अग्निहोत्र
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अन्तर्गत एक शृङ्खलाको भाग |
हिन्दु धर्म |
---|
अग्निहोत्र एक वैदिक यज्ञ हो जसको वर्णन यजुर्वेदमा छ। अग्निहोत्रको शुरुवात प्राचीन समयमा ऋषिमुनीहरुले दक्षीण एसिया मा गरेका थिए । सनातन हिन्दू संस्कारमा अग्निहोत्र दैनिक नित्य कर्मको रुपमा गरिने प्रचलन थियो । प्राचीन समयमा ऋषिमुनीहरु, ब्रह्मण र आर्यहरुले दैनिकरुपमा सुर्योदय र सुर्यास्तको समयमा अग्निहोत्र गर्दथे । महाभारतमा उल्लेख भएअनुसार द्वापरयुगमा महर्षि वेदव्यासले चार वेदहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको संकलन गरेका थिए । जसमध्ये यजुर्वेद यज्ञ सम्बन्धि विधिहरु संकलन गरिएको वेद हो । यजुर्वेद शब्द यत् र जू को संयोग मिलेर बन्दछ । यत् को अर्थ हुन्छ गतिशील तथा जू को अर्थ हो आकाश । यत् र जू को संयोगबाट वायु, जल, अग्नि पृथ्वी लगायत पञ्चभूतात्मक जगतको सृष्टि भएको हुन्छ । वेदमा अन्य विभिन्न प्रकारका यज्ञहरुको वर्णन गरिएको पाइन्छ । जसमध्ये अग्निहोत्र, दशपूर्णमासो, चातुर्मस्यानी, पशुयांग, सोमयज्ञ गरी पाँच प्रकारका यज्ञलाई मुख्य मानिएको छ । यिनै मुख्य श्रोत यज्ञलाई वेदमा श्रेष्ठ कर्म बताइएको छ । यिनै महत्वपूर्ण श्रोत यज्ञहरुमा अग्निहोत्र एक हो । ‘अग्नये परमेश्वराय जलवायु शुद्धिकरणाय च हवनं होत्रं यस्मिन् अग्निहोत्र’ अर्थात् अग्निरुपी ईश्वरमा हवनद्वारा जलवायु शुद्धिकरण हुने हवन एवं होत्र कार्य अग्निहोत्र हो ।
अग्निहोत्रको संकल्प र विधि
[सम्पादन गर्नुहोस्]अग्निहोत्रको महाव्रत संकल्प एक योग्य अग्निहोत्री बाट सञ्चालन गर्नुपर्ने वैदिक विधान छ । अग्निहोत्र वैदिक विधान सम्वत् यज्ञ गर्न सक्षम र योग्य हुनुपर्छ ।
दैनिक रुपमा विहानको सुर्योदय र बेलुकाको सुर्यास्तको समयमा यज्ञशालामा अग्निको आह्वान गरिन्छ । अग्निहोत्रमा अग्निका पाँच विभिन्न स्वरुपको आह्वान हुन्छ । आवसथ्य, आह्वानीय, दाक्षिणनि, अन्वाह्र्य र गाहर््पत्य यि अग्निहोत्रको पाँच अग्निहरु हुन् । अग्निहोत्र यज्ञ कर्तालाई अग्निहोत्री भनिन्छ । अग्निहोत्रको महाव्रतबाट पाँच अग्निको आह्वानसहित अग्निहोत्र गरिन्छ । अग्निहोत्रीद्वारा यज्ञशालामा अग्निको आह्वान भएपछि गाईको दुध र वनस्पतीको हवन गरिन्छ । हवनमा पलास, पिपल, वर, वेल, समी, खयर, डुम्री, खमारी, मयल, सिप्लिकान आदि वनस्पतीको उचित प्रयोग हुन्छ । यसरी हवन गर्दा प्रातकालमा दुई र सन्ध्याकालमा दुई आहुती अर्पण गरिने विधान छ । जुनकुनै परिस्थितिमा पनि अग्निहोत्र यज्ञ रोक्न मिल्दैन । यस्तै दैनिक हवनसँगै अग्निहोत्रका पूर्ण अंगहरु मानिने अन्य विशेष यज्ञको अनुष्ठानहरु पुरा गर्नुपर्ने विधि विधान रहेको छ । सम्पूर्ण यागहरु कूल २६ वटा हुन्छन् । जसलाई अग्निहोत्रका अंगहरु पनि भनिन्छ ।
