [International Multilingual Poetry Anthology] (Hindiमा) (Andra Pradesh, India: The Cultural Center of Vijayawada and Amarawati): १६२।
- ↑ Pokhrel, Suman (२२ जुलाई २०१६), "TU ERES, COMO TU ERES", Godreads, अन्तिम पहुँच २०१७-०८-०७।
- ↑ "अन्ना आख्मातोभा / त्यस्ती ठानेछौ तिमीले मलाई" [You Thought I Was That Type], nepalikalasahitya.com (Nepaliमा), नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "अन्ना स्वीर / म र मेरो म" [Myself and My Person], goodreads.com (Nepaliमा), १४ अगस्ट २०१४, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "एलेन गिन्सबर्ग / अमेरिका" [America] (Nepaliमा), सिर्जनविन्दु via youtube, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "डेलमिरा अगस्टिनी / निशागान" [Nocturno], nepalikalasahitya.com (Nepaliमा), नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०६ मिति
- ↑ "फैज अहमद फैज / फैज अहमद फैजका दुई कविता" [Two Poems of Faiz Ahmad Faiz], setopati.com (Nepaliमा), सेतोपाटी, ३ डिसेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "फरोग फारूखजाद / पाप" [The Sin], nepalikalasahitya.com (Nepaliमा), नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०६ मिति
- ↑ "गाब्रिएला मिस्ट्रल / गुलाफ" [The Rose], goodreads.com (Nepaliमा), १० नोभेम्बर २०१२, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ ४४.० ४४.१ - (११ अगस्ट २०१५), "गुलजार / चिहाउँछन् किताबहरू" [The Books Peep], goodreads.com (Nepaliमा), अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ Momila, सम्पादक (अप्रिल २०१५), "ज्याक प्रेभर / पारिवारिक जीवन" [Family Life], Kalashree (Nepaliमा) (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 5 (5): ३५४।
- ↑ "मोहमुद दरविस / परिचयपत्र" [Identity Card], goodreads.com (Nepaliमा), १७ डिसेम्बर २०१२, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "नाजिक अल मलाइका / पीडाको वन्दना" [Hymns to Pain], setopati.com (Nepaliमा), २९ अक्टोबर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "नाजिक अल मलाइका / नयाँ वर्ष" [New Year], nepalikalasahitya.com (Nepaliमा), नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०६ मिति
- ↑ Momila, सम्पादक (अप्रिल २०१५), "नाजिम हिकमत / हृदयरोग" [Angina Pectoris], Kalashree (Nepaliमा) (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 5 (5): ३५२।
- ↑ "नाजिम हिकमत / मैले थाहा नपाएका मलाई मनपर्ने चिजहरू" [Things I Didn'T Know I Loved], setopati.com (Nepaliमा), सेतोपाटी, २२ अक्टोबर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "निजार कब्बानी / दु:खको महाकाव्य" [The Epic Of Sadness], setopati.com (Nepaliमा), सेतोपाटी, १२ नोभेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ Momila, सम्पादक (अप्रिल २०१५), "ओक्टाभियो पाज / यी क्लिसेहरू धेर भए" [No More Cliches], Kalashree (Nepaliमा) (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 5 (5): ३५१।
- ↑ "ओक्टाभियो पाज / मैथुन" [Maithuna], setopati.com (Nepaliमा), सेतोपाटी, १२ नोभेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "पाब्लो नेरुदा / आजको रात सर्वाधिक दुःखद पङ्ति लेख्न सक्छु" [Tonight I Can Write The Saddest Lines], goodreads.com (Nepaliमा), ११ सेप्टेम्बर २०१३, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ ५५.० ५५.१ "साहिर लुधियानवी / ताजमहल" [The Tajmahal], goodreads.com (Nepaliमा), २० अगस्ट २०११, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "सिल्भिया प्लाथ / लेडी लेजरस" [Lady Lazarus], goodreads.com (Nepaliमा), १९ मे २०१३, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "यहुदा अमिसाई / थाह छैन, दोहोरिन्छ-दोहोरिन्न इतिहास / अनुवाद - सुमन पोखरेल", २९ अगस्ट २०१५, अन्तिम पहुँच २०१८-०२-२८।
