द्रोण पर्व
द्रोण पर्वका अन्तर्गत ८ उपपर्व र २०२ अध्याय छन्।
पर्व | शीर्षक | उप-पर्व सङ्ख्या | उप-पर्व सूची | अध्याय एवम श्लोक सङ्ख्या | विषय-सूची |
७ | द्रोणपर्व | ७०-७७ | १७०/८९०९ |
द्रोण पर्वमा भीष्मका धराशायी भएमा कर्णको आगमन र युद्ध गर्नु, सेनापति पदमा द्रोणाचार्यको अभिषेक, द्रोणाचार्य द्वारा भयंकर युद्ध, अर्जुनको संशप्तकहरूसित युद्ध, द्रोणाचार्य द्वारा चक्रव्यूहको निर्माण, अभिमन्यु द्वारा पराक्रम र व्यूहमा फँसेर एक्लै नि:शस्त्र अभिमन्युको कौरव महारथिहरू द्वारा वध, षोडशराजकीयोपाख्यान, अभिमन्युका वधदेखि पाण्डव-पक्षमा शोक, संशप्तकहरूका साथ युद्ध गरेर फर्के भए अर्जुन द्वारा जयद्रथवधको प्रतिज्ञा, कृष्ण द्वारा सहयोगको आश्वासन, अर्जुनको द्रोणाचार्य तथा कौरव-सेनादेखि भयानक युद्ध, अर्जुन द्वारा जयद्रथको वध, दुइटै पक्षहरूका वीर योद्धाहरूका बीच भीषण रण, कर्ण द्वारा घटोत्कचको वध, धृष्टद्युम्न द्वारा द्रोणाचार्यको वध |
उप-पर्व
[सम्पादन गर्नुहोस्]द्रोणाभिषेक पर्व (अध्याय: १-१६)
[सम्पादन गर्नुहोस्]भीष्म पितामह घाइते भएर शरशैयामा धारासायी भएपछि दुर्योधन र कर्णले विचार गर्न थाले-"अब सेनापति कसलाई बनाउने?" कर्णले भने-"यहाँ जति क्षत्रिय छन्। ती सबै सेनापति हुन लायक छन्। शारीरिक बल, पराक्रम, यत्नशीलता, बुद्धि, शूरता, धैर्य, कुल, ज्ञान आदि सबै कुरामा यहाँ जम्मा भएका राजा एक-अर्काको समान छन्। हामीले आचार्य द्रोणलाई सेनापति बनाउनुपर्छ भन्ने मलाई लाग्छ। उहाँ सबै वीरहरूका आचार्य हुनुहुन्छ। शस्त्रधारीमा श्रेष्ठ हुनुहुन्छ र क्षत्रियमा त उहाँको समता गर्नेवाला कोही छैन।" कर्णको यो कुरा दुर्योधनले माने। दुर्योधनले सनै क्षेत्रिय वीरहरूको सामुन्ने द्रोणाचार्यसँग सेनापतित्व स्वीकार गर्न बिन्ती गरे। एकत्र राजाहरूले यस्तो सुनेर सिंहनाद गर्दै दुर्योधनलाई प्रसन्न गराए। शास्त्रोक्त रीतिबाट द्रोणाचार्यको पदमा अभिषेक भयो। स्तुति गान र जयघोष सुनेर कौरवहरूमा उत्साह आयो।
संशप्तकवध पर्व (अध्याय: १७-३२)
[सम्पादन गर्नुहोस्]अभिमन्युवध पर्व (अध्याय: ३३-७१)
[सम्पादन गर्नुहोस्]कुरुक्षेत्र युद्धको तेह्रौं दिन संशप्तहरूले अर्जुनलाई युद्धका लागि हाँक दिए। अर्जुन उनीहरूसँग भिड्दै दक्षिण दिशातर्फ गए। निश्चित स्थानमा पुगेपछि अर्जुन र संशप्तहरूको घोर सङ्ग्राम भयो।अर्जुन दक्षिण तर्फ गएपछि द्रोणाचार्यले कौरव सेनाको चक्रव्युहमा फेरबदल गरेर युधिष्ठिरमाथि आक्रमण गरे। युधिष्ठिरका तर्फबाट भीम, सात्यकी, चेकितान, धृष्ट्द्युम्न, कुन्तीभोज, उत्तमौजा, विराटराज, कैकेय आदि अन्य पनि निकै सुबिख्यात महारथिहरूले द्रोणाचार्यको आक्रमणको वाढी रोक्न जीउ-ज्यानले कोसिस गरे। तैपनी द्रोणको वेगलाई उनीहरूले रोक्न सकेनन् । यस्तो देखेर पाण्डवतर्फका सबै महारथीहरू चिन्तित भए।
अभिमन्यु चक्रव्यूहमा प्रवेश
