नरनारायण
| नरनारायण | |
|---|---|
स्वामीनारायण मन्दिर अहमदाबादमा नर-नारायण देवको जुम्ल्याहा स्वरूप | |
| आबद्ध | |
| वासस्थान | बद्रीनाथ |
| अभिभावकहरू | धर्म (पिता), मूर्ति (माता) |
नरनारायण हिन्दु धर्मका एक जोडी ऋषि-दाजुभाइ हुन्। उनीहरूलाई सामान्यतया पृथ्वीमा संरक्षक देवता विष्णुका आंशिक अवतार (अंशावतार) का रूपमा मानिन्छ।[१] नर-नारायणलाई धर्म र मूर्तिका पुत्रका रूपमा वर्णन गरिएको छ।[२][३]
हिन्दु धर्मग्रन्थ महाभारतले अर्जुनलाई नर र कृष्णलाई नारायणसँग पहिचान गर्दछ।[४] नर-नारायणको कथा भागवत पुराणमा पनि बताइएको छ। हिन्दुहरू यो जोडी बद्रीनाथमा निवास गर्छन् भन्ने विश्वास गर्छन्, जहाँ उनीहरूको सबैभन्दा महत्त्वपूर्ण मन्दिर अवस्थित छ।
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]
"नरनारायण" नामलाई दुई संस्कृत शब्दहरू 'नर' र 'नारायण' मा विभाजन गर्न सकिन्छ। नरको अर्थ 'मानिस' वा 'पुरुष' हुन्छ र नारायणले देवता विष्णुको नामलाई बुझाउँछ।[५]
मोनियर विलियम्स को शब्दकोशका अनुसार, नर भन्नाले "आदिम मानव वा ब्रह्माण्डभरि व्याप्त शाश्वत आत्मा हो, जो सधैँ नारायण अर्थात् 'आदिम मानवका पुत्र' सँग जोडिएको हुन्छ; महाकाव्य काव्यमा, उनीहरू धर्म र मूर्ति वा अहिंसाका पुत्रहरू र विष्णुका अंशहरू हुन्, जसमा अर्जुनलाई नर र कृष्णलाई नारायणसँग पहिचान गरिएको छ"।[६]
प्रतिमा
[सम्पादन गर्नुहोस्]नर-नारायणलाई चित्र वा मूर्तिहरूमा संयुक्त वा छुट्टाछुट्टै रूपमा चित्रण गरिन्छ। छुट्टाछुट्टै चित्रण गर्दा, नरलाई दुई हात भएको र मृगको छाला (मृगचर्म) ओढेको देखाइन्छ, भने नारायणलाई दायाँतर्फ विष्णुको सामान्य स्वरूपमा देखाइन्छ। नरलाई गोरो वर्णको र नारायणलाई कालो वा गाढा वर्णको रूपमा चित्रण गरिनुपर्ने मान्यता छ।[७]
कथा
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]वामन पुराणका अनुसार, नर-नारायण ब्रह्माका मानस पुत्र धर्म र उनकी पत्नी मूर्ति (दक्षकी पुत्री) वा अहिंसाका पुत्रहरू थिए।[८]
उनीहरूले समुद्र मन्थनका बेला असुरहरूलाई पराजित गर्न मद्दत गरेका थिए र इन्द्रले नरलाई अमृतको सुरक्षा गर्ने जिम्मेवारी सुम्पेका थिए।[९] उनीहरू बद्रीनाथमा बस्थे, जहाँ उनीहरूले हजारौँ वर्षसम्म तपस्या गरेका थिए।[५]
उर्वशीको जन्म
[सम्पादन गर्नुहोस्]भागवत पुराणले ऋषि नर-नारायणबाट उर्वशीको जन्म भएको कथा वर्णन गर्दछ।[१०] एक पटक, ऋषि नर-नारायण हिमालयमा अवस्थित पवित्र तीर्थस्थल बद्रीनाथमा ध्यान गरिरहेका थिए। उनीहरूको कठिन तपस्याबाट देवताहरू त्रसित हुन्छन् र देवताका राजा इन्द्रले उनीहरूको ध्यान भङ्ग गर्न र कामवासना जगाउनका लागि कामदेव, रति, वसन्त ऋतु र मेनका एवम् रम्भा जस्ता विभिन्न अप्सराहरू पठाउँछन्।[११] त्यसपछि ऋषि नारायणले एउटा फूल लिएर आफ्नो तिघ्रामा राख्छन्। तत्कालै त्यहाँबाट एक अत्यन्त सुन्दरी अप्सरा उत्पन्न हुन्छिन्, जसको सौन्दर्यको अगाडि अन्य अप्सराहरूको चमक फिक्का हुन्छ। यो देखेर इन्द्रले पठाएका अप्सराहरू लज्जित हुँदै स्वर्ग फर्किन्छन्। नारायणले ती सुन्दरीलाई अप्सराहरूसँगै इन्द्रकहाँ पठाइदिन्छन्। उनी ऋषिको तिघ्रा (संस्कृतमा 'ऊरु') बाट उत्पन्न भएकी हुनाले उनको नाम उर्वशी राखिन्छ। अप्सराहरूलाई फिर्ता पठाइसकेपछि ती दिव्य ऋषिहरूले पुनः आफ्नो ध्यान निरन्तर जारी राख्छन्।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०१३-०५-१५), "On the dialogues of Nara Nārāyaṇa [Chapter 5]", www.wisdomlib.org (अङ्ग्रेजीमा), The two Risis named Nara and Nārāyaṇa, born of Hari’s Aṃśa, अन्तिम पहुँच २०२२-१०-११।
- ↑ Books, Kausiki (२०२१-०७-१२), Garuda Purana: Achara Khanda Part 1 : English Translation only without Slokas (अङ्ग्रेजीमा), Kausiki Books, पृ: 13।
- ↑ Satyamayananda, Swami (२०१९), Ancient Sages (अङ्ग्रेजीमा), Advaita Ashrama (A publication branch of Ramakrishna Math, Belur Math), पृ: 132, आइएसबिएन 978-81-7505-923-8।
- ↑ "Twin incarnation of the Lord", The Hindu (en-INमा), २०१५-०९-२७, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२१-०६-२८।
- 1 2 Dalal, Roshen (२०१०), The Religions of India: A Concise Guide to Nine Major Faiths, Penguin Books India, पृ: 262, आइएसबिएन 978-0-14-341517-6।
- ↑ www.wisdomlib.org (२०१०-०९-२८), "Nara, Nārā, Narā, Ñaṟā, Naṟa, Naṟā: 41 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०७-१७।
- ↑ Satyamayananda, Swami (२०१९), Ancient Sages (अङ्ग्रेजीमा), Advaita Ashrama (A publication branch of Ramakrishna Math, Belur Math), पृ: 132, आइएसबिएन 978-81-7505-923-8।
- ↑ वामन पुराणका अनुसार, अध्याय ६ - भण्डारकर पृष्ठ ४६
- ↑ Williams, George M. (२००८), Handbook of Hindu Mythology, Oxford University Press, पृ: 221, आइएसबिएन 978-0-19-533261-2।
- ↑ The Goddess in India: The Five Faces of the Eternal Feminine By Devdutt Pattanaik, Published 2000, Inner Traditions / Bear & Company, 176 pages, आइएसबिएन ०-८९२८१-८०७-७ p.66
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Nārāyaṇa", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-११।
- ↑ Tales from the Puranas By Mahesh Sharma, pp.60-62, Diamond Pocket Books (P) Ltd.,आइएसबिएन ८१-२८८-१०४०-५
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
नरनारायणसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।- नरनारायण