- ↑ Das, Adyasha (अप्रिल २०१५), "पित्तलको फूल (The Brass Flowers)", in Momila, Kalashree (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 5 (5): ३६०।
- ↑ Cardona, Helene (अप्रिल २०१५), "ढुङ्गो (Stone)", in Momila, Kalashree (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 6 (6): ४१२।
- ↑ Momila, सम्पादक (२०१७), "शीमा कलबासी / पहिलो पाठ – बिरामीको मृत्यु भयो" [Lesson One: Patient Dies] (Nepaliमा), Kathmandu: Nepali Kala Sahitya Dot Com Pratisthan, अन्तिम पहुँच २०१७-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-१५ मिति
- ↑ Elramadi, Mohamed Nagib (अप्रिल २०१५), "ऐनामा देखिने प्रतिविम्व (The Reflection of Mirror)", in Momila, Kalashree (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 5 (5): ३५९।
- ↑ Wangmo, Chador (२०१७), Momila, सम्पादक, "मृत्युः कसरी आउँछस् तँ?" [Death: How will you come?] (Nepaliमा), Kathmandu: Nepali Kala Sahitya Dot Com Pratisthan, अन्तिम पहुँच २०१७-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-१५ मिति
- ↑ Kamayani, Kamini (अप्रिल २०१५), "आतङ्की गाउँ", in Momila, Kalashree (Nepaliमा) (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 6 (6): ४०८।
- ↑ Stanzione, Rita (अप्रिल २०१५), "यदी (If)", in Momila, Kalashree (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 5 (5): ३५८।
- ↑ Panday, Ashok Kumar (अप्रिल २०१५), "हरेक ठाउँमा उस्तै थिएँ म", in Momila, Kalashree (Kathmandu, Nepal: Nepali Kala Sahitya Dot Com Pratisthan) 6 (6): ४११।
- ↑ देवकोटा, लक्ष्मीप्रसाद (१२ नोभेम्बर २०१६), "राही (यात्री) / लक्ष्मीप्रसाद देवकोटा / अनुवाद- सुमन पोखरेल", kavitakosh.org, कविताकोश, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "माँ का ख्वाब (आमाको सपना) / गोपालप्रसाद रिमाल / अनुवाद- सुमन पोखरेल", kavitakosh.org, कविताकोश, १२ नोभेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "घूमनेवाली कुर्सी पे एक अंधा (घुम्ने मेचमाथि अन्धो मान्छे) / भूपी शेरचन / अनुवाद - सुमन पोखरेल", kavitakosh.org, कविताकोश, १२ नोभेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "धूवेँ का जंगल (धुँवाको जंगल) / ईश्वरवल्लभ / अनुवाद - सुमन पोखरेल", kavitakosh.org, कविताकोश, २ जुलाई २०१७, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "आजकल मुझे (मलाई अचेल) / अभि सुवेदी / अनुवाद - सुमन पोखरेल", kavitakosh.org, कविताकोश, १२ नोभेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-०६।
- ↑ _/_सुमन_पोखरेल "दिल की जख्म (मनको घाउ) / कृष्णभूषण बल / अनुवाद- सुमन पोखरेल", kavitakosh.org, कविताकोश, १२ नोभेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-१०।[स्थायी मृत कडी]
- ↑ -, various (२०१७), Surabhi Bhattacharjee, सम्पादक, "Focus" 4 (April), Asian Signature, अन्तिम पहुँच २०१७-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०२ मिति
- ↑ "छुट्टाछुट्टै ‘सोलो’ नाटक लिएर अमेरिका जाँदै सुनील-निशा दम्पती", काठमान्डु: सेतोपाटी, १५ सेप्टेम्बर २०१६, अन्तिम पहुँच २०१७-०८-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०५ मिति
- ↑ कोइराला भण्डारी, सुशीला (२०१३), मेनका, विराटनगर: नेपाली साहित्य समिति, ISBN 97899३७२६९०४९।
|cover-art=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ७५.० ७५.१ Ghosh, Anuja (जनवरी २०१६), A poet to reckon with, Collage Times, पृ: ३३।