[सम्पादन गर्नुहोस्]सुभद्रा पुत्र अभिमन्यु बालकै थिए। तैपनि आफ्नो रणकुशलता र शूरतामा प्रसिद्ध भैसकेका थिए। मानिसहरू उनलाई कृष्ण र अर्जुनको बराबरी सम्झन्थे। युधिष्ठिरले ती वीर बालकलाई बोलाएर भने- "बाबू! द्रोणाचार्यले हामीलाई निकै दु:ख दिइरहेका छन्। हामीले हार्नुपर्यो भने त अर्जुनले हाम्रो निन्दा गर्ने छन्। द्रोणले रचेको चक्रव्यूहलाई हामीमध्ये अन्य कसैले पनि तोड्न सक्दैन। त्यसलाई तोड्न तिमीबाट मात्र सम्भव छ। त्यासले आज तिमी द्रोणको सेनामा आक्रमण गर्न तयार होऊ।"
युधिष्ठिरको कुरालाई समर्थन गर्दै भीमसेनले भने-" तिम्रो ठीक पछि पछि म हिड्ने छु। धृषद्युम्न, सात्यकी आदि वीर पनि आ-आफ्ना सेनाका साथ तिम्रो अनुकरण गर्ने छन्। एक पटक तिनीले व्यूह तोडिदियौ भने यो निश्चित सम्झ, हामी सबै कौरव सेनालाई तहस नहस गरिदिने छौ।"
यस्तो सुने निकै उत्साहका साथ अभिमन्युले भने- "म आफ्नो वीरता र पराक्रमद्वारा मामा र पिताजीलाई अवश्य प्रसन्न गर्ने छु।" आफ्नो सारथीलाई उत्साहित गर्दै अभिमन्युले भने-"सुमित्र! उता हेर! द्रोणाचार्यको रथको ध्वजालाई। त्यसैतर्फ चलाऊ। छिटो गर"। सारथीले आज्ञा पाएर त्यसै तर्फ रथ चलाए। रथको गतिमा सन्तुष्ट नभएर अभिमन्युले सारथिलाई अझै छिटो हिँडाउन उत्तेजित गराए। उत्साहमा आएर उनी बारम्बार भन्न थाले- "छिटो हिँडाऊ, छिटो हिँडाऊ।" यसपछि सारथिले नम्रभावमा भने- "महाराज युधिष्ठिरले तपाईंमाथि यत्रो ठूलो जिम्मेवारी दिनु भएको छ। मेरो विचारमा त तपाईँले अलिबेर विचार गरेर मात्र व्यूहमा प्रवेश गर्ने निश्चय गर्नुहोस्। द्रोणाचार्य अस्त्रविद्याको महान् आचार्य हुनुहुन्छ र महाबली पनि। तपाईं त अहिले केवल बालकमात्र हुनुहुन्छ।"[१] यस्तो सुनेर अभिमन्यु हाँसे र भने-"सुमित्र! मेरा मामा श्रीकृष्ण र पिता महारथी अर्जुन हुन् भन्ने कुरा तिमीले बुझ्नुपर्छ । शत्रु पक्षका सबै वीरहरूको शक्ति मेरो शक्तिको सोह्रौँ भाग पनि छैन। तिमी पिर नगर। रथ तेज सँग द्रोणाचार्यको सेना तर्फ लैजाऊ। निकै तेजसँग रथ चलाऊ। " अभिमन्युको आज्ञा पाएर सारथिले उतैतिर रथ बढाए।
तीन-तीन वर्षका राम्रा र वेगवान घोडाले त्यो सुनौलो रथलाई निकै द्रुत गतिमा कौरव सेना तर्फ दौडाए। कौरव सेनामा हलचल मच्चियो-"अभिमन्यु आए। उनको पछाडि पाण्डव वीर सेनाहरू आइरहेका छन्।" अभिमन्युको रथलाई आफूतर्फ वेगले आइरहेको देखेर कौरव सेनाको मन आत्तियो। सबै मन मनै भन्न थाले-"वीरतामा अभिमन्यु अर्जुनभन्दा पनि बढी भए जस्तो लाग्छ। आजको दिनमा भगवान नै रक्षक हुनुहुन्छ।" सिंहको बच्चाले हात्ती लाई झम्टे जसरी अभिमन्युको रथ अघि बढ्यो। द्रोणाचार्यले हेर्दाहेर्दै उनले बनाएको व्यूह भङ्ग भयो र अभिमन्यु व्यूहभित्र पुगे। कौरव वीरहरू एक-एक गरेर अभिमन्युसँग लड्न भनी आउँदै गए र आगोमा परेका पुतलीजस्तै गरि भस्म हुँदै गए। जो पनि अगाडि पर्थ्यो, उक्त वीर बालकको वाणले मारिन्थ्यो।[२] यज्ञशालाको भूमीमा कुश फिँजाए जसरी अभिमन्युले कौरव सेनाको लास सारा युद्ध क्षेत्रमा फिँजाइदिए। जता हेर्यो उतै धनुष, बाण, ढाल, तरबार, फर्सा, अङ्कुश, भाला, रास, चाबुक, शङ्ख आदि छरिएका थिए। कातिएका हात, फुटेका शीर, शरीरका टुक्रा, रगतको आहाल आदिले सारा भूमी ढाकिएको थियो। शुद्ध माटो मात्र कतै देखिँदैनथ्यो।
