झमक घिमिरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(झमक कुमारी घिमिरे बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
झमक घिमिरे
जन्म झमक कुमारी घिमिरे
२०३७ असार २१ शुक्रबार (सन् १९८०)
कचिडे, धनकुटा
राष्ट्रियता नेपाली
पेशा कवयित्री

झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा[१])प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन।[२] खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्।[३]

मदन पुरकारले सम्मानित, झमक घिमिरे

बाल्यकाल

२०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको छोरीको रूपमा जन्मिएकी[४] झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो। लुला हात गोडा र विकलांग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’मा जन्मेकी झमकलाई जन्मने वित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने। दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस्’ भत्रे आसिक दिए। उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन्। सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने। गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे। गोलले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन्। अरू बालकहरू पढेनन् भने कुटाई खान्छन्। उनी पढी भनेर कुटाई खान्थिन्। कापीकलम माग्दा कुटाई खाइन्। उनको ‘कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस्’ भत्रे आदेशमा विलाउँथ्यो। जोखाना हेर्नेले सन्तान पिर्छे भने। मान्छेले उनलाई अलच्छिनि भनेर बाटो छले। पाँच वर्षको हुँदा भात खुवाइ दिने बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन्। आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन्। भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हानिमागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन्।[२]

झमक घिमिरे द्वारा लेखिएका पुस्तकहरू[५]

कविताहरू

उनले धेरै कविताहरू लेखेकी छन् जसमध्ये केही यसप्रकार छन् ।:

  • संकल्प
  • आफ्नै चिता अग्नि शिखातिर
  • मान्छे भित्रका योद्धाहरू
  • झमक घिमिरेका कविताहरू
  • क्वाँटी संग्रह

विविध

  • अवसान पछिको आगमन (लघु कथा, कविता, दैनिक डायरी, गीत, निबन्ध आदि ।)

आत्मकथा

अवार्ड तथा पुरस्कार

झमक घिमिरे, मदन पुरस्कार पाएपछि

झमक घिमिरेले प्राप्त गरेका केही प्रमुख पुरस्कारहरू निम्न छन् ।

  • कविता राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५ [६]
  • अस्विकृत बिचार साहित्य पुरस्कार २०५६ [७]
  • मदन पुरस्कार २०६७
  • लैनसिंह वाङ्देल पुरस्कार २०७२ [८]

सन्दर्भ सामग्रीहरू