- ↑ ७६.० ७६.१ पोखरेल, सुमन, "हजार आँखा यी आँखामा", वाणी प्रकाशन, अन्तिम पहुँच २०१७-०८-०६।
- ↑ पोखरेल, सुमन (२०७४), "मनपरेका कविताको वृत्त - अभि सुवेदी", मनपरेका केही कविता, काठमाडौँ: शिखा बुक्स, ISBN ९७८९९३७९२४४५०।
|chapter type=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ७८.० ७८.१ तारकिणी, राजेन्द्र (२१ अप्रिल, २०१८), "‘मनपरेका केही कविता’ उत्कृष्ट अनुदित सङ्ग्रह भएको दाबी", news24nepal.tv, अन्तिम पहुँच २०१८-०६-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०६ मिति
- ↑ ७९.० ७९.१ "‘मनपरेका केही कविता’ बजारमा", thahakhabar.com, बैशाख ८, २०७५, अन्तिम पहुँच २०१८-०६-०६।
- ↑ ८०.० ८०.१ "‘मनपरेका केही कविता’ मा १५ विदेशी कविका सिर्जना", nepallive.com, बैशाख ८, २०७५, अन्तिम पहुँच २०१८-०६-०६।
- ↑ शिवकुमार, डा. श्रीविद्या (नोभेम्बर २०, २०१५), "रनिङ अन पोयट्रीः द वुन्डेड वर्ल्ड", अन्तिम पहुँच २०१८-०३-०८ – द हिन्दूद्वारा।
- ↑ मोहन, मीनाक्षी (मार्च ३, २०१८), "द कोर्स अफ नालन्दा", अन्तिम पहुँच २०१८-०३-०८ – द इन्डिया अब्जर्भरद्वारा।
- ↑ गुप्ता, अतुला (डिसेम्बर २९, २०१५), "An environmental round-up", डेक्कन हेराल्ड, अन्तिम पहुँच २०१८-०३-०८।
- ↑ मेहता, मोना (मार्च ३, २०१७), "इन्डिक रिजन: शेयर्ड हेरिटेज", Speaking Tree, अन्तिम पहुँच २०१८-०३-०८।
- ↑ ट्रोस्कियान्को, एमेली टी. (मार्च २, २०१८), "हु वान्ट्स टु बी नर्मल", साइकोलोजी टुडे, अन्तिम पहुँच २०१८-०३-०८।
- ↑ घिमिरे, माधव (२६ मे २०१८), "फ्रान्सेली पाखुरामा नेपाली कविता", kantipurdaily.com, अन्तिम पहुँच २०१९-०३-१८।
- ↑ गौतम दाहाल, सबिता (२०१०), "प्रकाशकीय - सुमन पोखरेल", नीलो सिमाना, विराटनगर: वाणी प्रकाशन, ISBN 9789994636594।
- ↑ पोखरेल, सुमन, "सुमन पोखरेल : शून्य मुटुको धड्कनभित्र", मदन पुरस्कार पुस्तकालय, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "Shoonya Mutuko Dhadkanbhitra - Wikidata"।
- ↑ "हजार आँखा यी आँखामा", मदन पुरस्कार पुस्तकालय, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "हजार आँखा यी आँखामा (कवितासङ्ग्रह)" (PDF), साझा शिक्षा ई-पाटीको ई-पुस्तकालय, अन्तिम पहुँच २०१७-०८-११। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति
- ↑ पोख्रेल, सुमन, "जीवनको छेउबाट", वाणी प्रकाशन, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "जीवनको छेउबाट (कवितासङ्ग्रह)" (PDF), साझा शिक्षा ई-पाटीको ई-पुस्तकालय, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति
- ↑ "छुट्टाछुट्टै ‘सोलो’ नाटक लिएर अमेरिका जाँदै सुनील-निशा दम्पती" [Sunil and Nisha are bringing two Solo Plays to USA], काठमाडौँ: कला सेतोपाटी, बिहीबार, भाद्र ३०, २०७३, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०५ मिति
- ↑ त्रिपाठी, गीता (२०७५), "अनुवादमा 'मनपरेका केही कविता'" (अङ्क ७), नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, पृ: ३५८-३५९।
- ↑ "अनूदित कवितासङ्ग्रह ‘मनपरेका केही कविता’ सार्वजनिक", ammarwani.com, ८ बैशाख २०७५ , शनिबार, अन्तिम पहुँच २०१८-०६-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-०६ मिति
- ↑ नेरुदा, पाव्लो (बैशाख ६, २०७५), "विश्वसाहित्य : तिम्रा गोडा (कविता)", nepallive.com, अन्तिम पहुँच २०१८-०६-०५।
- ↑ बसन्त, मीनराज (८ बैशाख २०७५, शनिबार), "कविता लेखकसँग होइन, पाठकसँग सम्बन्धित छ: सुमन पोखरेल", farakdhar.com, अन्तिम पहुँच २०१८-०६-०६।[स्थायी मृत कडी]
- ↑ "‘मनपरेका केही कविता’ बजारमा", samachardainik.com, सौर्य दैनिक, ०९ बैशाख २०७५, अन्तिम पहुँच २०१८-०६-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२५ मिति