अभिमन्युद्वारा भएको यस सर्बनाशलाई देखेर दुर्योधनलाई निकै रिस उठ्यो। उनी आफैं जोसमा आएर ती बालकसँग भिड्न गए। दुर्योधन अभिमन्युसँग लड्न गएका छन् भन्ने थाहा पाउनासाथ द्रोणाचर्यले दुर्योधनको रक्षाको लागि तत्कालै कयौँ सेना उनको सहयोगका लागि पठाइदिए। केही बेरसम्म घोर युद्ध भयो। यत्तिकैमा द्रोणले पठाएको सेना आइपुगे र दुर्योधनलाई निकै परिश्रमपछि अभिमन्युको हातबाट छुटाए। बालक अभिमन्युलाई हातमा आएको सिकार फुत्कियो भनेर निकै दु:ख लाग्यो र उनी दुर्योधनको सहयोगका लागि आएका वीरहरू माथि जाइलागे। र सबैलाई बेहाल गरिदिए। तिनीहरू निकै मुस्किलले प्राण जोगाएर भागे।
आफ्नो बेहाल भएपछी कौरव सेनाले युद्ध धर्म र लाजलाई वास्तै गरेनन्। धेरै वीर एकसाथ त्यस एक्लो बालकमाथि जाइलागे। तर जसरी समुद्रको उर्लदो लहरमा बारम्बार बालुवामय किनारामा ठक्कर खाएर छरिन्छ , सोही प्रहारले वीरहरू अभिमन्यु संग ठक्कर खाएर प्रत्येक पटक छारिन्थे। ती बीचमा अभिमन्यु अटल भएर उभिराहे। केही बेर पछी द्रोण, आश्वश्थामा, कर्ण शकुनी आदि सात महारथीले आफ्नो रथमा चढेर चारै तिरबाट अभिमन्युमाथि एकैसाथ आक्रमण गरे। यसै बीच अश्मख नामका एक राजाले आफ्नो रथ वेगसंग ल्याएर अभिमन्यु माथि झम्टिए। अभिमन्युले त्यस वेगलाई रोकिदिए र दुई वाणको प्रहारले उनको प्राण पखेरु उड्यो। त्यसपछि अभिमन्युले कर्णको अभेद्य कवचलाई छेदिदिएर उनलाई घाइते बनाइदिए। अन्य पनि कयौं वीरहरू आहत भएर रणक्षेत्रबाट भागे। धेरै प्राणको बली भयो। मद्रराज शल्य नराम्रो संग घाइते भई अचेत भएर रथामै लडे। यस्तो देखेर शल्य साना भाइ क्रोधित भए। उनी निकै वेगसाथ अभिमन्यु माथि झम्टिए। तर अभिमन्युले उनको रथलाई नष्ट गरिदिए र उनलाई पनि मारिदिए।
वीर बालकको शूरता देखेर तथा रणकुशलता देखेर द्रोणाचार्यका आँखा प्रभुल्लित भए। द्रोणाचार्यले मुग्ध भए क्रिपाचार्य संग भने -"अभिमन्युको बराबरी गर्ने वीर कोही छैन।" यो कुरा दुर्योधनको कानमा परिहाल्यो। उनी द्रोणसंग निकै रिसाए। भने-"आचार्यले अर्जुनसंग जुन स्नेह छ, सोही कारण उनको पुत्रको अनुचित प्रशंसामा व्यर्थै समय खेर फालिरहनु भएको छ। उहाँको इच्छा भए यस बालकलाई दमन गर्न कुनै ठूलो कुरा थिएन, तर आचार्य उनलाई मार्न चाहनु हुन्न।" दुर्योधनले अधर्मबाट प्रेरित भएर युद्धको यो झ्याउलो जो आफ्नो शीरमा लिए, त्यसकारण उनलाई प्रायः द्रोण, भीष्म आदिमा अविश्वास भइरहन्थ्यो। त्यजारण उनी निकै व्यथित पनि भइ हाल्थे,।
