सामग्रीमा जानुहोस्

भानुभक्त आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भानुभक्तबाट अनुप्रेषित)

भानुभक्त आचार्य
भानुभक्त आचार्यको तस्विर
भानुभक्त आचार्यको तस्विर
जन्मवि. सं. १८७१ असार २९
चुँदी रम्घा, तनहुँ, नेपाल
मृत्युवि सं. १९२५ असोज ६
सेतीघाट, तनहुँ
पेशाकवि
धर्महिन्दु धर्म

भानुभक्त आचार्य (वि.सं.. १८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ।

प्रारम्भिक जीवन

भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो।[] उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए।[] उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए।[] उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गर्थ्ये।[] भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित र लेखेका थिए।[]

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खूब् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धुर भई शिक्षा मलाई दिया
उन्को नाति म भानुभक्त भनी हूँ यो जानिचिन्ही लिया।।

भानुभक्तको वंशावली
श्रीकृष्ण आचार्य????
धनञ्जय आचार्यधर्मावतीदेवी
चन्द्रकलादेवीभानुभक्त आचार्यचन्द्रकान्तादेवी
रमानाथशिवशङ्करलक्ष्मी

योगदान

१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन्।

कृतिहरू

विरासत

भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकविको उपाधिले विभूषित गरिएको थियो। मोतीराम भट्टले वि.सं २०३७ मा आचार्यको जीवनी लेख्दा उनलाई आदिकवि भनेका थिए। आचार्य नेपालको पहिलो कवि भएकाले उनलाई आदिकवि नभनिएको तर कविताको मर्म (भित्री सार)लाई बुझेर लेख्ने उनी पहिलो कवि भएकाले उनी उपाधिको हकदार रहेको उनको भनाइ रहेको थियो।[]

भानु जयन्ती भानुभक्त आचार्यको जन्मजयन्तीको उपलक्ष्यमा मनाइने गरिन्छ। नेपाली पात्रो अनुसार असार महिनाको २९ औँ दिनमा पर्दछ। हरेक वर्ष नेपाल सरकार र नेपाली जनताका साथै विश्वभर छरिएर रहेका नेपाली भाषीले यो पर्व मनाउने गर्दछन्। भानुभक्त आचार्यको जन्मजयन्तीको सम्झनामा विश्वभर छरिएर रहेका नेपालीमाझ प्रचलित सांस्कृतिक पर्व समेत हो।[]

प्रत्येक वर्ष भानु जयन्तीमा नेपाली लेखक, उपन्यासकार तथा अन्य साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा साहित्यिक गोष्ठी र कार्यक्रमहरूको साथ एक विशाल समारोहको रूपमा मनाइन्छ।[][][]

सन्दर्भ सामग्रीहरू

  1. आचार्य, शर्वराज (२९ असार २०७४), "श्रीकृष्ण, पुरन्डिही र चुँदीरम्घा", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २९ साउन २०७९ 
  2. २.० २.१ "किन सम्झने भानुलाई", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २०२३-०७-२६ 
  3. ३.० ३.१ "भानुभक्तप्रति गरिनुपर्ने सम्मान", नेपाल समाचारपत्र, अन्तिम पहुँच २०२३-०७-२६ 
  4. Bishnu K.C. (१४ जुलाई २००६), "Bhanubhakta: The First Poet Of Nepali language" (अङ्ग्रेजीमा), Oh My Newsl, मूलबाट ६ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१९ मिति
  5. Sundas, Jacob (२०२२-०७-०७), "Why do Gorkhas celebrate Bhanu Jayanti as their Cultural Festival?", The Morung Express, मूलबाट २०२२-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-०९ 
  6. "Development Boards for Kami, Damai, Sarki announced" (अङ्ग्रेजीमा), Darjeeling, १४ जुलाई २०१६, मूलबाट २३ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१९ 
  7. "PM Oli urges new generation to follow ideals of Bhanubhakta" (अङ्ग्रेजीमा), Kathmandu, १३ जुलाई २०१८, मूलबाट २२ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१९ 
  8. "Morning procession to mark Bhanu Jayanti" (अङ्ग्रेजीमा), Kathmandu, १३ जुलाई २०१८, मूलबाट २१ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१९ 

बाह्य कडीहरू