- ↑ "सुमन पोखरेल :: कविताकोश", कविताकोश, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ सुवेदी, अभि; अधिकारी, दिनेश (१९ जुन २०१८), "शब्दको किनारैकिनार" [Along the Bank of Word], asiansignature.com, Asian Signature, अन्तिम पहुँच २०१८-०७-२३। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२३ मिति
- ↑ बल्लभ, ईश्वर (सेप्टेम्बर २०१७), "धूँवाको जङ्गल" [Jungle of Smoke], in Padmaja Iyegner, Poetic Prism (नेपालीमा) (Andra Pradesh, India: The Cultural Center of Vijayawada and Amarawati) 3 (3): ८९९।
- ↑ "बोतलको पानी", sahityasangraha.com, अप्रिल २९, २०१८, अन्तिम पहुँच २०१८-५-२१।
- ↑ दाँगी, इन्दिरा (०८ बैशाख २०७५), "दाहिने आँखो (मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)", annapurnapost.com, अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच २०१८-०५-२१।
- ↑ दाँगी, इन्दिरा (२५ मङि्सर २०७३), "बोतलको पानी (मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)", annapurnapost.com, अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच २०१८-०५-२१।
- ↑ शेक्सपियर, विलियम; पोखरेल, सुमन (२०७५) [१६१०-१६११ इ.सं.], आँधीबेहरी [The Tempest] (नेपालीमा) (पहिलो संस्करण), काठमान्डु: नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: ८४, आइएसबिएन 978-9937-723-08-4।
- ↑ 'Five writers honoured at SAARC Literature Festival', Hindustan Times, New Delhi, Monday, 11 March, 2013
- ↑ http://en.wikipedia.org/wiki/SAARC_Literary_Award
- ↑ "Parikalpna_Award", parikalpnakosh.org, परिकल्पना कोश, २०१३-०९-१३, अन्तिम पहुँच २०१७-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०४ मिति
- ↑ "आख्यानकार बिन्द्या सुब्बा र कवि सुमन पोखरेललाई पुरस्कृत गर्ने घोषणा", harekpalnews.com, २०२२-०३-२१, अन्तिम पहुँच २०२२-०३-२४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०६ मिति
- ↑ "बिराटनगर जेसिसको पोखरेल र सिग्देललाई सम्मान" [Biratnagar Jeycee Felicitats Pokhrel and Sigdel], Biratnagar, ८ नोभेम्बर २०१५, अन्तिम पहुँच २०१७-०८-१०।
- ↑ "“यूथ फर ब्लड”को सम्मान" [Youth for Blood Felicitats], Biratnagar, १८ अक्टोबर २०१५, अन्तिम पहुँच २०१७-०८-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०६ मिति
- ↑ "सुमनलाई सम्मान", Kantipur National Daily, २४ मार्च २०१३, पृ: ११।
- ↑ "जयेन्द्र प्रसाई साहित्य पुरस्कार कवि पोखरेललाई", Pratinidhibelgium.com, २०१०-०९-०६, अन्तिम पहुँच २०१४-०५-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति
यी पनि हेर्नुहोस्
बाह्य कडीहरू
- वेबसाइटः सुमन पोखरेल
- एभ्रिपिडीया[स्थायी मृत कडी]
- लाइब्रेरी अफ कङ्ग्रेस
- फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०४ मिति
- मेरो दोस्रो अम्मल कविता
- ताजमहल र मेरो प्रेम
- मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो
- पोयटस् एण्ड राइटर्स
- साउण्ड क्लाउड
- गुडरिड्स
- ग्लोबल पोयट्री
- लाइफ एण्ड लिजेण्ड्स
- पोयम हण्टर
- डेली मोसन
- अल पोयट्री
- पोयम जोन वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-१७ मिति
- अकुपाई पोयट्री
- कविता कोश
- क्वोटेसन्स वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
- लर्निंङ एण्ड क्रिएटिभिटी
- इन्टरनेट आर्काइभ
- ग्रे स्प्यारो प्रेस वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०३ मिति
- प्राच्य रिभ्यू
- क्वालिफोर्निया क्वाटर्ली
- द सङ् वी शेयर[स्थायी मृत कडी]
- क्वोट्स
- एसियन सिग्नेचर वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०३ मिति
- काबुलनात
- असुविधा
- स्वयम्सिद्दा
- सेतोपाटी वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२५ मिति
- नेपाली अनुवाद
- मुक्त अनुभूतिमा कवि सुमन पोखरेल