"यो अबुझ केटालाई म अहिले नै टुङ्गो लगाइदिन्छु।"-दुःशासनले सिंहनाद गरे । अनि शंख बजाएर अभिमन्यु माथि वाणहरूद्वारा आक्रमण गरे। दुशासन र अभिमन्यु बीचा धेरै बेरसम्म युद्ध भैरह्यो। दुवै आ आफ्ना रथमा चढेर दाउ फेर्दै एउटाले अर्कोलाई छक्याउदै युद्ध गर्दै रहे। अन्तमा दुशासन घाइते भएर रथामै अचेत भए। त्यो देख्नासाथ उनका चतुर सारथिले रथ युद्धक्षेत्रबाट धेरै टाढा लिएर गए। पराक्रमी दुशासनको यस पराजयको कारण पाण्डव सेनामा खुसी व्याप्त भयो र अभिमन्युको जय-जयकार सार दिशामा गुञ्जियो।
त्यसपछि महाबली कर्णले फेरि अभिमन्यु माथि आक्रमण गरे। अभिमन्यु यस अवस्थाबाट चिन्तित त भए तर अलिकति पनि आत्तिएनन्। उनले ठीक निसाना लगाएर एउटा वाण यस्तो छाडे जसले कर्णको धनुष काटिएर खस्यो। यसबाट क्रोधित भएर कर्णका भाइले कभिमन्युमाथि आक्रमण गर, तर दोस्रो क्षणमा नै अभिमन्युले वाणहरूद्वारा उनको शिरलाई शरीरबाट छुट्ट्याए। तुरुन्तै अभिमन्युले कर्णलाई आक्रमण गरेर उनलाई सेनासहित युद्ध क्षेत्रबाट टाढा लखेटिदिए। कर्णको यस्तो हालत हुनासाथ कौराव सैनिकहरू तितर-बितर भएर कुलेलम ठोके। द्रोणले तिनलाई डटिरहू भनेर निकै प्रोत्साहित गरे तैपनि कसैले डटेर बस्ने साहस गरेनन्। सकैले अलिकती साहस गर्ने बित्तिकै अभिमन्युले उसको गति सुकेको जङ्गललाई आगोले नष्ट गरेझैं नष्ट पारिदिन्थे।
जयद्रथको पराक्रम
[सम्पादन गर्नुहोस्]पहिले निश्चय भएअनुसार पाण्डवका सेना अभिमन्युको पछि -पछि हिँडे। अभिमन्यु भित्र पसेकै ठाउँबाट व्यूहभित्र प्रवेश गर्न थाले । यस्तो देखेर सिन्धु देशका पराक्रमी राजा जयद्रथ जो धृतराष्ट्रका ज्वाइँ थिए, आफ्ना सेना लिएर पाण्डव सेनामाथि ओइरिए । जयद्रथको यस साहसपूर्ण बुद्धिमानी काम देखेर कौरव सेनामा उत्साहको लहर आयो । पाण्डव सेनाको बाटो छेकेर जयद्रथ उभिएकै ठाउँमा कौरव सेनाका वीर हरू जम्मा हुन थाले। चाँडै नै खण्डित मोर्चाका दरारहरू भारिए। जयद्रथको रथमा चाँदीको सुँगुरको ध्वजा फहराइरहेको थियो। त्यसलाई देखेर कौरव सेनाको शक्ति धेरै बढ्न गयो। उनीहरूमा नयाँ उत्साह आयो। व्यूह लाई छेडेर अभिमन्युले बाटो बनाएको ठाउँमा यति धेरै सैनिक आएर जम्मा भए कि व्यूह फेरी पहिलेको कस्तो बलियो हुन् गयो।
व्यूहको द्वारमा एकातिर युधिष्ठिर र भीमसेन तथा अर्को तर्फ जयद्रथ सँग युद्ध आरम्भ भयो। युधिष्ठिरले भाला फ्याकेर हान्दा खेरि जयद्रथाको धनुष काटिएर खस्यो। तत्कालै जय्द्रथाले दोस्रो धनुष उठाए र दसवटा वाणहरू युधिष्ठिरलाई प्रहार गरे। भीमसेनले वाणहरूको वर्षाले जयद्रथाको धनुष काटिदिए। रथको ध्वजा र छातालाई तोडफोड गरेर रणभूमीमा खसालीदिए। त्यति भएर सिन्धुराज आतिएनन्। उनले फेरी अर्को धनुष निकाले र वाणहरूद्वारा भीमसेनको धनुष काटिदिए। पलभरमा नै भीमसेनको रथका घोडाको खात लाग्यो। भीमसेनले सात्यकीको रथ छाड्नु पर्यो।
जयद्रथले कुशलतापूर्वक र बहादुरीका साथ ठीक समयमा भङ्ग भएको व्यूहको किलाबन्दीलाई फेरि पूरा गरेर बलियो बनाइदिए। पाण्डवले बाहिरै बस्नुपर्यो। अभिमन्यु व्यूहभित्र एक्लै पर्न गए।
