सामग्रीमा जानुहोस्

व्यवस्थापिका संसद (२०६३-२०६४)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व्यवस्थापिका संसद (२०६३-२०६४)
←आम निर्वाचन २०५६ का निर्वाचित सांसदहरू संविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरू→
ग्यालरी बैठक
विस्तृत विवरण
वैधानिक निकायनेपालको संसद
क्षेत्राधिकार नेपाल
सभाकक्षग्यालरी बैठक
अवधि२०६३ वैशाख १५ – २०६४ माघ २
निर्वाचनआम निर्वाचन २०५६
सरकारगिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्, २०६३
व्यवस्थापिका संसद
सदस्य३२९
सभामुखसुवासचन्द्र नेम्वाङ (एमाले)
उपसभामुखचित्रदेवी यादव (नेपाली काङ्ग्रेस)
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला (नेपाली काङ्ग्रेस)

नेपालको अन्तरिम व्यवस्थापिका संसद वा व्यवस्थापिका संसद (२०६३-२०६४) जसलाई पुनर्स्थापित प्रतिनिधि सभाको नामले पनिचिनिन्थ्यो, जनआन्दोलन २०६२-२०६३ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग भएको विस्तृत शान्ति सम्झौतापश्चात् बनेको नेपालको व्यवस्थापिका थियो।

पृष्ठभूमि

[सम्पादन]

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजा ज्ञानेन्द्रले २०५९ जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेका थिए।[१] २०६३ वैशाख ११ मा २०४ मूल सदस्यहरूको साथ संसद पुनर्स्थापना गरिएको थियो। पुनस्थापित संसद्को पहिलो बैठक त्यसको चार दिनपछि १५ वैशाख २०६३ मा बसेको थियो।[२] २०६३ माघ १ का दिन सात दलीय गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएपछि अन्तरिम व्यवस्थापिका संसदको गठन गरिएको थियो। नयाँ संसद्मा माओवादीलाई सामेल गरिँदै कुल सदस्य सङ्ख्या ३२९ पुर्‍याइएको थियो।[३][४][५][६]

संरचना

[सम्पादन]
दल पुनस्थापित संसद[४] मनोनीत सदस्यहरू अन्तरिम व्यवस्थापिका संसद[४]

नेपाली काङ्ग्रेस ७२ १४ ८५[७]

नेकपा (एमाले) ६६ १७ ८३

नेकपा (माओवादी) — ८३ ८३

नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) ४० ८ ४८

राष्ट्रिय प्रजातन्त्र पार्टी ७ ० 6[८]

नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) २ ३ ५

जनमोर्चा नेपाल[९] १ ३ ४

नेपाल मजदुर किसान पार्टी १ ३ ४

राष्ट्रिय जनमोर्चा ३ ० ३

संयुक्त वाममोर्चा — ३ ३

नेकपा (एकीकृत) २ ० २

राष्ट्रिय जनशक्ति पार्टी २ ० २

नेपाल सद्भावना पार्टी १ ० १
जम्मा १९७ १३४ ३२९

सदस्यहरू

[सम्पादन]

परिवर्तनहरू

[सम्पादन]
निर्वाचन क्षेत्र सदस्य दल रिक्त मिति रिक्तको कारण
सिरहा ४ हेम नारायण यादव
नेकपा (एमाले) २०६३ वैशाख १३ २०६१ माघ २० मा हत्या भएको[११]
डोल्पा १ नर बहादुर बुढाथोकी शाही विद्रोहलाई समर्थन गरेको आरोपमा निष्कासित[१२]
कालिकोट १ प्रेमबहादुर सिंह
म्याग्दी १ नारायण सिंह पुन
नेपाली काङ्ग्रेस
रौतहट ४ प्रकाश कोइराला
धादिङ १ बुद्धमान तामाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी
कपिलवस्तु २ बृजेशकुमार गुप्ता
मोरङ ७ बद्रीप्रसाद मण्डल
नेपाल सद्भावना पार्टी
सप्तरी ५ मृगेन्द्रकुमार सिंह यादव
सिरहा ३ कृष्णचरण श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी २०६३ असोज ७ हत्या भएको[१३]
ओखलढुङ्गा २ गोपाल राई
नेपाली काङ्ग्रेस हेलिकप्टर दुर्घटनामा मृत्यु[१४]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Nepal King dissolves parliament", telegraph.co.uk, २१ मे २००२, अन्तिम पहुँच १४ नोभेम्बर २०१७।
  2. ↑ "संसदीय विवरण पुस्तिका, पुनर्थापित प्रतिनिधि सभा (२०६३ वैशाख - माघ)", नेपालको सङ्घीय संसद (नेपालीमा), २०२०।
  3. ↑ "Nepal The Interim Constitution of Nepal, 2007 (2063)", www.wipo.int, अन्तिम पहुँच १४ नोभेम्बर २०१७।
  4. 1 2 3 "संसद दर्पण अङ्क -२५", Federal Parliament of Nepal (नेपालीमा)।
  5. ↑ "Members of Legislature Parliament", २००७-०९-२८, मूलबाट २८ सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०७। अभिलेखिकरण २००७-०९-२८ वेब्याक मेसिन
  6. ↑ "संसदीय विवरण पुस्तिका, व्यवस्थापिका-संसद (२०६३ - २०६४)", नेपालको सङ्घीय संसद (नेपालीमा), २०२०।
  7. ↑ अन्तरिम व्यवस्थापिका संसद गठन हुनुअघि गोपाल राईको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।
  8. ↑ रामचरण श्रेष्ठको अन्तरिम व्यवस्थापिका संसद गठन हुनुअघि नै हत्या भएको थियो।
  9. ↑ संयुक्त जनमोर्चा नेपालको उत्तराधिकारी।
  10. ↑ "UML names its new 10 parliamentarians", २००८-१०-०७, मूलबाट ७ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०७।
  11. ↑ "Dead and forgotten,Sahara Times- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०२२-०६-०७।
  12. ↑ "11 MPs to lose job", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०६-०७।
  13. ↑ "Shrestha’s death- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०२२-०६-०७।
  14. ↑ "Tragic Helicopter Crash in Nepal - continual updates", www.wwfnepal.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०७।