व्यास
महर्षि वेदव्यासलाई भगवान् विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। उनको नाम कृष्ण द्वैपायन हो । श्रीमददेवीभागवतका अनुसार महर्षि वेदव्यास प्रत्येक द्वापर युगमा अवतरित हुन्छन्। यहाँभन्दा पहिले २८ वटा व्यासहरू अवतरित भइसकेको मानिन्छ।[१]
व्यास ऋषिको जन्म
[सम्पादन गर्नुहोस्]व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ कि.मि. पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो । माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ। सत्यवती ६,७ वर्षकी सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूको डुंगा चलेको ठाउँमा पुगीछिन् र ती माझीहरूले यति सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी केही दिन पालेछ्न् । त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजीकै रहेछ | घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवातीको भेट भएछ । भेटमा परासर ऋषिले उनी अत्यान्तै अद्भुत रहेको थाहा पाएपछि भेटको सिलसिलामा तत्काल पराशर ऋषिले ऋतुदान(बिर्यदान) लेउ भनी सत्यवतीसँग अनुरोध गर्नुभयो । सत्यवतीले 'म सानी बालिका भएकोले तपाई जवान भैसकेको मानिससंग ऋतुदान(बिर्यदान) लिन नसक्ने बताए । सबै अद्भुत इश्वरिय शक्ति थाहा पाईसक्नु भएको पराशर ऋषिले तिमीलाई म जस्तै जवान बनाइदिने र तिमिसङ्ग रहेको मत्स्यगन्ध हटाई सुगन्धित हुने बरदान दिन्छु भनेर र सत्यावतिसङ्ग अनुरोध गर्नुभयो । यो अनुरोध मानेपछि प्रतिज्ञा गरी सत्यवातीलाई आफूसमान बनाउनु भयो । यसपश्चात समागम गरी ऋतुदान(बिर्यदान)का लागि पराशरले अनुरोध गर्नुभयो तर सत्यवतिले यस्तो खुला आकाशमुनि सुर्य र बायुको अघाडि यो सम्भव नहुने बताएपछी ऋषि पराशरले हामिलाई छोप्नको लागि कुहिरो उत्पन्न गरिदिन्छु भन्नुभयो र तत्कालै कुहिरो उत्पति गराई ऋषि पराशर र सत्यवतीको समागम भई उनै सत्यवतीको कोखबाट व्यासलाई जन्म दिएकी हुन । पछि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर पुजाआजा गरिरहेका छन र व्यासको जन्म तनहुँको डेम्बुले(दमौली)मा नै भएको भन्ने बलियो प्रमाणको रूपमा रहेको छ । र ब्यासको साधना तथा तपस्या स्थल ब्यास गुफा यहि सेदि र मादी नदीको दोभानमा रहेको छ जहाँ बसेर ब्यासले बेद लगायत महाभारतको रचना गरेको किम्बदन्ती छ ।
मख्य कार्य
[सम्पादन गर्नुहोस्]ऋषि व्यासलाई वेदव्यास भनेर पनि चिनिन्छ किनकि यिनले ४ वटै वेद र महाभारत मा महत्त्वपूर्ण कार्य गरेका छन्।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ श्रीमद्देवीभागवत
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]अन्तर्गत एक शृङ्खलाको भाग |
हिन्दु धर्म |
---|