अभिमन्यु पराक्रम र बध
[सम्पादन गर्नुहोस्]अभिमन्यु व्यूहभित्र एक्लै पर्न गए। तर अभिमन्यु एक्लैले पनि व्यूहभित्र बसेर कौरवको त्यो विशाल सेनालाई तहस-नहस गर्न सुरु गरे। उनको सामुन्ने जो आउँथे, सिद्धिन्थे।
दुर्योधन पुत्र लक्ष्मण बालकै थिए। तर उनमा वीरताको आभा उदय भैरहेको थियो। उनलाई भयले छोएको समेत थिएन। अभिमन्युको वाबहरूको वर्षाले व्याकुल भएर सबै योद्धा पछि सर्न थालेका बेला वीर लक्ष्मण एक्लै आएर अभिमन्युसँग लड्न सुरु गरे। बालकको यस निर्भयतालाई देखेर भागिरहेका कौरव सेना फेरि जम्मा भए र लक्ष्मणलाई मद्दत गर्दै लड्न थाले। सबैले एकसाथ अभिमन्युमाथी वाणहरू वर्षा गरे। तर अभिमन्युका लागि पर्वतमा मेघवर्षा झैँ भयो।
दुर्योधन पुत्र आफ्नो अद्भुत पराक्रमको परिचय दिँदै वीरताका साथ युद्ध गर्दै रहे। अन्त्यमा अभिमन्युले उनीमाथि एउटा भाला चलाए। काँचुलीबाट निस्किएको सर्पझैँ चम्किदै त्यो भाला गएर लक्ष्मणमाथि जोरले लाग्यो। सुन्दर नाक र सुन्दर आँखीभौँ भएका, चम्किलो घुमृएको कपाल र जगमग गर्ने कुण्डल बाट विभूषित ती वीर बालक भालाको चोटले तत्कालै मरे। यस्तो देखेर कौरव सेनाले आर्त स्वरले हाहाकार मच्चाउन थाले।
आफ्नो पुत्रको मृत्यु पछि दुर्योधनले चिच्याउदै भने-"पापी अभिमन्युको तत्कालै बध गर।" त्यसपछि कर्ण अश्वत्थामा, वृहद्बल, कृतवर्मा आदि महारथीले अभिमन्युलाई चारैतिरबाट घेरे।
द्रोणले कर्णको नजिकै आएर भने-" यसको कवच छेडिन सक्दैन। ठीकसँग निसाना लगाएर यसको रथको घोडाको रास काटिहाल र पछिल्तिरबाट यसमाथि अस्त्र चलाइदेऊ।" कर्णले यस्तै गरे। पछिल्तिरबाट वाण चलाइयो। अभिमन्युको धनुष काटियो। घोडा र सारथि मारिए। उनी रथविहीन भए। धनुष पनि भएन। तैपनि ती वीर बालक ढाल र तरबार लिएर शानसँग उभिए।लडाइँको मैदानमा ढाल, तरबार लिएर उभिएका अभिमन्युले रणकौशलता यस्तो प्रदर्धन गरे, सबै वीरहरू विस्मयमा परे। अभिमन्युले बिजुलीझैँ तरबार घुमाउँदै रहे र जो अनिउसको नजिक आउँथ्यो, उसमाथि आक्रमण गरेर उसको सम्मान गर्न थाले। तरबार यस फूर्तिले चलाउँथे कि मानौँ उनी जमिनमा नभएर आकाशमा नै युद्ध गरिरहेका छन्। यसरि असक्षम गरिएका अभिमन्यु, नवयुबक योद्धा ढाल तरबार लिएर शत्रुहरुको सामना गर्दै रणभूमिमा डटेर खडा भए । उनले वरिपरिका योद्धाहरुलाई छक्क पारि दियो । उनलाई घेरा लगाएर बसेका लडाकुहरुलाई अन्योलमा पार्न तरबार घुमाएर आफ्नो दक्षता देखाई दिएका थिए । त्यसबेला मानौँ उनका खुट्टाहरुले भूईँमा नछोएर आकाशमा उडि बसेको जस्तो थियो ।[३] यत्तिकैमा आचार्य द्रोणले अभिमन्युको ब्तरबार काटिदिए। साथै कर्णले कयौं तेज वाण एकसाथ चलाएर उनको ढाल टुक्रा गरिदिए।
तत्कालै अभिमन्युले भाँचिएको रथको एउटा पांग्रा उठाएर अभिमन्युले घुमाउँदै सबै शत्रुहरुको सामना गरे। त्यो बेला उनलाई सुदर्शन चक्र लिएका साक्षात भगवान नारायण जस्तो देखिन्थ्यो। रथका पाँग्रगाले उडाएको धुलोले उसलाई ढकमक्क छोपि दियो । कविले बयान गरे अनुसार त्यस घटनाले गर्दा बीर अभिमन्युको गोरो वर्णको शारीरिक शोभा झन बढेको थियो।