अग्निहोत्रको महत्व र आवश्यकता
[सम्पादन गर्नुहोस्]अग्निहोत्र यज्ञ पूर्ण रुपमा वैदिक विज्ञान र वातावरणसँग सम्बन्धित रहेको छ । जल, अग्नि, वायु, आकाश र पृथ्वी तत्वको शुद्धिकरणको लक्ष्यमा नै अग्निहोत्रको कर्म निहित रहेको हुन्छ । त्यसैले अग्निहोत्र वैदिक यज्ञ, धर्म र मोक्ष साधनको कर्म मात्र नभएर जलवायु शुद्धिकरणको महान् कार्य पनि हो । अग्निहोत्रमा गरिएको हविलाई अग्निले अन्तरिक्षमा पु¥याउँछ । अन्तरिक्षमा अग्नि, वायु र सूर्यको भेट हुन्छ । जसबाट मेघ बन्दछ । मेघबाट बादल, बादलबाट पानी बन्दछ र सोही पानी धर्तीसँग मिल्दा अन्न बन्दछ र अन्नबाट मानव तथा सम्पूर्ण जीवको शरीर बनेको हुन्छ । सोही प्रक्रियाबाट बनेको अन्न शरिरले ग्रहण गर्दछ । अन्नको तीन परिणाम हुन्छ । जसको स्थुलबाट दिसा, माध्ययबाट मांसवृद्धि र सुक्ष्मबाट मन बन्दछ ।’ त्यसैले सवै मानव जगतले मनलाई स्वस्थ राख्नु पर्दछ । मन स्वस्थ भए सुक्ष्म शरीर स्वस्थ हुन्छ, सुक्ष्म शरीर स्वस्थ रहे स्थुल शरीर स्वस्थ हुन्छ । जवसम्म मन अस्वस्थ हुन्छ तबसम्म मानिसहरुमा झगडा, अन्याय, अत्याचार, भ्रष्टाचार, माहामारी, भय, सन्त्रासादि एवं शङ्कादि प्रवृत्ति उत्पन्न भइरहन्छ । यही अवस्थाको न्युनीकरण गर्न अग्निहोत्र आवश्यक छ ।
अग्निहोत्र यज्ञको महत्वका बारेमा वैदिक दर्शन एवं धर्मशास्त्रहरुमा पनि विशेष रुपमा उल्लेख गरिएकोे पाइन्छ । तैत्तिरीयमामा उल्लेख छ ‘जसको ज्ञानपूर्वक हवन गरिन्छ र जसको ध्यान गरिन्छ, दुवै देवता मध्ये कसैको परित्याग नगरी अष्ठवसु, एकादश रुद्र, द्वादस आदित्य मध्ये यजमानका हवन अवश्य हुन्छ, अग्निहोत्र सवै देवतालाई पुग्छ । स्वयं पनि यजमान प्रजा (सन्तति) र पशुधनबाट तृप्त हुन्छ, स्वर्गलोकका ज्ञान प्राप्त हुन्छ, सन्तान दरसन्तानको सुख पाउँछ ।’ शतपथ ब्राह्मणमा ‘अग्निहोत्र निश्चित् नै स्वर्गको सुखको प्राप्ति गरौने डुंगा हो ।’ भनिएको छ । गोपथब्राम्हणमा ‘जो पुरुष अग्निहोत्र यज्ञ गर्दछ ऊ देवताको पनि प्रिय बन्दछ ।’ भनिएको छ । यसैगरी नारायणेपनिषद्मा उल्लेख छ ‘सन्ध्याकाल र प्रातकाल पूर्ण विधिबाट गरिएको अग्निहोत्र इष्ट पूजित गर्ने घरका सद्गृहका प्रायश्चित् हो । गृहमा हुने सम्पूर्ण कर्महरुको पाप मुक्तिको उपाय हो । सोमरहित यज्ञ तथा सोमयुक्त अग्निहोत्र स्वर्गलोकको ज्योति अर्थात् मार्ग प्रदर्शक हो । वायुपुराणमा ‘जो द्विजाति (ब्राम्हण, क्षत्रिय र वैश्य) दश र पौर्णमास यज्ञ गर्दछ ऊ ब्रम्हलोकगामी हुन्छ । ब्रम्हलोकबाट कहिले पनि उसको पुनरावृत्ति हुँदैन ।’ भनिएको छ । यसैगरी पद्य्मपुराणमा ‘सागर सरी सारा पृथ्वी दान गरे बराबर जुन पुण्य मिल्दछ, यस्तै पुण्य अग्निहोत्र यज्ञ बाट प्राप्त हुन्छ । पद्य्मपुराण, सृष्टिखण्डमा ‘यस संसारमा अग्निहोत्र भन्दा ठूलो कुनै पवित्र कर्म छैन । अतः विधिपूर्वक अग्निहोत्र यज्ञ गरेर द्विज पवित्र हुन्छन् ।’ भनिएको छ । हारोतमा उल्लेख छ ‘अग्निहोत्र भन्दा ठूलो कुनै धर्म छैन । अग्निहोत्र भन्दा ठुलो कुनै तप छैन । अग्निहोत्र भन्दा ठुलो कुनै श्रेय छैन । अग्निहोत्र भन्दा ठुलो कुनै यस, सिद्धि छैन । अग्निहोत्र भन्दा ठुलो कुनै गति छैन, कुनै जप, स्नान छैन ।’ महाभारत शान्तिपर्वमा अग्निहोत्रको महत्वबारेमा यसरी उल्लेख गरिएको छ ‘समस्त वेद तीन ( दाक्षिण, गार्हपत्य र आह्वानीय) अग्निमा निवास गर्दछन् । अतः अग्निहोत्रीलाई धर्मात्मा वा श्रेष्ठकर्म गर्नेवाला सम्झनु पर्दछ । जसको कर्म कहिल्यै नष्ट हुँदैन, उ अग्निहोत्री कहलाउँछ । अग्निहोत्री बनेर धर्म क्रिया वा कर्म नगर्नु भन्दा अग्निहोत्र न गर्नु श्रेष्ठ हुन्छ । अग्निहोत्रीले अग्निहोत्रको अग्निको, माताको, उत्पन्न गर्ने पिता र गुरुको सेवा नम्रतापूर्वक गर्नु पर्दछ ।’
वैदिककालिन समयदेखि दक्षीण एसियामा शुरुभएको अग्निहोत्र समयक्रमसँगै उल्लेखनीय रुपमा भइरहेको पाइँदैन । वेद र धर्मशास्त्रहरुमा उल्लेख भएअनुसार पनि सवै यज्ञ कर्म समृद्धिको आधार हो । धर्मशास्त्रहरुले मार्ग निर्देशन गरेको र विज्ञानसम्वत् पनि रहेको अग्निहोत्र वातावरण र समाजलाई नै सत्मार्ग र पवित्रता तर्फ अग्रसर गराउने यज्ञ कर्म भएकाले यसको महत्व ठूलो छ । आजको विश्व जलवायु बीषाक्तता र अप्रकृतीकीकरणले आक्रान्त छ । अस्वभाविक तामपान वृद्धिले हिमालय पग्लिंदो छ, कतै जलाशय सुक्दैछन्, कतै अतिवृष्टि त कतै अनावृष्टिको प्रकोप देखिन्छ । वायुमण्डल प्रदुषित भइरहेको छ । सामाजमा विकृति, विसंगति, भ्रष्टाचार, अन्याय व्याप्त बनिरहेको छ । धर्म नै प्रताडित र तिरस्कृत हुँदै गएको अवस्था छ । समग्र परिस्थितिले यतिबेला मानव र जीवजन्तु समेत प्रभावित बनिरहेको देखिन्छ । यस्तो परिस्थितिमा पर्यावरण शुद्धिकरण गर्नुको कुनै विकल्प छैन । वातावरण र मानव उत्थानको लागि वेद र शास्त्रहरुलेसमेत मार्गदर्शन गरेको अग्निहोत्र यज्ञ सर्वत्र हुनुपर्दछ । अग्निहोत्र समग्र मानव, जीव र पर्यावरणसँग सम्बन्धित रहेको छ । जल, जमिन, वायु, आकाससँग सम्बन्धित भएकाले मानवका लागि अग्निहोत्रको महत्व ज्यादै ठूलो छ । अग्निहोत्र यज्ञको महत्व र आवश्यकता जलवायु शुद्धिकरण र मानवको स्वस्थ जीवनसँग समबन्धित रहेको छ ।