यस समय अभिमन्यु भयानक युद्ध गरिर्हेका थिए। यस्तो देखेर तुरुन्तै नै घेरेर बसेका योद्धाहरुको संयुक्त आक्रमणले गर्दा उनलाई ढालि दियो। उनको हातको रथका पांग्राहरुलाई चूर्ण भयो। त्यसै बेला दुशासनका छोरा आएर गदा लिएर अभिमन्यु माथी झम्टिए। उनिसंग मरणान्तको द्वन्द युद्ध ग-यो। एक-अर्काको गदा युद्धको प्रहारले दुवै राजकुमार आहत भएर दुबै जना संग संगै ढले । अभिमन्यु भन्दा पहिले दुशासनका छोरा ऊठे, अनि उनले गदाले अभिमन्युको टाउकोमा जोरले प्रहार गरे। त्यसो त अभिमन्यु एक्लै कयौं महारथीसँग भिडेर घाइते भएका थिए र थाकेर चूर भैसकेका थिए। गदाको मार पर्नासाथ उनको प्राणपखेरु उडिहाल्यो।
सञ्जयले धृतराष्ट्रलाई यस घटनाको हाल सुनाउँदै भने –" सुभद्रा पुत्रले कौरव सेनामा प्रवेश गरेपछि यस्तो दुर्दशा भयो जस्तै हात्ती केराघारीमा छिर्दा, कमलको तलाउमा बसेको हाथी पस्दा हुन्छ। एक्लैले कौरबसेनालाई कोलाहल मचाई दिएका यस्ता वीरलाई अर्जुन-सुभद्राका छोरा अभिमन्युलाई धेरै जना मिलेर निर्मम हत्या गरे र मरेको अभिमन्युको शरीरलाई घेरेर आफ्ना बन्धु बान्धव एवम् साथीहरू जङ्गली व्याधाहरूले भेट्टाएको शिकारमा भाँती नाच्न कुद्न र आनन्द मनाउन थाले। हत्याराहरु सबै रमाए। तपाईँका मानिसहरु अभिमन्युको त्यस मृत शरीर वरिपरि नाचे। यस्तो देख्दा साँच्चैका वीरहरूको आँखाभरी आँसु आयो।। सेनाका भद्र मानिसहरु सबैको अफसोच गरी आँखा रसाए।
आकाश माथि कावा खाई रहेका मांसाहारी पक्षहरुलेपनि स्वर मचाई ' त्यसो त भएन, त्यसो त भएन ' भनेर कराउन लागे जस्तो सुनियो । शंख बजाएर कौरब सेनाहरु सबैले विजयको नारा लगाई रहेको बेला धृतराष्ट्रका एक जना छोरा ' युयुत्सु 'लाई त्यसो गरेको मन पराएन । उसले झोँकिएर भने –" यो अधम हो । हे सिपाहिहरु ! तिमीहरुले नीति नियमहरु बिर्सेका छौ । साँचै भन्ने हो भने तिमीहरुले लाज मान्नु पर्छ । तिमीहरुले निरलज्जाको नारा लागाएका छौ । अत्यधिक दुष्कर्म गरेर, निकट भविष्यको विपदको बिचार नगरि तिमीहरुले फुस्रो सुख मनाएका छौ ।" यति भने पछि युयुत्सुले दिक्क मानेर शस्त्रहरु फ्याँकेर युद्ध भूमि छोडेर गए । धृतराष्ट्रका सो नवयुबक छोरा पाप देखि डराउँथे । उनका कुराहरु कौरब सेनाका कानहरुमा निको लागेन । उनि भद्र पुरुष थिए थियो । मनका कुरा बोले ।
प्रतिज्ञा पर्व (अध्याय: ७२-८४)
[सम्पादन गर्नुहोस्]अलिक बेरमा अर्जुन चैतन्य भएर क्रोधित भई भने– म तपाईंहरूको सामु यो साँचो प्रतिज्ञा गरिरहेको छु कि यदि जयद्रथले कौरवहरूको आश्रय त्यागी भागेर गएन अथवा हाम्रो वा श्रीकृष्णको अथवा युधिष्ठिरको शरणमा आएन भने भोलि म उसलाई अवश्य नै मार्नेछु। कौरवहरूको प्रिय गर्ने पापी जयद्रथ नै त्यस बालकको वधको निमित्त बनेको थियो, अतः निश्चय नै भोलि उसलाई यमलोक पठाउनेछु। भोलि उसलाई मार्न नसकेमा माता–पिताको हत्या गर्ने, गुरुस्त्रीगामी, साधुनिन्दक, अर्कामाथि कलङ्क लगाउने, नासो पचाउने र विश्वासघाती पुरुषको जुन गति हुन्छ, त्यही गति मेरो पनि होस्। मेरो यो अर्को प्रतिज्ञा पनि सुन्नुस्– यदि भोलि सूर्यास्त हुनुभन्दा अगावै जयद्रथलाई मार्न सकिनँ भने म स्वयम् नै दन्किरहेको आगोमा प्रवेश गरिहाल्नेछु। देउता, असुर, मनुष्य, पक्षी, नाग, पितर, राक्षस, ब्रह्मर्षि, देवर्षि, यो चराचर जगत् तथा यसबाहेक पनि केही छ भने त्यसले पनि– यी जम्मैले मिलेर पनि मेरो शत्रुको रक्षा गर्न सक्नेछैनन्। यदि जयद्रथ पातालमा छि–यो अथवा त्यसभन्दा पनि भित्र गयो अथवा अन्तरिक्षमा, देउताहरूको नगरमा वा दैत्यपुरीमा पनि भागेर लुक्यो भने पनि भोलि म आफ्नो सयकडौं बाणबाट अभिमन्युको त्यस शत्रुको शिरोच्छेद गर्ने नै छु।
यति भनेर अर्जुनले गाण्डीव धनुषको टङ्कार गरे, त्यसको ध्वनि आकाशमा गुञ्जायमान भयो। अर्जुनको यस्तो प्रतिज्ञा सुनेर श्रीकृष्णले आफ्नो पाञ्चजन्य शङ्ख बजाए र कुपित भएका अर्जुनले देवदत्त नामक शङ्ख बजाए। त्यो शङ्खनाद सुनेर आकाश–पातालसहित सम्पूर्ण जगत् काम्यो। त्यति बेला शिविरमा युद्धका बाजाहरू बज्न थाले र पाण्डवहरूले सिंहनाद गर्न थाले।
जयद्रथवध पर्व (अध्याय: ८५-१५२)
[सम्पादन गर्नुहोस्]घटोत्कचवध पर्व (अध्याय: १५३-१८४)
[सम्पादन गर्नुहोस्]कुरुक्षेत्र युद्धको चौधौं दिन सुर्यास्त भएपनी युद्ध जारी रह्यो। दुवै पक्षको मनमा ईर्ष्या-द्वेष एवम् प्रतिहिंसाको आगो यसरी दन्कियो कि उनीहरू दिनभरी मात्र लडेर सन्तुष्ट हुन सकेनन् । दुस्मन देखियून् भन्नाका लागी ठाउँ-ठाउँमा राँको सल्काइयो। घटोत्कच र उनका साथीहरूले भयानक माया युद्ध सुरु गरिदिए। रातिको युद्धको दृश्य अद्भुत थियो। हजारौं राँकाहरू सल्किएका थिए। दुवैतर्फका वीरहरूले आफ्ना सेनालाई युद्धका लागि उत्साहित गरिरहेका थिए।
कर्ण र घटोत्कचका बीचमा त्यस रात निकै भयानक युद्ध भयो। घटोत्चक र उनको पैशाची सेनाले गरेको वाणहरूको वर्षाले दुर्योधनको सेनाका झुन्डका झुन्ड वीरहरू मारिन थाले। प्रलयजस्तो भयो। यस्तो देखेर दुर्योधनको मन काँप्न थाल्यो।
कौरव वीरहरूले कर्णसँग अनुरोध गरे, कुनै न कुनै किसिमबाट आज घटोत्कचलाई मार्नुपर्छ। उनीहरूले भने-"कर्ण! तपाइँले यसै घडीम यस राक्षसको बध गरिदिनुहोस्। नत्र हाम्रो सेना बर्बाद हुनेछ।"
घटोत्कचले कर्णलाई पनि निकै दु:ख दिएका थिए। उनी पनि निकै क्रोधित थिए । कौरवहरूको अनुरोध सुनेर उनको उत्तेजना प्रबल भयो। उनले रिस थाम्न सकेनन्। इन्द्रदेवबाट पाएको अस्त्र घटोत्कच माथि प्रहार गरे। त्यो अस्त्र उनले अर्जुनको बध गर्ने उद्देश्यले सुरक्षित राखेका थिए। यसबाट अर्जुनको सङ्कट त टर्यो तर भीमसेनको प्रिय एवम् वीर पुत्र घटोत्कच मारिए। उनको लास आकाशबाट जमिनमा धड्याम्म सँग खस्यो। पाण्डवहरूको दु:खको सीमा रहेन।[४][५]
द्रोणवध पर्व (अध्याय: १८५-१९३)
[सम्पादन गर्नुहोस्]रातको आक्रमणबाट कौरव निकै क्रोधित थिए। आज द्रोणाचार्य पनि निकै क्रोधित भए। उनले हजारौ पाण्डव-सैनिकको बध गरे तथा युधिष्ठिरको रक्षामा खटिएका द्रुपद तथा विराट दुवै राजालाई मारे। द्रोणाचार्यको उयास रुप देखेर कृष्ण पनि चिन्तित भए। उनले सोचे "पाण्डवको विजयको लागि द्रोणाचार्यको मृत्यु आवश्यक छ। उनले अर्जुन संग भने अर्जुन "आचार्यलाई अश्वत्थामाको मृत्यु भएको समाचार दिनु पर्छ"। अर्जुनले यस्तो झुट बोल्न इन्कार गरे। श्रीकृष्णले भने,"अवंतिराजको हातीको नाम अश्वत्थामा हो। " भीमले उक्त हातीलाई मारे । कृष्णले युधिष्ठिरको नजिक गएर बताए कि यदि द्रोणाचार्य अश्वत्थामाको मृत्युको बारेमा सोधे भने आश्वत्थामा मर्यो भन्नु । अहिले भीमले अश्वत्थामा हात्तीलाई मरेको छ। तब्भी चारै तिर स्वर गुञ्जियो "अश्वत्थामा मारियो ।" द्रोणाचार्यले युधिष्ठिरसंग सोधे। कहा-हाँ। पर नर नहीं, कुंजर। नर कहते ही कृष्ण ने ज़ोर से शंख बजा दिया, द्रोणाचार्य आगे के शब्द न सुन सके। द्रोण ने अस्त्र-शस्त्र फेंक दिए तथा रथ पर ही ध्यान-मग्न होकर बैठ गए। तभी द्रुपद-पुत्र धृष्टद्युम्न ने खड्ग से द्रोणाचार्य का सिर काट दिया। द्रोणाचार्य के निधन से कौरवों में हाहाकार मच गया तथा अश्वत्थामा ने क्रोध में आकर भीषण युद्ध किया, जिसके सामने अर्जुन के अतिरिक्त और कोई न टिक सका। संध्या हो गई थी, अतः लड़ाई बंद हो गई।
नारायणास्त्रमोक्ष पर्व (अध्याय: १९४-२०४)।
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ढुण्ढिराज कोइराला (फागुन २०६१), महाभारत कथा, मञ्जरी पब्लिकेशन, पृ: २६६, आइएसबिएन 9-789937-006064।
- ↑ ढुण्ढिराज कोइराला (फागुन २०६१), महाभारत कथा, मञ्जरी पब्लिकेशन, पृ: २६७, आइएसबिएन 9-789937-006064।
- ↑ "अब एकै चोटी ८१ अभिमन्युको मृत्यु", Mahabharat in Nepali, अन्तिम पहुँच २०२२ जुलाई ३०।
- ↑ Koirala २०६१, पृष्ठ १६६.
- ↑ Taubman 2003, पृष्ठ 20.
पुस्तक
[सम्पादन गर्नुहोस्]- Koirala, Dhundiraj (२००९), महाभारत कथा, मन्जरी पब्लिकेसन, आइएसबिएन 9-789937-006064।
- Taubman, William (२००३), Khrushchev: The Man and His Era, W.W. Norton & Co., आइएसबिएन 978-0-393-32484-6।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- वेद-पुराण - यहाँ चारहरू वेद एवं दस भन्दा अधिक पुराण हिन्दी अर्थ सहित उपलब्ध छन्।
- महर्षि प्रबंधन विश्वविद्यालय वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०८ मिति-यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ।
- ज्ञानामृतम् - वेद, अरण्यक, उपनिषद् आदिमा सम्यक जानकारी
- वेद एवं वेदांग -
- जसको उदेश्य छ - वेद प्रचार[स्थायी मृत कडी]
- वेद-विद्या_डट_कम वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-२१ मिति